निर्णय नं. २०३० - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०३० - ज्यान भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०६/०१ २३०९ निर्णय नं. २०३० ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको फौ.सा.नं. १३३ सम्वत् २०४० सालको फौ.पु.नं. ३४६ मुद्दा : ज्यान वादी : वडा जंग शाहीको जाहेरीले श्री ५ को सरकार विरूद्ध प्रतिवादी : गण्डकी अञ्चल, कास्की जिल्ला सिद्ध गा.पं. वा.नं १ बस्ने विष्णुमाया शाही ठकुरीसमेत । र पुनरावेदक/ प्रतिवादी : गण्डकी अञ्चल सिद्ध गा.पं. वा.नं. १ घर भै हाल कास्की करागारमा थुनामा रहेको उदयबहादुर बंशी ठकुरी विरूद्ध विपक्षी/वादी : वडा जंग शाहीको जाहेरीले श्री ५ को सरकार फैसला भएको मिति : २०४१।६।१।२ मा § कर्तव्य गरी मारेको होइन भन्न सकिने तथ्ययुक्त आधार देखिन नआएको हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं. १९) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री विनोद रोका विपक्षी वादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : प्रतिवादी विष्णुमायाको हकमा साधकको लगतमा दर्ता भई र प्रतिवादी उदयबहादुरको पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०४०।१।३१ को फैसला उपर पुनरावेदन परी पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ। २. मेरो भाइ नाताको उत्तर जङ्गको वर्ष १० को छोरा इन्द्रजित र वर्ष ६ को छोरी गौरी समेत जना २ लाई ०३६।९।२७ गते राति सुतेकै ठाउँमा मारिएका रहेछन् । भोलिपल्ट थाहा भई हेर्दा कर्तव्यबाटै मारिएको यकीन भयो । कर्तव्य गरी मार्नेको खोज तलास गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने समेत कास्की सिद्ध गा.पं. वा.नं. १ फैचोक द्वारकोट बस्ने वडाजंग शाहीको ०३६।९।२९ को जाहेरी दर्खास्त । ३. धन्सारको ढोका खोली हेर्दा झ्याल नजिक सिरक र रगतले छोपेको सो हटाई हेर्दा इन्द्रजित र गौरीको लास देखियो । दुबै आँखा बन्द, ओठ खुल्ला, माथिल्लो दाँतले जिब्रो टोकेको, पेट फुलेको, नाकबाट पानी बगेको, गर्धन ललाङ–लुलुङ र मिचिएर मयल फुलेको, लिंगबाट १,२ थोपा पिसाव जस्तो झरेको शरीरमा अन्य कुनै घाउ चोट नदेखिएको इन्द्रजितको लाश र दुवै आँखा बन्द रहेको ओठ दुवै खुल्ला, माथिल्लो दाँतले ओठ टोकेको नाकबाट पानी बगेको, गर्धन लल्याक–लुलुक हुने, गला मिची मयल फुलेको, घुचुकमा केही दरफरिए जस्तो, बायाँ खुट्टाको गोली गाँठा मुनी पैतालाको कान्छी औंलासम्म छाला नभएको, गुद्दद्वार र योनीबाट कुनै चिज पनि ननिस्केको, अन्यत्र कुनै घाउ चोट नदेखिएको गौरी शाहीको लाश भन्ने उल्लेख भएको ०३६।९।३० को लास प्रकृति मुचुल्का । ४. विष्णुमाया र मेरो बीचमा अनुचित सम्बन्ध थियो ०३६।९।२ गते राति विष्णुमाया र म निजकै घरमा गई मलाई सम्भोग गर्न इच्छा लागी इन्द्रजित र गौरीको वास्तै नगरी विष्णुमायाले पन्छिएको छ रगत आएको छ भन्दा भन्दै मन थाम्न नसकी संभोग गरें सो देखी इन्द्रजित र गौरीले दाजु आएपछि भनी दिन्छौ भने यस्तो कुरा ठूलो छोराले थाहा पाएमा हामीलाई मार्छ भनी निजले भन्दा मलाई उचित लाग्यो अरू उपाय नभएकोले दुवैलाई मार्ने सल्लाह भई गौरीलाई विष्णुमायाले र इन्द्रजितलाई मैले गर्धनमा समाई अठ्याई बोल्नै नदिई मारी धन्सारमा लगी सुताई लुगा ओडाई म घर जान्छु घर पुग्यो भन्ने अन्दाजा गरी चोर आयो छोरा छोरी मार्यो भनी कराउनु भन्ने निजलाई लगाई म घरमा आएको हुँ भन्ने समेत ०३६।१०।१६ को उदयबहादुरको बयान कागज । ५. उदयबहादुर र मेरो ०३६ साल