निर्णय नं. १८७८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १८७८ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: बैशाख अंक: १ फैसला मिति :2041/01/14 २३२० निर्णय नं. १८७८ ने.का.प. २०४१ अङ्क १ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रिट नं. १४१० विषय : उत्प्रेषण निवेदक : झापा जिल्ला बुधवारे गा.पं. वार्ड नं. १ बस्ने कर्मसिं भुजेल विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय झापा ऐ बुधबारे गा.पं. वडा नं. ६ बस्ने रत्न घिमिरे ऐ वार्ड नं. १ बस्ने हरि प्रसाद घिमिरे ऐ ऐ बस्ने भागिरथ घिमिरे ऐ ऐ बस्ने मेदिनी प्रसाद घिमिरे ऐ ऐ बस्ने लक्ष्मी प्रसाद खनाल ऐ ऐ बस्ने जयनारायण बास्कोटा आदेश भएको मिति : २०४१।१।१४।५ मा § दर्ता किताबमा सच्याएको सूचना मोहीले नपाए सम्म दर्ता किताबमा दर्ता रहेको मोही कायम रहने ऐनले व्यवस्था गरेको । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्णप्रसाद श्रेष्ठ र विद्वान अधिवक्ता श्री विष्णुप्रसाद भट्टराई आदेश न्या. धनेन्द्रबहादुर सिंह : मिति ०३९।९।११।१ को भू.सु.कार्यालय झापाको निर्णय बदर गराई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य र निवेदन जिकिर यस प्रकार रहेछ । २. झापा जिल्ला जयपुर बुधबारे गा.पं. वार्ड नं. ३ अन्तर्गतको विपक्षी रत्नमायाको नामको कि.नं. ५२२, ५२३, ५८१, ५८४ र ५८६ समेत जग्गाको मोही म निवेदक भएकोले कि.नं. ५२२ र ५२३ को जग्गामा खिचोला गरे खिचोला मेटाई चलन चलाई मोहीबेटीको हर्जाना समेत दिलाई पाउँ भनी विपक्षी कार्यालयमा उजूर पर्दा ०३६ सालमा पञ्चायत मार्फत उक्त जग्गाको मोहियानी हक छोडपत्र गरी पञ्चायत मार्फत मोहियानी हकको क्षतिपूर्ति समेत बुझिलिई सकेको भन्ने प्रतिवाद गरेकोमा विपक्षी कार्यालयबाट ०३७।१२।१७ मा वादी दावा खारेज हुने ठहर्छ भन्ने निर्णय भए उपर मेरो सम्मानित अदालत समक्ष रिट निवेदन पर्दा उक्त निर्णय बदर हुने ठहरी रिट जारी गरी परमादेश समेत भई ०३८।९।७।३ मा आदेश भई पुनः कारवाईको लागि विपक्षी कार्यालय समक्ष जाँदा भू.सं.ऐन, २०२१ को दफा ३२ अनुसार मुद्दा चल्न नसकी खारेज हुने ठहर्छ भनी निर्णय भयो । ३. सो निर्णय भू.सं.ऐन, २०२१ को दफा २६ को (१) को प्रतिबन्धात्मक वाक्यांश (क) को विपरीत त्रुटिपूर्ण भयो भनी सम्मानित अदालतबाट आदेश भएपछि आदेश बमोजिम पुनः कारवाई गर्दा मोही छाडेको भनी प्रतिवादीको जिकिर निजहरूले पेश गरेको प्रमाण भू.सं.ऐनको दफा २६(१) को प्रतिबन्धात्मक खण्ड (क) अनुरूप भए नभएको हेरी निर्णय गर्नुपर्नेमा पुनः पूर्व आधारलाई नै ग्रहण गरी विपक्षी कार्यालयले गरेको निर्णय त्रुटिपूर्ण छ भन्ने समेतको रिट निवेदन जिकिर रहेछ । ४. यसमा विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने मिति ०३९।१२।८।३ को सिङ्गलबेञ्चको आदेश रहेछ । ५. ०३५ देखि ०३७ सम्म जग्गा नजोती बसेपछि भू.सं.ऐन, २०२५ को दफा २५(४)(क) अनुसार मोही हक समाप्त गरेपछि पुनः मोही कायम गर्न मिल्दैन । परमादेशको आदेश जारी भई गएपछि कार्यालयले निर्णय गर्दा सरजमीन समेत गर्दा सरजमीनका मानिसले निवेदकले आफ्नो हक बापत क्षतिपूर्ति बुझी लिई जग्गा जोत्न छाडेको भनी समर्पित हुन आएकोले सबूत प्रमाणको आधारमा विपक्षीको उजूरी खारेज भएको त्रुटि छैन भन्ने समेतको रत्न माया घिमिरे समेत जवान ६ को लिखितजवाफ रहेछ । ६. निवेदकले आफ्नो खुसिले जग्गा जोत्न छाडी दुई वर्ष पछि मोही ख