निर्णय नं. २०३८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०३८ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०३/१८ २४५३ निर्णय नं. २०३८ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रिट नं. १६५२ विषय : उत्प्रेषण निवेदक : जिल्ला सप्तरी मलेकपुर गाउँ पञ्चायत वा.नं. ३ घर भइ सडक विभाग लाहान सब डिभिजन, लाहानको सहलेखापाल सत्यनारायण साहु विरूद्ध विपक्षी : श्री ५ को सरकार सडक विभाग, काठमाडौंसमेत आदेश भएको मिति : २०४१।३।१८।१ मा § लेखा भत्ता खुवाएको नाताबाट लेखा समूहका कर्मचारी हुन्छन् भन्ने लेखा समूह नियमावली, ०३४ मा उल्लेख नभएको । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ उल्लेखित मुद्दा : x आदेश न्या. त्रिलोकप्रताप राणा : नेपालको संविधान, ०१९ को धारा ७१ अन्तर्गत यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. स्व.से.वि.पथरगढा हेल्थपोष्टको रा.प.अ.तृतीय श्रेणीको मुखिया पदमा कामकाज गरी आएको थिएँ विभागको प.सं.क.प्र.टि.१६८ नं. ६१३ मिति ०३७।२।२१ को पत्रद्वारा हेल्थपोष्टहरूको मुखिया पदलाई सहायक लेखापाल पदमा परिवर्तन गरी लेखा समूह भित्र राखी सो पदमा काम गर्ने कर्मचारीहरूलाई पनि लेखा समूहमा परिवर्तन गर्ने भनी मिति ०३७।२।२१ मा विभागीय निर्णय भएको हुँदा सो बमोजिम गर्न भनी जनस्वाथ्य कार्यालय सप्तरीलाई लेखी बोधार्थ दिइएको थियो र जनस्वास्थ शाखाको प.सं.ज.स्वा.१९९–०३७–३८ को पत्रद्वारा पद र दरबन्दी र समूह परिवर्तन भएको भनी परिपत्र समेत प्राप्त भएको थियो । लेखातर्फको कार्य सम्पादन गर्दै आएकोले कार्यालयको मिति ०३९।१।१० को निर्णय अनुसार ०३५।११।१ देखि नै लेखा भत्ता समेत खाई आएको थिएँ । विभागको पत्र र परिपत्र समेतको आधरामा सप्तरी जिल्ला स्थित सबै कार्यालयका लेखा तर्फका रा.प.अ.तृ.श्रेणीका कर्मचारीले भाग लिन पाउने गरी सह–लेखापाल रा.प.अ.द्वितीय श्रेणीमा बढुवाको लागि सूचना टाँस भएकोमा म समेत सम्भाव्य उम्मेदवार भएकोले बढुवा फाराम र का.स.स.मु.फा.समेत पठाई प्रत्यायोजित अधिकार प्रयोग गरी प्र.जि. अ.ले उक्त पदमा मलाई बढुवा गर्ने भनी ०३९।३।१६ मा निर्णय गर्नुभयो र मलाई स.स.डी.को रा.प.अ.द्वि.को सह–लेखापाल पदमा प.सं.प्र.शा.०३९।४०।२४।२४३ च.नं. ७७५। ०३९।६।४ को पत्रद्वारा मलाई पद स्थापना गरियो । सो अनुरूप कामकाज गरी आएकोमा सडक विभागको च.नं. ८२५, ०३९।७।२६ र च.नं. ९७८, ०३९।९।२ को पत्रबाट लेखा सेवाको सरूवा बढुवा महालेखा नियन्त्रक कार्यालयबाट हुने हुँदा निज जहाँबाट बढुवा भई आएको हो त्यही फिर्ता पठाउने भनी च.नं. १९२–०३९।९।१५ को पत्रद्वारा मलाई ज.शा.सप्तरीमा फिर्ता पठाइयो र ०३९।९।२६ को पत्रद्वारा जिल्ला कार्यालय सम्तरीले समेत नियमावली अनुकूल लेखा समूहको कर्मचारी नभएकोले बढुवा मान्य हुन नसक्ने भनी लेखी पठाइयो । ३. विभागको पत्र समेतबाट मेरो पद लेखा समूह अन्तर्गत परिवर्तन भएपछि निजामती किताबखानामा समूह परिवर्तन भएको अभिलेख नगएको भनी अत्तो थाप्दैमा कानूनी हक प्रभावित हुन सक्दैन । समूह परिवर्तनका सूचना विभागले नपठाउँदैमा अड्डाको गल्तीले मेरो हक जान सक्ने होइन । मेरो जस्तै अवस्थाका मालपोत कार्यालय भोजपुरका प्रशासन समूहमा लेखा भत्ता खाने चन्द्रबहादुर श्रेष्ठलाई जि. का.भोजपुरका ०३५।५।१३ मा बढुवा गर्‍य