निर्णय नं. २०४४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०४४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०५/२८ २३०० निर्णय नं. २०४४ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रिट नं. १५४५ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : जि. स्याङजा पुतलीबजार गा.पं. वडा नं. ९ लम्साल घर बस्ने पूर्णभद्र लम्साल विरूद्ध विपक्षी : श्री ५ को सरकार सडक विभाग काठमाडौं श्री अंचलाधीशके कार्यालय गण्डकी अंचल श्री नापी अधिकृत ६ नं. नापी गोश्वारा स्याङजा का.मु. नापी टोली प्रमुख आदेश भएको मिति : २०४१।५।२८।५ मा § निवेदकको निवेदनमा लिएको जिकिर अनुसारको कुराबारे केही बुझ्नु पर्ने भए सो समेत बुझी विषयवस्तुमा निर्णय गर्नुपर्ने अवस्था हुन्छ । सो नगरी कुनै मनासिब कारण नदेखाई तामेलीमा राखी दिने गरेको देखिँदा न्यायिक मनको प्रयोग नगरी अञ्चलाधीश कार्यालयबाट पत्र आएको व्यहोरा सम्म उल्लेख गरी तामेलीमा राखी दिने गरेको मिलेको नदेखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार उल्लेखित मुद्दा : x आदेश न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : प्रस्तुत निवेदनपत्र नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ । २. तथ्य यस प्रकार छ : जि. सतौ मौजे स्याङजाको सावित जि. मु.हरिलाल पाध्या जिम्मा हालका जि. मु.शालिकराम उपाध्याय जिम्माको ९५ सालको मोठको सि.नं. १५ मा जिवाखर भन्ने दिवाकर पाध्याका नाउँमा वहाल दर्ता दर्तावाला दिवाकर अंशियार भाइ हुँदा अंशबाट बाबा गजाधरले आफ्ना भाग वण्डामा प्राप्त गरेको सापकोटाको बारी भन्ने पाखो जग्गा बाबा छउन्जेल बाबाले हक भोग गरी रहनुभएको र वावा स्वर्गीय भएपछि मेरो अविछिन्न हकभोग भई तालुकदार जि. मु.सालिकराम मार्फत तिरो बुझाई आएको र भू.सु.७ नं. फारामको अं.१ रोपनी ४ आना उल्लेख भएको सहोदर भाइ दाता र मेरो भागमा पर्न आएको पूर्व कि.नं. २१३४ पश्चिम कि.नं. २१३६ उत्तर कि.नं. ६९७ दक्षिण कि.नं. ११९५ यति ४ किल्लाभित्रको कि.नं. २१३५ क्षेत्रफल रोपनी ०–२–२० को कित्ता १ र कि.नं. २१३६ कि.नं. ६९७ कि.नं. ११९५ यति ४ किल्ला भित्रको कि.नं. २१३७ क्षेत्रफल रोपनी ०–१–०–२ समेतका मेरा हक भोग साविक दर्ता श्रेस्ता तिरो भरो समेतका सम्पूर्ण स्वामित्वका सापकोटा बारी जग्गा ०३६ साल बैशाख १७ गतेको राजपत्रमा प्रकाशित सूचना सिद्धार्थ राजमार्ग सुनौली पोखराको १४.५ मिलीमिटर ९३४ मिटर ३ से.मि.देखि १४७ कि.मि.३१० मि.७ मि.सम्मको जग्गामा राजमार्ग दुवैतर्फको ६.५ मिटर मात्र सडक सीमा कायम गरी बाँकी १८.५ मिटर जग्गाधनीलाई छाडी सर्भेको आधारले भीर बारी भनी घडेरी बनाएको कि.नं. २१३५’ २१३७ दुई कित्ता जग्गामा ६ नं. नापी गोश्वारा १ नं. नापी टोलीबाट नाम जाँच भई किसान तथा जग्गावालाको महलमा नाम खाली राखी सूचना प्रकाशित गरेको हुँदा भूलसुधार गरी कि.नं. २१३५, २१३७ मा निवेदकको नाउँ राखी दर्ता गरिपाउँ भनी निवेदन गरेको राजमार्ग केन्द्र रेखा देखि दायाँ बायाँ २५.२५ मिटर सडक सीमाना कायम गरी पछि ५.६ मि.मात्र कायम गरी बाँकी १८.५ मी.जग्गा सडक विभागको नै देखिएको १ नं. नापी टोलीबाट सूचना प्रकाशित भएपछि नाम खाली भएको भूल सुधार गरी सडक विभागको तर्फबाट कुनै निवेदन समेत नपरेको र सिद्धार्थ राजमार्गको १४५ कि.मि.९३४ मि.३ से.मि.देख