निर्णय नं. २०३७ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०३७ - ज्यान भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०६/०७ २३१३ निर्णय नं. २०३७ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको फौ.पु.नं. ४३७ मुद्दा : ज्यान पुनरावेदक/ वादी : धुन्ना भन्ने प्रसाद राउतको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : जिल्ला पर्सा लखनपुर गा.पं. वडा नं. ९ एकउर्वा बस्ने गोपी राउत अहिर फैसला भएको मिति : २०४१।६।७।१ मा § निर्विवाद सबूत प्रमाणको अभावमा र शंकाको भरमा यिनै प्रतिवादीको कर्तव्यबाट मृतकको मृत्यु भएको हो भनी ठहर्‍याउन नमिल्ने । (प्रकरण नं. १५) पुनरावेदक वादी तर्फबाट : विद्वान का.मु.अतिरिक्त सरकारी अधिवक्ता श्री ध्रुवलालराज विपक्षी प्रतिवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर वादी श्री ५ को सरकारको पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. २०३५।१०।२४ गते बेलुका घाँस लिन गएको बालक छोरी फर्की नआएकोले खोजी गर्दा उखुबारी भित्र छोरी विगनीको मृत्यु भइरहेकोले कसले यस्तो अनैतिक कार्य गर्‍यो भनी बुझ्दा गोपी राउत अहिर उपर शंका लागि पक्राउ गरी सोधपुछ गर्दा विगनीलाई उखु बारीमा लगी करणी गरकोबाट मृत्यु भएको भनी मुख सावित भएकोले दर्खास्त गरेको छु । कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने समेत जाहेरी दर्खास्त । ३. निस्सासिएर मरेको देखिन्छ भन्ने समेत लास जाँच रिपोर्ट । ४. २०३५।१०।२४ गते आलीमा बसेकी विगनीलाई उखुबारीमा लगी करणी गर्दा कराउन नदिन मुख थिची करणी गर्दा वेहोश भई होश आएपछि सबैलाई भनी दिन्छे भन्ने सोची नाक, मुखमा सास फेर्न नहुने गरी बाधी दिएकोबाट निजको मृत्यु भएको भन्ने समेत प्र.गोपि राउत अहिरको बयान कागज । ५. प्र.गोपी राउतको कर्तव्यबाट विगनी कुमारीको मृत्यु भएको देखिएकोले निजलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने समेत प्रहरी प्रतिवेदन । ६. उक्त दिन म सुतिरहेको अवस्थामा जाहेरवालाको भाइ सितारामले बोलाएर लगि बाँधी पिटी भोलिपल्ट थानामा बुझाए । मैले विगनीलाई जबर्जस्ती करणी गरी मारेको होइन । प्रहरीमा कुटपिट गरी कागज गराएको हो । जाहेरवालाले रिसइवीबाट उजूर गरेको हो । दाखिल भएको धोती मेरो होइन भन्ने समेत प्र.गोपि राउत अहिरले अदालतमा गरेको बयान । ७. छोरी विगनी घाँस काट्न गएकी बेलुकासम्म खोज्दा उमावति रसियातीदेवीले गोपी राउतको उखु बारीमा देखेको भनेकोले हेर्न जाँदा गोपीकै उखुवारीमा मृतरूपमा फेला परेकोले गोपीलाई सोद्धा सावित भएको र धोती पनि सकारेको हुँदा गोपीले नै करणी गरी मारेको विश्वास लाग्छ भन्ने समेत जाहेरवाला धुन्ना भन्ने प्रसाद राउतको बकपत्र । ८. सबूदप्रमाणको अभावमा प्रतिवादीले सफाइपाउने ठहर्छ भन्नेसमेत ०३८।२।११ को प.जि. अ.को फैसला। ९. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादी श्री ५ को सरकारको पुनरावेदन । १०. अ.बं.२०२ नं. र क्षे.अ.नियमावली बमोजिम प्रतिवादीलाई म्याद दिई पेश गर्नु भन्ने समेत म.क्षे.अ.को आदेश । ११. प्रतिवादी गोपी राउत अहिरलाई सफाई दिने गरेको शुरूको इन्साफ मनासिब ठहर्छ भन्ने समेत म.क्षे.अ.को डिभिजन बेञ्चको २०४०।१।१३।३ को फैसला । १२. उक्त फैसलामा चित्त बुझेन प्रतिवादीलाई प्रहरी प्रतिवेदन दावी बमोजिम सजाय हुन पर्दछ भन्ने समेत वादी श्री ५ को सरकारको पुनरावेदन । १३. पुनरावेदक वादी