निर्णय नं. २०५० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०५० - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४१/०७/१९ २११९ निर्णय नं. २०५० ने.का.प. २०४१ अङ्क ७ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रिट नं. १५०४ विषय : उत्प्रेषण निवेदक : सप्तरी राजविराज न.पं. वडा नं. ३ बस्ने प्रधानपञ्च अनिस अन्सारी विरुद्ध विपक्षी : ऐ.ऐ. वार्ड नं. १ बस्ने भिखमचन्द जैन निर्वाचन विशेष अदालत, सप्तरी जिल्ला अदालत सप्तरी जि.अ. का. न्यायाधीश श्री दिपेन्द्र उपाध्याय आदेश भएको मिति : २०४१।७।१९।१ मा § निर्वाचन विशेष अदालतमा उजूर गरेकोमा निर्वाचन विशेष अदालतले सप्तरी जिल्ला अन्तर्गत राजविराज नगरपञ्चायतको प्रधानपञ्च पदको निर्वाचन बदर हुने ठहराई निर्णय गरे उपर रिट निवेदन पत्र परेको सम्बन्धित उम्मेदवार होइन र निजको उजूरी निर्वाचन विशेष अदालतमा लाग्न सक्तैन भन्न नमिल्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंह र विद्वान अधिवक्ता श्री मोहनकृष्ण खरेल विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट : विद्वान व.अ.श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान स.अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्र्रेषणको आदेश जारी गरी विपक्षी सप्तरी निर्वाचन विशेष अदालतको मिति २०४०।५।९ को निर्णय बदर गरिपाउँ भन्ने रिट निवेदन यस अदालतमा २०४०।६।४।३ मा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छन् । २. सप्तरी जिल्ला अन्तर्गत राजविराज न.पं.को प्रधानपञ्चको २०३९।१।२८ मा निर्वाचन हुने भनी सूचना प्रकाशित हुँदा प्रत्यर्थी भिखमचन्द जैनले प्रधानपञ्चको पदमा उम्मेदवारको दर्खास्त प्रस्तुत भएको थियो । म निवेदकको साथै धर्मदत्त कोइराला समेत जवान आठ उम्मेदवार भएकोमा धर्मदत्त कोइराला समेत ४ जनाले प्रत्यर्थी भिखमचन्द जैनलाई उम्मेदवार हुने योग्यता नपुगेको भनी सहायक निर्वाचन अधिकृत श्री रामप्रसाद खतिवडा समक्ष उजूर दिनु भयो । निज प्रत्यर्थी भिखमचन्द जैन नगरपञ्चायतमा व्यक्तिगत स्वार्थ भएको व्यक्ति हुनुभएको आधारमा निजको नाम उम्मेदवारको सूचीबाट २०३९।१।२१ मा हटाइयो । निजले निर्वाचन स्थगित गराउन अन्तरिम आदेश समेतको माग गरेकोमा सर्वोच्च अदालतबाट निवेदकको माग बमोजिम निर्वाचन सम्पन नगर्नु नगराउनु भन्ने अन्तरिम आदेश जारी गर्ने अवस्था देखिएन नियम बमेजिम गर्नु भनी ०३९।१।२७ मा आदेश भयो । मिति ०३९।१।२८ गते निर्वाचन यथावत सम्पन्न भई म निवेदक निर्वाचित भई २०३९।१।३० गते रीतपूर्वक घोषणा भयो । प्रत्यर्थी भिखमचन्द जैनले म प्रधानपञ्चमा विजयी भएको निर्वाचन बदर गरिपाउँ भनी निर्वाचन विशेष अदालत सप्तरी समक्ष २०३९।२।१९ मा उजूरी दर्ता गराउनु भयो र निर्वाचन विशेष अदालतले २०३९।५।९ मा प्रधानपञ्च पदको निर्वाचन बदर गर्ने फैसला गर्यो । प्रत्यर्थी भिखमचन्द जैनको उजूरी पत्र हेरिएमा सो निर्वाचन (अपराध तथा सजाय) ऐन, २०२४ को दफा १५ (१)(ख) बमोजिमको नभएको देखिन्छ । प्रत्यर्थी जैनले आफ्नो दर्खास्त सदर नभएकोबाट प्रधानपञ्चको पदको लागि भएको निर्वाचनको नतिजामा के कति र कुन कुराको तथ्य र कारणले फरक हुन गयो भन्ने तथ्यको उच्चारण सम्म पनि गर्न नसकेकोबाट फिराद खारेज हुनु पर्नेमा खारेज नगरेको कानुनले मिलेन । ३. स्थानीय पञ्चायत (निर्वाचन कार्यविधि) ऐन, ०२५ को दफा ३० को उपदफा (२) को अनुसरणमा जारी भ