निर्णय नं. २०३३ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०३३ - अंश भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०३/०५ ३५२४ निर्णय नं. २०३३ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको दे.पु.नं. ५०५ मुद्दा : अंश पुनरावेदक/प्रतिवादी : ल.पु.न.पं. वडा नं. ५ तफालो टोल बस्ने माधवमणी राजभण्डारी विरूद्ध विपक्षी/ वादी : का.न.पं. वार्ड नं. १० बानेश्वर बस्ने रेशम राजभण्डारी फैसला भएको मिति : २०४१।३।५।२ मा § घटी बढी गरी अंशबण्डा भएकोमा चित्त नबुझ्ने व्यक्तिको सो बण्डा भएको मितिले ३ महीना भित्र उजूर गर्न सक्नेमा सम्पूर्ण सम्पत्तिमा अंश पाउनु पर्ने सो बमोजिम नपाई घटी पाएको भनी चित्त नबुझी उजूर गरेको देखिनाले उक्त अंशबण्डाको ३२ नं. मा उल्लेख भए बमोजिम घटी अंश लिए पाएकोमा चित्त नबुझ्नेले उजूर गर्न सक्ने । (प्रकरण नं. १२) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा विपक्षी वादी तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती उल्लेखित मुद्दा : x फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार रहेछ । २. विपक्षी माधवमणिसँग मेरो २०२२ सालमा विवाह भएको निजको सहवासबाट २०२९ मा छोरी मेनीका जन्मेकी ०३० सालमा पहिलो छोरा जन्मी सोही दिन परलोक भएको ०३३।३।२८ देखि मलाई विपक्षीले खान लाउन नदिएकोले माइती घर रहँदा छोरा दर्पणराज जन्म्यो । २०३० सालमा ससुरा परलोक हुनु भयो २०३२ साल भाद्र महीनामा मलाई घरको कार्य बोझ हल्का गर्न भनी मलाई डेरा गरी राख्नु भयो यस्तैमा २०३२।१२।२२ मा आयकर मिलाउन र मलाई कदाचित बाँकी लागेमा पछि तिमीलाई दुःख पाउनु पर्ने छैन एउटा अंश छोडपत्रको कागज गरी दिनु पर्यो भन्नु भयो उहाँसँग आउनेले पनि केही हुन्न भनेकाले केही शंका नगरी सही गरी दिएँ । भोलिपल्ट एउटा कागज दिएको थियो कागज गरेदेखि विपक्षी म कहाँ आउन पनि कम गर्नुभयो र खर्च माग्दा समेत रिसाउन थाल्नु भयो मलाई घरमा लान पनि इन्कार गर्नुभयो । मलाई गराएको लिखत हेर्दा विपक्षी पतिको आर्जनको अंश भाग रु.५०००। बुझी लिई अंश छोडपत्र गरिदिएँ भनेको रहेछ भोलिपल्ट लिखतमा रु.५०००। ले नपुगेकोले ४०००। दिने छु भनी कागज गरी दिएको रहेछ । किन यस्तो व्यवहार गर्न लागे भनी बुझ्दा सरलासँग दोस्रो विवाह गरी सकेको रहेछ । लाखौं रूपैयाँको सम्पत्ति मेरो भागमा पर्नु पर्नेमा रु.५०००। र नपुग भनी घरायसी रु.४०००। को लिखत मात्र पाएकोले मलाई बण्डापत्रमा चित्त नबुझेको र विपक्षीले छोरीको पढाई खर्च समेत व्यहोरी सरला श्रेष्ठसँगको विहारमा मस्त रही मेरो तर्फ पोषण गर्न छाडेकोले पतिले आर्जेको र ससुरा बाजेको पालाको सम्पूर्ण सम्पत्तिको बण्डा भाग पाउन फिराद गर्न आएको छु । लेनदेन व्यवहारको १ नं. विपरीत गैरकानूनी उद्देश्यको निमित्त बराबर बण्डा गर्नुपर्नेमा ज्यादै घटी पर्ने गरी लिनुदिनु नगरी गराएको ०३२।१२।२२ को लिखत बदर गरी मेरो र मेरो संरक्षणमा रहेको नावालक छोराको अ.बं.८३ नं. अनुसार निजको भाग प्राप्त गराई दिन मैले फिराद गर्न पाउने हुँदा निजको १ भाग समेत २ भाग अंश अड्डैबाट दिलाई पाउँ भन्ने समेत व्यहोराको रेशम राजभण्डारीको फिराद दावी । ३. खान लाउन नदिई निकालेका भनेको समय भन्दा ४ महीना अगावै अंश वापत रूपिया बुझी लिई अंशको छोडपत्र गरी दिने व्यक्तिले हामीसँग बस्नु पर्ने र हामीले निकाल्नु पर्ने