निर्णय नं. २०४३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०४३ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०५/२६ २३०३ निर्णय नं. २०४३ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् ०४० सालको रि.नं. १३२९ विषय : उत्प्रेषण निवेदक : जि. धनुषा प्र. को महुत्रा गा.पं. वार्ड नं. ८ बस्ने मालपोत कार्यालय धनुषाको मुखिया सिताराम मण्डल विरूद्ध विपक्षी : श्री जनकपुर अञ्चलाधीशको कार्यालय जलेश्वर नेपाल श्री मालपोत कार्यालय, धनुषा जनकपुर धाम श्री राम शंकर मण्डल, मुखिया मालपोत कार्यालय धनुषा जनकपुर धाम आदेश भएको मिति : २०४१।५।२६।३ मा § मार्कसीट पेश नगरेको कारणले १६ नं. नपाउने भन्ने नि.से.नि., २०२१ मा व्यवस्था भएको नपाइने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री प्रकाश बस्ती र विद्वान सरकारी अधिवक्ता श्री केदारप्रसाद शर्मा उल्लेखित मुद्दा : x आदेश न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ । २. म निवेदक तत्काली कोष तथा तहसिल कार्यालय धनुषा (हाल मालपोत कार्यालय धनुषा) को मुखिया पदमा मिति ०२८।११।२५ देखि स्थायी नियुक्ति पाई काम गरी आएको छु । मेरो शैक्षिक योग्यता ०१९ सालको प्रवेशिका परीक्षा तृतीय श्रेणीमा उतीर्ण भएको छु । मालपोत कार्यालय धनुषाको रिक्त हुनआएको रा.प.अ.द्वितीय श्रेणी खरिदार पद १ मा प्रतिशत निर्धारित गरी जिल्ला कार्यालय धनुषाको प्र.जि. अ.श्री दामोदरप्रसाद रेग्मीज्यूको अध्यक्षतामा मिति ०३९।१२।१५ गते बसेको बढुवा समितिले म निवेदकलाई बढुवा गर्ने गरी ०३०।१२।२६ मा सूचना प्रकाशित गरेको थियो । सो निर्णय उपर विपक्षी रामशंकरको उजूर परी विपक्षी अञ्चलाधीश कार्यालयले मालपोत कार्यालय धनुषा मार्फत मेरो शुरू नियुक्ति र प्रवेशिका परीक्षाको मार्कसीट माग गरिएकोले मैले मार्कसिट समेतको प्रमाणित प्रतिलिपि विपक्षी अञ्चलाधीश कार्यालयमा दाखिल गरेको थिएँ । मिति ०४०।३।१७ को पत्रद्वारा पुनरावेदन तहबाट मु.रामशंकर मण्डलले खरिदार पदमा बटुवा पाउने गरी निर्णय भएको ज.अं.का.जलेश्वरको मिति ०४०।३।१२ को पत्र प्राप्त हुनआएकोले जानकारी दिइन्छ भन्ने मालपोत कार्यालयबाट जानकारी दिइयो । विपक्षी अञ्चलाधीश कार्यालयको यस्तो निर्णयको कारण आधार बुझ्दा निवेदकको शैक्षिक योग्यता वापत दिइएको १६ नं. लाई मौकैमा मार्कसीट प्रदान नगरेको हुँदा सो नम्बर घट्नु पर्ने भन्ने समेतको आधारमा नम्बर घटाई निवेदकको कूल प्राप्ताङ्क २१७, २२१ लाई २०१, २२१ कायम गरी र विपक्षी रामशंकरलाई बढुवा गर्न निर्णय भएको भन्ने मौखिक जानकारी दिइयो । मैले आफ्नो सम्पूर्ण शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेश गरी राखेको आधारमा बढुवा समितिले नि.से.नि.०२१ को नियम ३.५(४) को खण्ड (क) १ बमोजिम १६ नम्बर दिएकोमा अन्यथा गरी घटाउन मिल्ने होइन नोकरी विवरण साथ मार्कसीट पेश गर्नुपर्ने भन्ने बाध्यात्मक व्यवस्था छैन र मार्कसीट मैले समयमै पेश गरेको थिएँ । साथै मार्कसिट समयमै नभएकोमा प्रमाणपत्रको आधारमा अंश घटाउन नपाउने वा दिन नहुने भन्ने यस नि.से.नि.मा कानूनी बन्देज छैन । जहाँसम्म विपक्षी अञ्चलाधीश कार्यालयले निर्णय गर्दा आधार लिएको कार्य सम्पादन मूल्याङ्कन फाराममा केरमेट गरी सच्याइएको भन्ने कुरा छ सो कार्य भए गरेको पनि छैन र ठहर गर्न पनि सकेको छ