निर्णय नं. २०३९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०३९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०६/०८ २३२७ निर्णय नं. २०३९ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् ०३९ सालको रि.नं. १५२५ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : का.जि. का.न.पं. वडा नं. १५ डल्लु तुल्सीधारा बस्ने शमशेरबहादुर श्रेष्ठ विरूद्ध विपक्षी : सञ्चालक समिति नेपाल खाद्य संस्थान प्रधान कार्यालय बत्तिसपुतली आदेश भएको मिति : २०४१।६।८।२ मा § संस्थानको कारोवारमा प्रतिकूल असर पर्ने किसिमका कृयाकलाप गर्नेलाई आधार बनाई पद खारेज गरिएको त्यस्तो पदमा वहाल रहेका कर्मचारीलाई अवकास दिन सकिने उक्त विनियममा कानूनी प्रावधान रहेको नदेखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली उल्लेखित मुद्दा : x आदेश न्या. त्रिलोकप्रताप राणा : प्रस्तुत निवेदनपत्र नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. तथ्य यस प्रकार छ : धान कुटानी बिक्री विभागको नौसिन्दा पदमा सर्वप्रथम सेवा प्रवेश गरी अविछिन्न रूपबाट सेवा गर्दै नेपाल खाद्य संस्थानको क्षेत्रीय कार्यालय काठमाडौंको जिन्सी लेखा अधिकृत पदमा काम गरी रहेको अवस्थामा ०३५।१०।१६ गते अधिकार दुरूपयोग निवारण आयोगमा तेल सम्बन्धी मुद्दा चली सेवाबाट निलम्बित भई सो आयोगबाट ०३७।१२।२१ र २०२९।५।२७ मा अन्तिम फैसला भई मैले सफाई पाएको थिए । खाद्य संस्थानको सेवामा कयम रहेका अवस्थामा निमित्त विभागीय प्रबन्धले २०३९।९।२५ मा मलाई बिक्री अधिकृत पदस्थापना गरिएको पत्र महाप्रबन्धकद्वारा प्रेषित प्राप्त भयो । पत्रमा उल्लिखित समितिको निर्णय माग्दा प्रतिलिपि दिन मिल्दैन भनी मौखिक जवाफ दिएको निर्णयको प्रतिलिपिको अभावमा पुनरावेदन लाग्ने नै अवस्था भएको भए पनि सो गर्नु तात्वीक अवसर लुप्त हुन्छ । अवकाश दिन सकिने व्यवस्थालाई विनिमयको परिच्छेद २, ६ को दफा ७ को उपदफा ४ को रूपमा थप गरी कारबाही र सजाय सम्बन्धी व्यवस्था राखिएको भए पनि अवकासलाई सजाय मान्न नमिल्ने र सो सम्बन्धी निर्णयबाट पुनरावेदन लाग्न नसक्ने कुरा विनिमयको परिच्छेद २, ६ को दफा १ र दफा ९ समेतबाट स्पष्ट हुन्छ सरोकारवालालाई नक्कल दिनु पर्ने सिद्धान्त कागज जाँचको १७ नं. ले पनि अंगिकार गरेको छ । कुनै कर्मचारी वहाल रहेको पदको सेवा संस्थानलाई आवश्यक नदेखिएकोमा र सो पद खारेज हुने भएमा सञ्चालक समितिले सोको कारण खुलाई यस्तो कर्मचारीलाई एक महीनाको तलब दिई अवकास दिन सक्ने कर्मचारी बहाल रहेको पदको सेवा संस्थानलाई आवश्यक नदेखिने सो पद खारेज हुनु सातौ तहको पद आवश्यक नदेखिएको भनी तहलाई जनाइएको छ पत्रले जुन निर्णयबाटै अवकास दिइएको हो सो कुरा अवकासको पत्रमा उल्लेख भइरहेको भन्छ एक महीनाको तलब दिइएको छैन । अवकास दिनु अघि सुनुवाईका मौका नदिई प्राकृतिक न्यायको उल्लघंन भएको छ । अघिल्लो दिन नयाँ पदस्थापना गरी भोलिपल्ट आवश्यक नदेखिएको भनी अवकास दिएको प्रष्ट तथा पूर्वाग्रह पिडित छ । कुनै कानून अनुसार कुनै अधिकारीले कुनै अधिकार प्रायोग गर्दा सो कानूनमा वर्णित सबै पूर्वावस्थाहरूको विद्यमानता र सो द्वारा व्यवस्थित कानूनी प्रक्रिया अनुसार आफूले पालना गर्नुपर्ने सबै कर्तव्य पूरा गरेर मात्र उक्त अधिकारको सदुपयोग गर्नुपर्छ । नत्