निर्णय नं. २०५१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०५१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४१/०७/०६ २९५१ निर्णय नं. २०५१ ने.का.प. २०४१ अङ्क ७ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको रिट नं. १०१५ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : रुपन्देही जिल्ला सिद्धार्थनगर न. पञ्चायत वार्ड नं. २ मेउडीहवा बस्ने मुकुन्दमणि त्रिपाठी ऐ ऐ बस्ने नारायण अहर ऐ ऐ बस्ने ओम प्रकाश गुप्त ऐ ऐ बस्ने गौरी कोहार ऐ ऐ बस्ने विश्वनाथ पाठक ऐ ऐ बस्ने बुद्ध भर ऐ ऐ बस्ने आसरे अहिर ऐ ऐ बस्ने मुहुन तेली ऐ ऐ बस्ने शिवदास तेली ऐ ऐ बस्ने महगु कोहार ऐ ऐ बस्ने पारक कोहार ऐ ऐ बस्ने झिनकी कहार्इन ऐ ऐ बस्ने जिवन भर ऐ ऐ बस्ने चनक भर विरुद्ध विपक्षी : श्री ५ को सरकार मन्त्रीपरिषद् सचिवालय काठमाडौं शिक्षण संस्थाको सम्पत्ति ब्यवस्था, जिल्ला समितिका अध्यक्ष श्री प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय रुपन्देही सिद्धार्थनगर भैरहवा ऐ समितिका सदस्य श्री प्रमुख मालपोत अधिकृत मालपोत कार्यालय रुपन्देही ऐ ऐ समितिका सदस्य सचिव श्री का.मु. जिल्ला शिक्षा अधिकारी रुपन्देही रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपञ्चायत वार्ड नं. २ मेउडीहवा स्थित मेउडिहवा प्राथमिक विद्यालय मेउडीहवा आदेश भएको मिति : २०४१।७।६।२ मा § नगरपञ्चायतको लगतमा भएको जग्गा विद्यालयको नाममा दर्ता गर्न मालपोत कार्यालयमा लेखी पठाउने गरी निर्णय गर्दा रिट निवेदकहरूलाई आफ्नो कुरा भन्ने मौका दिनु पर्ने। (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे र विद्वान अधिवक्ता श्री हरिशंकर निरौला उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : शिक्षण संस्थाहरूको सम्पत्ति व्यवस्था जिल्ला समितिको बैठको ०३८।४।२७ को सम्पूर्ण निर्णय तथा कारवाहीहरू समेत बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको तथ्य यस प्रकार छ : २. हामीहरू मध्ये कसैले घर बसोबास र कसैले खरीहान तथा सार्वजनिक बाटोको रुपमा सनातन देखी भोग चलन बसोबास गरी आएको सर्भे नापजाँच हुँदा भैरहवा नगरपञ्चायत वार्ड नं. २(क) अवल भिट डिह मिनही कि.नं. ६१२ क्षेत्रफल जग्गा विगहा ०–११–९ कायम ठहर भई दर्ता एको भैरहवा नगरपञ्चायतबाट आर्थिक वर्ष ०३२।३३ सालमा नगरपञ्चायत एरिया अन्तर्गतको व्यक्तिगत कित्ता काट नभएको ५ नं. घरबास मिनही डिह जग्गा सम्पूर्णको लगत खडा गर्दा निम्न बमोजिम हामीहरूका नाउँमा दर्ता लगत खडा गरिएको थियो । दर्ता भए गरिए बाहेकको जग्गा सार्वजनिक बाटो कायम भई रहेको छ । हाम्रा हकको साविक सनातनदेखि घर बसोबास र खरीहान र सार्वजनिक बाटो समेत गरी भोग गरी आएको जग्गालाई विपक्षी प्रमुख जिल्ला अधिकारीज्यू समेतको शिक्षण संस्थाहरूको सम्पत्ति व्यवस्था जिल्ला समिति भन्ने नामाकरण गरिएको समिति बसी फिल्डबुकमा विद्यालय एरिया भनी उल्लेख भएको र यस समिति कै पूर्व निर्णय अनुसार जि.का.शिक्षा शाखाको तर्फबाट पुनः भएको सरजमीनमा कुनै किसिमको झैझगडा नभएको कि.नं. ६१२ को जग्गा विपक्षी विद्यालयका नाउँमा दर्ता गर्ने र जग्गाधनी दर्ता प्रमाणपूर्जा दिलाई दिन मालपोत कार्यालयमा अनुरोध गरी भएको निर्णयको प्रतिलिपि पठाउने भन्ने ०३८।४।२७ गते निर्णय भएछ । हल्ला सुनी नक्कल पाउन अनुरोध गर्दा दिन मिल्दैन भनी दर्ता भएको संक्षिप्त व्