निर्णय नं. २०३४ - लिखत पारीत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०३४ - लिखत पारीत भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०३/१५ २४८५ निर्णय नं. २०३४ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको दे.पु.नं. ५०८ मुद्दा : लिखत पारीत पुनरावेदक/ वादी : का.जि. भद्रवास गा.पं. वडा नं. ९ बस्ने चिरंजिवी पुडासैनी विरूद्ध विपक्षी/प्रतिवादी : ऐ ऐ बस्ने पुतलीदेवी गिरी ऐ ऐ बस्ने कान्छी गिरी फैसला भएको मिति : २०४१।३।१५।५ मा § घरसारको राजीनामा भन्दा पछि ऋणी धनी भई लिनुदिनु गरेको देखिन आएकोले ०३४।६।१७ को लिखतलाई जेठो ठहर्‍याई मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको ईन्साफ मिलेको देखिन आएन । (प्रकरण नं. १३) पुनरावेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दा : x फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार रहेछ । २. अन्यायहरूले मबाट रु.१२,०००। लिई निजहरूको नाउँको का.जि. भद्रवास गा.पं. वडा नं. ८ को मालपोत रु.२।७६ लागेको कि.नं. ९७ को ०–१३–१ को जग्गा कित्ता १ कि.नं. ९७ को ०–११–० को कित्ता १ समेत २ कित्ता जग्गा ऐनका म्यादभित्र पास गरी दिने गरी ०३४।४।३२ मा राजीनामा लिखत गरी दिनु भएको पास गरि नदिएकोले उक्त लिखत पास गरिपाउँ भन्ने समेत फिराद दावी । ३. वादी दावीको लिखत हामीले राजीखुशीले गरी दिएको होइन गफलतमा पारी गरेको लिखत हो रद्द गरिपाउँ दावीको जग्गा वज्रकुमारीलाई ०३४।६।१७ मा राजीनामा गरी दिई धनी पूर्जि समेत पाइसकेको हुँदा लिखत पास गरी दिनु पर्ने होइन भन्ने समेत प्रतिउत्तर । ४. साक्षीहरूको रोहवरमा राजीखुशीबाट लिखत गरी दिएको हो म समेत भई रूपैया नदिई करकापसँग कागज गराएको होइन भन्ने चिरंजिवी पुडासैनीको बयान । ५. लिखतमा लागेको ल्याप्चे सहिछाप आमा र मेरो हो । दामोदर सिंह, चिरंजिवी हितराज नेपाल समेत भई मलाई र आमालाई पैसा समेत नदिई करकापसँग कागज गराएका हुन लिखत पास नहोस भन्ने समेत कान्छो गिरीको बयान । ६. ०३४।४।३२ मा पुतली र कान्छी गिरीले मेरो सामुन्नेमा राजीखुशीले लिखत गरी दिएका हुन । म साक्षी बसेको छु करकापबाट गराएको होइन भन्ने नरनाथ र दामोदरको बकपत्र। ७. चिरंजीवी प्र.पुतली र कान्छी गिरी समेतले उक्त लिखत लेखी देउ भनेकोले मैले लेखिदिएको हुँ । मेरै सामुन्नेमा प्र.हरूले लिखतमा सहिछाप गरेका हुन् । लिखत चारखालमा वसी लेखिएको हो करकापसँग गराएको होइन भन्ने समेत कृष्णप्रसादको बकपत्र । ८. वादीको लिखतलाई अघिल्लो मान्न पर्ने र करकाप गरेको नठहरी आजै फैसला भएकोले दावी बमोजिम लिखत पारित हुने ठहर्छ भन्ने समेत का.जि. अ.को फैसला । ९. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादीको वा.अं.अ.मा पुनरावेदन परेकोमा उक्त अदालतको ०३८।४।१८ को आदेशानुसार क्षेत्रीय अदालतमा सरी आएको । १०. रजिष्ट्रेशनको ३४ नं. अनुसार रजिष्ट्रेशन पारित भएको वज्रकुमारीको लिखत जेठो ठहर्ने हुँदा वादीको राजीनामा पारित गर्न नमिल्ने हुनाले वादीको दावी पुग्न सक्तैन शुरू का.जि. अ.को इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत म.क्षे.अ.को फैसला । ११. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको यस अदालतमा पुनरावेदन परेकोमा “यसमा यिनै पक्षी विपक्षीको बीच निषेधाज्ञा तथा करक