निर्णय नं. २०३१ - उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०३१ - उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०६/०२ २५७३ निर्णय नं. २०३१ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको रिट नं. १३८६ आदेश भएको मिति : २०४१।६।२।३ मा निवेदक : भद्रपुर न.पं. वा.नं. ४ बस्ने भिमप्रसाद अधिकारी विरूद्ध विपक्षी : भद्रपुर नगरपञ्चायत कार्यालय भद्रपुर विषय : उत्प्रेषण मिश्रित परमादेशको आदेश जारी गरिपाउँ § नगरपञ्चायतले कुनै ठेक्का पट्टाको वन्दोबस्त गर्नु परेमा त्यस सम्बन्धमा गर्नुपर्ने र गर्न पाउने कुराको व्यवस्था नगरपञ्चायत कार्य व्यवस्था नियमावली, २०२० को नियम १४(क) मा उल्लेख भएको । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नारायण राज खरेल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जबिहारीप्रसाद सिंह उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : नगरपञ्चायतको ०४०।३।२७ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तरर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. भद्रपुर नगर पञ्चायतले ०४० साल श्रावण १ गतेदेखि मिति ०४१ साल आषाढ मसान्त रात १२ बजे सम्मका लागि व्यापार करको ठेक्का बन्दोबस्तका लागि मिति ०४०।२।२९ का दिन सूचना प्रकाशित गरेको थियो । उक्त सूचनामा विभिन्न शर्तहरू खोलिएका थिए । ती शर्तहरू मध्ये शर्त नं. ४ मा डाँक बोल्दा नेपाली नगरिक भए बोलेको अंकको सयकडा ५ ले हुने रकम पहिले नै जम्मा गराई डाँक बोल्न पाइने शर्त रहेको थियो, त्यस्तै शर्त संख्या ५ मा डाँक समाप्त भएपछि बढीमा ३ जनाको धरौटी बाहेक अरूका धरौटी रकम उसै बखत फिर्ता दिने छ भन्ने शर्त थियो । ०४०।३।१२ मा नगरपञ्चायतमा डाँक बढाबढ हुँदा छविलाल ओडारीले सबभन्दा बढी ६,२६,०००। र मैले बोलेको ६,२५,०००।– भन्दा बढी बोलेकोले ०४०।३।१५ को न.पं.को बैठकले स्वीकृत गरेकोमा निजले सो ठेक्का सञ्चालन गर्न सकिदैन भनी विपक्षी नगरपञ्चायतमा निवेदन दिनु भई उहाँको नाउँको ठेक्का बदर भएछ । सो पछि बढी अंक बोलेको भनी मलाई विपक्षी नगर पञ्चायलते ०४०।३।२७ मा ठेक्काको कबूलियत गरी पट्टा पूर्जा समेत लिनु अन्यथा रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, ०२० को दफा १३ बमोजिम हुने छ भन्ने सूचनामा लेखिएको रहेछ । म निवेदक दोस्रो डाँकवाला भएकोले सकार गर्न बाध्य नहुने भनी ०४०।३।३१ मा विपक्षी नगरपञ्चायतलाई जानकारी गराएको थिएँ । ०४०।४।४ मा म निवेदकलाई ०४०।३।२७ को विपक्षी नगरपञ्चायतको बैठकको निर्णय बमोजिम मेरो धरौटी जफत भएको व्यहोरा जानकारी गराई मैले धरौट राखेको मध्ये ३१,२५०। जफत गरी न.पं.को कोषमा आम्दानी बाँधेको सूचना म निवेदकलाई दिइयो । ३. नगरपञ्चायत कार्य व्यवस्था नियमावली, २०२० को नियम १४(क)(२) को प्रतिबन्धात्मक वाक्यांस अनुसार बढी बोली लगाउनेलाई ठेक्का स्वीकृत हुने निश्चित छ, माथिल्लो बोलीवालाले ठेक्का कबूलियत गर्न इन्कार गरेको अवस्थामा त्यसपछि क्रमशः बोली लगाउनेहरूले ठेक्का कबूलियत गर्नुपर्छ भन्ने शर्त समेत नहुँदा मलाई बाध्य गराउन मिल्ने होइन, डाँक बढाबढको सूचनामा डिपोजिट जफत हुने शर्त पनि छैन । रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, ०२० को दफा १३ अनुसार डिपोजिट जफत हुँदा सो रकम श्री ५ को सरकार लाग्ने व्यवस्था छ । उक्त ऐन नगरपञ्चायतको ठेक्का पट्टा सम्बन्धमा क्रियाशील हुने होइन । उल्लिखित सूचनाको शर्त संख्या ५ अनुसार डाँ