निर्णय नं. २०४६ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०४६ - ज्यान भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४१/०४/१० २०२३ निर्णय नं. २०४६ ने.का.प. २०४१ अङ्क ७ डिभिजन बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश धनेन्द्रबहादुर सिंह सम्वत् २०४० सालको डि.फौ.सा.नं. १३० मुद्दा : ज्यान वादी : झपटसिंह आलेमगरको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : रामेछाप जिल्ला गागल्टार गा.वा.पं. वा.नं. १ पिखरी बस्ने श्री सुरवीर तामांग फैसला भएको मिति : २०४१।४।१०।४ मा § कुटपीट गरी मारेको भनी प्रतिवादीको नाम किटान साथ लेखेको देखन्छ । तसर्थ प्रतिवादीलाई ज्यान सम्बन्धीको १३(३) अनुसार जन्मकैदको सजाय गरेको फैसला मनासिव ठहर्ने । (प्रकरण नं. १४) निवेदक तर्फबाट : x विपक्षी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला प्र.न्या. नयनबहादर खत्री : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मूलुकी ऐन अ.बं.१८६ नं. अनुसार साधक निकासाका लागि यस अदालत समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. २०३१।१।२५ का दिन भोटनागीमा लाग्ने जात्रा हेर्न मेरो माइली आमा पट्टीको माइलो छोरा खेकसिं आलेमगर समेत गएको थियो सो जात्रामा मासु चिउरा किनी खेकसिं, निजको सासु नन्दमाया, साला नरबहादुर, भतिजा, भाइ छत्रध्वज, लालबहादुर समेत बसी खाजा खान लागेको अवस्था पहलमान तामाङ, चक्रबहादुर तामाङ, कान्छा तामाङ, डिकमान तामाङ, पदमबहादुर तामाङ, सुरवीर तमाङ, च्यान्टे तामाङ, म्याउचे ग्वावा तमाङ, कोडे भन्ने पहलमान घर्ती, तुले पुलामी समेत जवान ११ ले खेकसिंको कान्छा बाबुको छोरी धनमायाको सुन चूरा अन्याय कौडेले लुटेको कुरामा धनमायाले दोरम्वा चौकीमा उजूर गरी धनमाल दिलाई दियो भन्ने इवी लिई पहले घर्ति, कालु घर्ति समेतले बचन दिई सबै विपक्षीहरूले कुटपीट गरेछन् म घरमा नै छु सोही चोटपिरबाट खेकसिं मरेकोले रुँगालु राखी जाहेर गर्न आएको छु । अपराधीहरूलाई पक्राउ गरी सो मर्नेको लास जाँची विपक्षहरूलाई ज्यान सम्बन्धी ऐन अनुसार सजाय गरिपाउँ भन्ने झपटसिंह आलेमगरको जाहेरी दर्खास्त पत्र । ३. भोटनागीमा देउराली मूल बाटोदेखि पूर्व, अङगेरीको रुखदेखि उत्तर चौतारादेखि दक्षिण, गोरेटी बाटोदेखि पश्चिम यति ४ किल्लाभित्रको भोटनागी भन्ने स्थान नन्दमायाको बारी डिलदेखि पश्चिम, ओमबहादुरको बारी साँधदेखि दक्षिण जंगबहादुरको घरदेखि उत्तर, हेमबहादुर मगरको बारी साँधदेखि पूर्व यति ४ किल्ला भित्र बनेको नन्दमायाको घरमा रहेको खेकसिंको लास उत्तरपट्टि टाउको दक्षिण गोडा भई पश्चिम–उत्तरतर्फ कोल्टो भई देब्रे गोडा थिचिएको, दाहिने गोडा केही तन्के जस्तो भई जमीनमा पैतालाले टेकेको बर्कोले टाउकोदेखि गोडासम्म ढाकेको दाहिने घुँडा केही देखिएको, दाहिने हात उत्तानो जमीनमा पछारिएको, टाउको निर मुख छेउमा बर्कोमा कालो टाटा भई रगत हडेलो पानीले भिजिएको देब्रे हात बर्कोले छोपिएको, लाशले पेटी गन्जी लगाएको, धोति पटुका बाँधेको, रातो अन्डरपेन लगाएको, दाइने नाडी कुइना माथि भाँचिएको, टाउकाको दाहिनेपट्टि कानमाथि ४ इन्च लम्बाई २ इन्च जति गोलाई २ इन्च गहिराई भएको रगत हडेलो पानी बगिरहेको घाउ देखिएको देब्रे हात साबुतै देखिएको, गोडा उत्तानो कोल्टो भई हातखुट्टा सुन्निई कम्बरले भुईमा टेकेको, हातगोडा आकाशतर्फ उठेको, सो घाउदेखि मूनि सर्वाङ्ग किराऔंसा परी सडीगलीसकेको, सर्वाङ्ग जिउ फोकाउठी कालोनिलो भई सडिसकेको, ढाडमा हरियो भई कुही कीरा औंसामात्र देखिएको भन्ने समेत मिति २०३१।२।१।३ को लाशप्रकृति मुचुल्का । ४