निर्णय नं. २०३६ - हर्जाना दिलाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०३६ - हर्जाना दिलाई पाउँ भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०३/२९ २४३९ निर्णय नं. २०३६ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला सम्वत् २०३८ सालको दे.पु.नं. ३०१ मुद्दा : हर्जाना दिलाई पाउँ पुनरावेदक/प्रतिवादी : ने.बै.लि.क्षेत्रीय कार्यालय वीरगञ्जका क्षे.प्र.घनश्यामभक्त माथेमा विरूद्ध विपक्षी/वादी : जि. पर्सा वीरगञ्ज न.पं. वडा नं. ८ बस्ने भोलाराम रौनियार ऐ ऐ बस्ने राम नारायण रौनियार फैसला भएको मिति : २०४१।३।२९।५ मा § गोदाममा माल सडे गलेको भए नसड्ने वस्तुहरूको केही न केही निसानासम्म हुन पर्ने हो सो केही रहे भएको देखिन नआएबाट सुरक्षणमा राखिएको माल रहेको गोदाममा खोलिएको र गोदाममा रहेको जिन्सी माल बैंकेले सडाई दियो भन्ने वादीहरूको जिकिर पत्यारलायक देखिन्न । § आफैले प्रतिवादी बनाई लिई आएको मुद्दामा प्र.ले पुनरावेदन गर्न पाउँदैन भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी वादी तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री कुसुम श्रेष्ठ र वरिष्ठ अधिबक्ता श्री रमानन्दप्रसाद सिंह उल्लेखित मुद्दा : x फैसला न्या. सुरेन्द्रप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको ईन्साफ उपर पुनरावेदनको अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकारको रहेछ । २. वाणिज्य बैंक ऐनले नगदी कर्जा लिई त्यस वापतमा जिन्सीमाल जिम्मा जमानत दिन सक्ने भएकाले ६ महीना भित्रमा कर्जा रुपैयाँ बुझाउने भाखा भित्र नबुझाएमा बैंकमा राखेको जमानतमा राखेको जिन्सीमाल बिक्री गरी कर्जा रुपैयाँ असूल उपर गर्ने त्यसबाट कर्जा चुक्ती नभएमा घरघरानाबाट बुझाउने गरी हामीहरू वादी मध्ये म भोलाराम प्रो.भएको श्री कैलाश कुञ्ज निवास वीरगञ्ज नामको फर्म र शिवरतन राम भोला राम वीरगञ्ज नामको दोस्रो फर्मबाट र उक्त फर्म मध्ये श्री कैलाश कुञ्ज निवास वीरगञ्ज फर्ममा गर्ने राम नगिन प्रसाद समेत ४ नाउँबाट नेपाल बैंकबाट निम्न लिखत सालमा निम्नलिखित बमोजिमको रुपैयाँ ६ महीनाको भाखा राखी व्याज तिर्ने गरी कर्जा लिई जमानत वापत हामीहरूको हकको निम्न जिन्सीमाल जमानतमा सुरक्षणको निमित्त दिए र सो जिन्सीमाल गोदाममा राखी ने.बै.लि.वीरगञ्जले नै आफ्नो ताला मारी सिल समेत गरी आफ्नै जिम्मामा राखी निम्न बमोजिम कर्जा दिएको थियो । ३. मटरवोरा ३६०। मरीचवोरा ५०। रहर दालवोरा ५५०। सुपारीवोरा २५। नरीवल तेल ड्राम ३०। मरीचवोरा १२५ पासवोरा ५००। जीरा वोरा २००। मटरवोरा २५० सुपारी बोरा १३ दरी गाँठ १५। समेत गरी माथि देखाएको हिसाब अनुसार र ३,६०,६००। बैंकको बाँकी रही त्यस वापतमा जमानतमा जम्मा अदत १९०३ कायम बाँकी थियो र उक्त कर्जा रूपैयाको बिगो र त्यसवापत बैंकको रुल बमोजिम चाहिने ब्याज समेत साँवा व्याज बैंक कानून र लिखत तमसुक कर्जाको कागज अनुसार ६ महीना भित्र साँवा असूल हुन नआए जमानतमा रहेको सुरक्षण माल अदतहरू बिक्री गरी आफ्नो साँवा ब्याजमा भर्ना गरी सकेपछि चुक्ती बेमाख हुन नआएमा मात्र बाँकी पक्राउ गर्न पाउनेमा उक्त रूपैयाँको ब्याज समेत जोडी जम्मा ४०,२६,२४।६९ कायम गरी त्यस वापतमा उपरोक्त जमानतमा रहेको अदत १९०३। माथि थप १ वर्षको निमित्त हामीहरूको घर जग्गा लेखाई तमसुक गराई लेखिएको साँवा ब्याज जम्मैको असामी हामी दुई जनालाई जनायो । सुरक्षणमा जमानतमा रहेको जिन्सीमाल हामी दुई जनाको गरी