निर्णय नं. २०४८ - अंश मानाचामल
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०४८ - अंश मानाचामल भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४१/०५/१० २५१४ निर्णय नं. २०४८ ने.का.प. २०४१ अङ्क ७ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको दे.फु.नं ४१२ मुद्दा : अंश मानाचामल पुनरावेदक/वादी : धा.जि. भारपाक गा.पं. घर भइ हाल नुवाकोट गंगामाई गा.पं. वडा नं. ३ त्रिशुली बस्ने कल्पनाकुमारी अधिकारी विरुद्ध विपक्षी/प्रतिवादी : धा.जि. भारपाक गा.पं. वडा नं. ३ को वाराङ बस्ने चन्द्रकुमारी अधिकारी क्षेत्री ऐ ऐ बस्ने चन्द्र बहादुर अधिकारी क्षेत्री फैसला भएको मिति : २०४१।५।१०।१ मा § लोग्ने स्वास्नीको २ नं. को ऐन हेर्दा अर्कासित करणी नगराए पनि करणी गराएको छु भनी अड्डामा सावित भएमा त्यस्तो स्वास्नीसित लोग्नेले सम्बन्ध बिच्छेद गर्न पाउँछ भन्ने कानुनी व्यवस्था भइराखेकोले अंश मानाचामलको दावी पुग्न नसक्ने र नावालक छोराको हकमा बाबु कायम गरी ल्याएका बखत ठहरे बमोजिम हुने भनी खारेज गरेको शुरुको निर्णय सदर हुने । (प्रकरण नं. १०) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री सुसिलकुमार पन्त विपक्षी प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३९।२।१८।३ मा भएको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी ४०।६।१६।१ मा परेको निवेदनपत्रमा ०४०।११।४ मा पुनरावेदनको अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ । २. विपक्ष चन्द्रबहादुर मेरा पति हुन मेरो गर्भबाट १ छोरा समेत जायजन्म भएको छ विपक्षी मिली मलाई षड्यन्त्र गरी हाडनाता करणी मुद्दा दिएकोमा ०३४।९।२२ गते वा.अं.अ.बाट खारेज भई अन्तरिम फैसला भएको छ । विपक्षी लोग्नेले ०३५ सालमा अर्के स्वास्नी ल्याएको र मलाई सासु र लोग्ने मिली ०३४।१०।३ गते घरबाट निकाला गरिदिएकोले विपक्षीहरूसँग बाबु बाजेको श्रीसम्पत्तिका तायदाती मागी सौता लोग्ने र म वादी र मेरो नावालक छोरा गरी पाँच भागको अंश मध्ये म र नावालक छोराको गरी २ भाग अंश दिनलाई फैसला भएको मिति तकको माना चामल भराई पाउँ भन्ने समेत व्यहोराको वादी रहेछ । ३. विपक्षी वादीले ०३१।१२।२२ मा तीन पुस्ता भित्रको ओमबहादुर नाम गरेको देवरले करणी गरी ३ महीनाको गर्भ छ । भनी अदालतमा बयान गरेको र हाडनाता करणी मुद्दामा बयान गर्दा १० महीना भयो विवाहिता लोग्नेसँग भेट भएको छैन भनेकी हुनाले उक्त छोरा ओमबहादुरसँग करणी गराई जन्मिएको हुँदा हामीले अंश दिनु पर्ने होइन लोग्ने स्वास्नीको २ नं. बमोजिम र वा.अं.अ.को ०३४।९।२२ को फैसलाले समेत मेरो सम्बन्ध बिच्छेद भएको स्वतः सिद्ध छ । वादीको झुठ्ठा दावीबाट फुर्सद गरिपाउँ भन्ने समेत व्यहोराको चन्द्रकुमारी र चन्द्रबहादुरको संयुक्त प्रतिउत्तरपत्र रहेछ । ४. वादीले ०३१ सालमा चैत्र २२ गते हाडनाता करणीमा मुख सावित भई अड्डामा आई बकेको हुँदा लोग्ने स्वास्नीको २ नं. को व्यवस्था अनुसार अर्कोसँग करणी गराएको कुरा स्वास्नीले स्वीकार गरी भन्दछे भने स्वतः सम्बन्ध बिच्छेद हुने हुँदा वादीले लोग्ने तर्फबाट अंश पाउँ भन्ने दावी पुग्न सक्दैन र नावालक छोराको मानाचामलतर्फ बाबुको ठेगाना लागि कायम भएका बखत उजूर लाग्ने हुनाले यस्तो स्थितिमा बाबु कायम हुने ठहरेमा मात्र दावी पुग्ने देखिएकोले दावी खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको धादिङ जिल्ला अदालतको फैसला रहेछ। ५. उक्त फैसलाम