निर्णय नं. २०३२ - दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०३२ - दर्ता बदर भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०६/०४ २३०५ निर्णय नं. २०३२ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०३९ सालको दे.पु.नं. ४९२।४९३ मुद्दा : दर्ता बदर पुनरावेदक/वादी : का.जि. का.न.पं. वार्ड नं. ७ कुमारीगाल बस्ने टेकजङ राणा ऐ ऐ बस्ने ओमकार जङ्ग राणा विरूद्ध विपक्षी/प्रतिवादी : जि. सुनसरी र्इनरूवा गा.पं.नं. वार्ड नं. ६ बस्ने खगराज उपाध्याय पोखरेलसमेत फैसला भएको मिति : २०४१।६।४।५ मा § एउटै विषयमा जतिसुकै व्यक्तिले जतिसुकै व्यक्ति उपर एउटै फिराद गर्न सक्ने अ.बं. ७२ नं. ले व्यवस्था गरेको पाइने । (प्रकरण नं. १२) पुनरावेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कमलनारायण दास पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला कानूनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भनी परेको निवेदनमा पुनरावेदनको अनुमति भई पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. कोशी टप्पु भोक्राहाको प्लट नं. ५८ को ७७—०—० बिगहा २००१।९।२५ मा हाम्रो बाबु अम्बरजंग राणाले खड्ग निसानाबाट पाउनु भएको जग्गा अवैध रूपले दर्ता नगराई बसोबास गरिरहेका व्यक्तिहरूले २०१६ सालमा चलन पूर्जि पाई चलन गर्न जाँदा नदिएकोले श्री ५ मा जाहेर गर्दा कोशी टप्पुको ६६ प्लट जग्गाको बन्दोबस्त गर्न अष्टसूत्रीय नियम बनाई स्थानीय अञ्चलाधीशको अध्यक्षतामा एउटा समिति बनाई सो समितिले ६६ प्लटको जग्गामा बसोवास अवाद गरी आएको व्यक्तिहरूलाई दुई तिहाई र खड्ग निसानामा पाउनेलाई दुई एक तिहाई पाउने गरी २३।६।१३ जग्गा स्वर्गीय बुबा अम्बरजंग राणाका नाउँमा ०२६ सालमा कायम भई ०२१ सालको अष्टसूत्रीय अन्तर्गत छुट्याएको जग्गा सर्भे गर्न नसकी त्यसै छोडेको थियो । सो जग्गामा उच्चस्तरीय आयोग गठन भई रेखदेख गर्न बाबुले प्र.मध्ये खगराजलाई २ थान सादा लिफा दिनु भई ०३४।१०।३ गते बाबु परलोक हुनु भई बाबुको नाउँमा दर्ता भएको २३–६–१३ जना मध्ये प्रतिनिधि खगराज नापी कमिटी डोरमा हाजिर भई सो लिफा कागजमा लिखत देखाई आयोगमा पेश गरी भोक्राहा २ घ.कि.नं. ९।१०।७।८।२७।३५।३६।४९।६३ को घनश्यामले र ऐ को (च) कि.नं. ३।४।५।६ को चन्द्रकुमारीले र ऐ घ (२) कि.नं. १३।३३।३४ को तुलसादेवीको नाउँमा र ऐ २(क) कि.नं. १९।१।२।४०।४१।४२।४३।५२।५९।६२ ऐ २ (च) कि.नं. ६९।१५।१६।१७।२०।२१ को खगराजले र २(घ) कि.नं. ४७।४८।५४ को इन्द्रमणिले दर्ता गराई हाम्रा नाउँमा १–१८–१२ दर्ता गरी दिई २०–८–१८ जग्गा प्रतिवादीहरूले दर्ता गराएकोले बदर गरिपाउँ भन्ने समेत ०३५।३।२५ को टेकजंग राणा समेतको फिराद । ३. वादी दावीका जग्गा मेरो नाउँमा दर्ता छैन । वादीले दावी गरेदेखि एक पाउ भन्दा पश्चिमतर्फ मेरो नाउँमा दर्ता भएको जग्गा छन् । वादीका बाबुले मलाई ०२६ सालमै हक छाडी दिएको हुनाले ०३६ साल देखिनै हामीले दर्ता गराई भोग गरी आएको हुनाले वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको खगराजको र वादी दावी अनुसारको जग्गा हाम्रा नाउँमा दर्ता छैन । वादी दावी झुठ्ठा भन्ने समेत इन्द्रमणि र तुल्सादेवीको प्रतिउत्तर । अरू प्रतिवादीहरूले तामेल भएको म्यादमा प्रतिउत्तर नदिई गुजारेको । ४. वादीले दावी लिएको कित्ताको जग्गाहरू प्रतिवादीहरूको नाउँमा दर्ता गराएको मोठ श्रेस्तासँग मिल्न भिड्न नआएको हुँदा वादी