निर्णय नं. २०४१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०४१ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०४/१४ २२८२ निर्णय नं. २०४१ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला सम्वत् २०४० सालको रिट नं. १३०९ विषय : उत्प्रेषण निवेदक : जि. संखुवासभा वाना गा.पं. वडा नं. ७ बस्ने गोपीलाल निरौला विरूद्ध विपक्षी : ऐ ऐ वडा नं. ७ बस्ने खडगराज पुरी ऐ जिल्ला कार्यालय भू.सु. शाखा संखुवासभा आदेश भएको मिति : २०४१।४।१४।१ मा (१) मोहियानी हकको विवाद उत्पन्न भएपछि केवल जालसाजी हो भनी जिकिर लिँदैमा मोही हकको तेरो मेरो सम्बन्धमा परेको निवेदन तामेलीमा राखी दिने मिल्ने भू.सं.ऐनको दफा ३१ क.(१) ले मिल्ने देखिन्न । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ उल्लेखित मुद्दा : x आदेश न्या. गजेन्द्रकेशरी वास्तोला : नेपालको संविधानको धारा ७१ बमोजिम उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भनी २०४०।४।१० मा रिट निवेदन पर्न आएको रहेछ। २. संक्षिप्त तथ्य तथा निवेदन जिकिर : २०३७ साल देखि वार्षिक दुई मुरी ठेक कूत दिने गरी भक्तवत्सल नेउपानेसँग वाना गा.पं. वडा नं. ७ को अं.आठ मुरी उब्जा हुने खेत कबूलियत भर्पाईको आधारमा कमाई आइरहेको अवस्था विपक्षीले फेरि मोही हक समाप्त गर्ने नियतले जग्गा कमाउन नदिएकोले मोहियानी खिचोला मेटाई हक संरक्षण गरिपाउँ भनी भू.सु.शाखा संखुवासभामा निवेदन दिएकोमा जालसाजीतर्फ विवाद उठकोले त्यसको निरोपण भई आएपछि कारवाई गर्ने गरी हाल मिसिल तामेलीमा राख्ने भनी भू.सु.शाखा संखुवासभाले २०४०।१।११ मा निर्णय गरेको रहेछ । ३. विपक्षी कार्यालयबाट अर्ध न्यायिक निकायले गर्नुपर्ने कर्तव्य निर्वाह नगरेबाट निर्णय विपक्षी कार्यालयको काम प्रकृति र स्वरूपबाट नै बदरभागी छ । कानूनले तोकेको निर्दिष्ट प्रकृयाहरूको अवलम्वन नगरी मुद्दा तामेलीमा राख्न भू.सु.शाखाले सक्तैन । अतः उक्त निर्णय अधिकार क्षेत्रात्मक त्रुटि भएको छ । जालसाजतर्फ निर्णय भई कारवाई हुने गरी हाल तामेलीमा राख्ने गरेको भू.सु.शाखा संखुवासभाको निर्णय अ.बं.१८४क.१८५, १८६ र १३९ र भू.सु.ऐनको दफा ५३ को विपरीत हुँदा बदर भागी छ । भु.सं.ऐनको दफा ३१क.द्वारा प्राप्त अधिकारको निश्पालना भएबाट उक्त दफा ३१क.को ठाडै उल्लंघन भएको हुँदा उक्त गैरकानूनी निर्णय बदर गरी पुनः कानूनबमोजिम कारवाई गर्नु भन्ने परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने रिट निवेदन जिकिर रहेछ । ४. यसमा के कसो भएको हो ? सम्बन्धित विपक्षहरूबाट लिखितजवाफ मगाई आएपछि नियमबमोजिम गरी पेश गर्नु भन्ने समेत यस अदालत सिंगलबेञ्चको २०४०।४।२४ को आदेश रहेछ । ५. निवेदक विवादको जग्गामा मोही नदेखिएको र खडकराज पुरीले जग्गा खरीद गरे पछि जालसाज गरी भर्पाई र मोही पत्र बनाएको हो निवेदकले जग्गा कमाएको होइन भन्ने प्रतिउत्तर बयान दिएको र भक्तवत्सल नेउपानेले बिक्री गरेको र खडकराज पुरीले जग्गा लिएको देखिएको र निवेदकले पेश गरेको प्रमाणहरूको सम्बन्धमा जालसाजतर्फ विवाद उठेको हुँदा जालसाज गरेको हो होइन छुट्याई कारवाई गराई माग्न आएका बखत कारवाई गर्ने गरी तामेलीमा राखिएको हुँदा कानूनको परिधि भित्रै रही गरिएको निर्णय बदर हुन पर्ने होइन रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भू.सु.शाखा संखुवासभाको लिखितजवाफ । ६. जालसाजीको विवाद उठेकोले सोको निर्णय