निर्णय नं. २०४५ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०४५ - जालसाजी भाग: २६ साल: २०४१ महिना: असोज अंक: ६ फैसला मिति :२०४१/०५/०७ २५७६ निर्णय नं. २०४५ ने.का.प. २०४१ अङ्क ६ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको फौ.पु.नं. ४५६ मुद्दा : जालसाजी पुनरावेदक/प्रतिवादी : का.जि. का.न.पं. वडा नं. २२ पाको पोखलडयाङ बस्ने रामदेवी मानन्धर ऐ ऐ बस्ने साधुराम मानन्धर विरूद्ध विपक्षी/वादी : का.जि. का.न.पं. वडा नं. २२ पाको पोखलडयाङ घर भै हाल का.जि. मरु बस्ने पदमकुमारी मानन्धर फैसला भएको मिति : २०४१।५।७।५ मा § कीर्ते कागजको ३ नं. हेर्दा अर्काको हक मेट्ने हदम्याद तारिख जाने वा कुनै तरहसँग नोक्सान पार्ने इत्यादि जुनसुकै मतलवले होस नगरे नभएको झुठ्ठा कुरा गरे भएको हो भनी वा मिति अंक व्यहोरा फरक पारी सहिछाप गरी दिने लिने दुवै थर मिली कागज लेखी सहिछाप गरी दिने लिने दुवै जालसाजी गर्ने ठहर्छ भन्ने उल्लेख भएको पाइने । (प्रकरण नं. ११) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी वादी तर्फबाट : विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्याय उल्लेखित मुद्दा : x फैसला न्या. महेशरामभक्त माथेमा : म. क्षेत्रीय अदालतको फैसला उपर यस अदालतको डिभिजन बेञ्चबाट पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्च समक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. ०१५ सालमा साधुरामसँग विवाह सम्पन्न भई ०२२ सालमा छोरा जन्म भई आई बसेकोमा ०३९।१।१४ गतेमा साधुले छोरा समेत मलाई घरबाट निकाला गरेकोमा रामदेवीको नाउँमा माना चामलमा नालेश दिएको थिएँ । विपक्षी मेरा पतिले पनि छोरा र मलाई अंश बुझाई पाउँ भनी नालिश दिनुभएको रहेछ । ०३९।५।१ मानो छुट्टी घरबाट निस्की डेरा गरी बसी आएको बज्यै हकमाया र आमा रामदेवीसँग अंश मागी घर जग्गा लिई ०३५।६।१ म छोडपत्र गरी कागज लेखी ०३५।९।१३ मा पास भएको भन्ने कुरा झुठ्ठा जालसाज हो । हामीहरूको अंश भाग घटाउने अभिप्रायले मेरो नालेश परी सकेपछि अंश छोडपत्रको जालसाजी लिखत खडा गरेकोमा कीर्ते कागजको १० नं. बमोजिम सजाय गरी उक्त ०३५।९।१३ गतेको रजिष्ट्रेशन पारित भएको छोडपत्र रद्द गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र रहेछ । ३. वादीको भनाई झुठ्ठा हो । ०३१।५।१ मा साधुरामसँग मानो छुट्टिएपछि ०३५।६।१ मा लेखिएको अंश छोडपत्रको लिखत ०३५।९।१३ मा मालपोत कार्यालय, काठमाडौंमा पास भएको हो । झुठ्ठा फिराद दायर गरेबाट वादीलाई नै सजाय गरी झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको हकमाया र रामदेवी मानन्धरको संयुक्त प्रतिउत्तरपत्र रहेछ । ४. ०३१।४।१७ मा धनमाल मालसामान र छोरा समेत लिई वादी बेपत्ता भई र ०३१।५।१ मा म मानो छुट्टी आमा र बजैसँग भिन्न बसेकोमा चल अचल सम्पत्ति सगोलमा रहेकोमा मेरो अंश वापत घर सम्माली अंश छोडपत्र गरेको हुँ । माना चामलमा नालिश दिएको इवीले वादीको अंश भाग घटाउने अभिप्रायले अंश छोडपत्रको जालसाजी लिखत गरेको होइन । मेरो अंश छोडपत्र गर्ने अधिकार भएकोले ०३५।६।१ मा घरसारमा छोड पत्रको लिखत खडा गरी ०३५।९।१३ मा लिखत पास गरेको हो । वादीको झुठ्ठा दावीबाट फुर्सद पाउँ र झुठ्ठा दावीलाई नै सजाय गरिपाउँ भन्ने समेत व्यहोराको साधुरामको प्रतिउत्तर पत्र । ५. वादीहरूको हक मेट्नको लागि प्रतिवादीहरू मिली जालसाजी गर्‍यो भन्नलाई प्र.साधुरामबाट पाउने अंशबाट वादीहरूले अंश पाउनेमा साधुरामले अंश छोडपत्र गरेमा साधुरामलाई पनि हानी हुने अवस्था