निर्णय नं. २०४० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०४० - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०६/०३ २३३७ निर्णय नं. २०४० ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रि.नं. १३२६ विषय : उत्प्रेषण निवेदक : जिल्ला सप्तरी महादेव गा.पं. वा.नं. ३ बस्ने सुवेलाल मण्डल धानुक विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय सप्तरी जि. सप्तरी महादेवा गा.पं. वा.नं. ३ बस्ने वालीन्दर प्रसाद साफी ऐ ऐ सरकपुरा गा.पं. वा.नं. घ बस्ने नित्यानन्द ब्राह्मण आदेश भएको मिति : २०४१।६।३।४ मा § उजूरी परेकोमा निवेदकले पेश गरेको मितिको भर्पाई अ.बं.७८ नं. बमोजिम सुनाई त्यस सम्बन्धमा निजको कथनलाईसमेत विचार गरी कानूनबमोजिम निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री वलिरामकुमार र विद्वान अधिवक्ता श्री कृष्णलाल देव उल्लेखित मुद्दा : x आदेश न्या. पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको रहेछ । २. जि. सप्तरी गा.पं.महादेवा वार्ड नं. ३ को कि.नं. ४३ को ०–६–१५ कि.नं. ५१ को ०–९–१० जग्गा मोहीमा कमाई आएको १ नं. लगत भरी ४ नं. जो.अ.नि.पाएकोमा सो जग्गा हरिनारायण साफीले नित्यानन्द ठाकुरलाई बिक्री गरेकोले निजले कूत बुझी भर्पाई गरी दिएका छन् मोहीको प्रमाणपत्र पाउँ भन्ने निवेदन आफ्नो मोही छोडी कि.नं. ५१ मा दावी गरेको झुठ्ठा हो भन्ने बालेन्द्र प्रसाद र वादी दावी झुठ्ठा हो भन्ने नित्यानन्द ठाकुरको प्रतिउत्तर भएकोमा कि.नं. ५१ को ०–९–० को वादी मोही भन्न नमिल्ने र कि.नं. ४३ को ०–६–१५ को वादीले मोहीको प्रमाणपत्र पाउने ठहर्छ भन्ने भू.सु.का.सप्तरीको ०४०।३।१२ को निर्णय । ३. कि.नं. ५१ को मोहीको भन्न मिलेन भनी गरिएको हद सम्म मेरो चित्त बुझेन म निवेदक भूमिसम्बन्धी ऐन, ०२१ प्रारम्भ हुनुभन्दा अघिको मोही भई भूमिसम्बन्धी नियमहरू, ०२१ को नियम ३ बमोजिम मोहीको लगत १ नं. अनुसुची भरी २ नं. अनुसुची प्रकाशित भई ४ नं. जो.अ.नि.समेत प्राप्त गरेको विधिवतको दर्तावाला मोही हुँदा कबूलियतको आवश्यकता नरहने प्रष्ट छ । साविक ज.घ.हरिनारायणको नाउँको म दर्तावाला मोही भई पछि ज.ध.हुनआएका नित्यानन्द र उनीबाट खरीद गर्ने बालिन्दर जग्गाधनी हुन आए भनी मेरो मोहियानी हकमा कुनै असर पर्न सक्दैन सो निर्णय भू.सं.ऐन, ०२१ दफा २५(१), २५(४)(ख) समेतको त्रुटिपूर्ण छ । मानकीबाट पेश भएको भर्पाई मलाई नसुनाई प्रमाणमा लिएको र म तर्फबाट पेश भएको भर्पाई प्रमाणमा नलिई गरेको निर्णय अ.बं.७८ नं. को त्रुटिपूर्ण छ । मानकीसँग भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४(१) बमोजिमको कबूलियत समेत छैन । विपक्षी नित्यानन्द र मानकी साफिले मेरो हक मेट्न बीच–बीचमा ०३० साल र ०३१ सालको बाली सम्बन्धमा ०३० साल देखि ०३४ सालसम्म बाली लुटपिट मुद्दाहरू लडेको फैसला समेत देखिन्छ । मुद्दा फैसला भएपछि विपक्षहरू समेतका नाउँमा जालसाजीबाट भर्पाई खडा गरे सम्बन्धमा ०४० सालको फौ.सा.नं. ९६६ को जालसाजी मुद्दा सप्तरी जिल्ला अदालतमा चलिरहेको छ । नित्यानन्दले सुगावतीलाई बालिन्दर भन्दा अघि बिक्री गरेका छन् । यसमा म मार्फत हल गोरूले जोती भोगी आएको भनी लेखिएको छ यस्तो अवस्थामा मलाई मोही नठहर्‍याएको भू.सु.को फैसलाबाट मेरो सम्पत्ति सम्बन्धी हकमा असर परेकोले उत्प्रेषण लगायतको आदेश जारी गरी भू.सु.का.सप्त