निर्णय नं. २०३५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०३५ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०३/२० २४८४ निर्णय नं. २०३५ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रिट नं. १४७१ विषय : उत्प्रेषण निवेदक : काठमाडौं जिल्ला फटुङ गा.पं. वार्ड नं. ४ फटुङ बस्ने टीकाबहादुर खत्री विरूद्ध विपक्षी : भूमिसुधार अधिकारी, भू.सु.का. काठमाडौं का.जि. फटुङ गा.पं. वडा नं. घ फटुङ बस्ने र्इश्वरी खत्री ऐ ऐ बस्ने कैले खत्री आदेश भएको मिति : २०४१।३।२०।३ मा § १ नं. फाराम भर्दा लगतमा एकाघर सगोलको परिवार कसैलाई पनि उल्लेख गरेको देखिँदैन एक नं. लगतमा नाम नभएकोले एकाघर सगोलको परिवार भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान स.अ.श्री कृष्णप्रसाद श्रेष्ठ र विद्वान अ.श्री विश्वकान्त मैनाली उल्लेखित मुद्दा : x आदेश न्या. सुरेन्द्रप्रसाद सिंह : भू.सु.का.काठमाडौंको मिति २०३८।१०।७ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दायर हुनआएको प्रस्तुत रिट निवेदन पत्रको संक्षिप्त तथ्य यस प्रकारको रहेछ । २. का.जि. फुटुङ्ग गा.पं. वार्ड नं. ४ कि.नं. ३४ को रोपनी १–३–० ऐ कि.नं. ३६ को रोपनी २–२–३ जग्गा कैले खत्रीले कमाई आएकोमा जग्गा छाडी वेपत्ता हुनु भएकोले जोत कट्टा गरिपाउँ भन्ने टिकाबहादुर खत्रीको निवेदन परेकोमा कैले खत्री विदेशतर्फ गएको देखिएको ईश्वरी खत्रीले बाली बुझाई आएको यस कार्यालयबाट २०३७।१०।२८ मा मोही निष्कासन नहुने गरी निर्णय भएको देखिँदा वादी दावी खारेज हुने ठहर्छ भनी ०४०।५।५ मा भू.सु.का.काठमाडौंबाट निर्णय भएको । ३. विपक्ष कैले खत्री जग्गा नकमाई बेपत्ता भई विदेश गएको तथ्यलाई विपक्षी भूमिसुधार कार्यालयबाट २०३८।१०।७ मा भएको निर्णयबाट पनि स्वीकार गरिएको छ । जग्गा छाडी अर्थात् मोही आफैंले नकमाई भागे बेपत्ता भएका जग्गावालाले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) को तर भन्ने प्रतिबन्धात्मक वाक्यांश अनुसार उजूर दिन पाउने र त्यसरी परेको उजूरीमा जाँचबुझ गरी मोहियानीको दर्ता किताबमा सच्याउनु पर्नेमा नसच्याई मेरो उजूरी निवेदन खारेज गर्न कदापि मिल्ने होइन । विपक्ष ईश्वरी खत्रीलाई प्रतिवादी तुल्याई निजको प्रतिवादलाई मान्यता दिई गरेको निर्णय मुलुकी ऐन अ.बं.१२८, १३९ र प्रमाण ऐन, ०३१ को दफा ३ र ५४ समेतले मिल्ने होइन साथै विपक्षी इश्वरी खत्रीले आफूलाई मोही कायम गराउन यसै अदालतमा रिट दिनुभएकोमा निवेदन खारेज हुने ठहर्याई २०३६।१२।७ मा निर्णय भएकोबाट समेत भू.सु.का.काठमाडौंको मिति २०४०।५।५ को निर्णयबाट मेरो हकको हनन् हुन गएको हुँदा संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण लगायतको आज्ञा, आदेश जारी गरी उक्त निर्णय बदर गरिपाउँ भन्ने समेतको रिट निवेदनपत्र रहेछ । ४. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको २०४०।६।३ को आदेश । ५. मोही बेपत्ता भएको भन्ने किटानी दावी भएको नदेखिएको र ज.ध.ले कानूनबमोजिम पाउने बाली धरौट रहेकोसमेत देखिँदा वादी दावी खारेज गर्ने गरी यस कार्यालयबाट भएको निर्णय कानून बमोजिम नै भएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको भू.सु.का.काठमाडौंको लिखित जवाफ रहेछ । ६. उक्त जग्गाहरूको मोही म हुँ भू.सं.ऐन,