निर्णय नं. २०५२ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०५२ - ज्यान भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४१/०४/२९ २३५९ निर्णय नं. २०५२ ने.का.प. २०४१ अङ्क ७ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको फौ.पु.नं. ३६० मुद्दा : ज्यान पुनरावेदक/वादी : जोगमाया थरुनीको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला कैलाली गा.पं.चौमाला बस्ने खड्गराज पन्त ऐ ऐ बस्ने भगना डगौरा थारु फैसला भएको मिति : २०४१।४।२९।२ मा § अपराधी ठहर गर्न कसुर गरेको हो भन्ने कुराको शंकारहित तवरबाट प्रमाणित भएको हुनु पर्ने । (प्रकरण नं. ३१) पुनरावेद वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल प्रत्यर्थी प्रतिवादी तर्फबाट :  उल्लेखित मुद्दा : x फैसला न्या. धनेन्द्रबहादुर सिंह : सुदुर पश्चिमाञ्चल क्षे.अदालतको मिति ०३९।५।२५ को इन्साफ उपर श्री ५ को सरकार तर्फबाट पुनरावेदन पर्न आई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : २. यही ०३२ साल कार्तिक २५ गते रोज ३ का दिन अन्दाजी १० बजेको टाइममा म मेरो लोग्नेसँगै धान कटनी गर्न गई म र मेरो साथमा मेरा काम गरी बस्ने मगना डगौराको स्वास्नी नाम थाहा नभएको सँगै खाना बनाउनको लागि घरमा आयौं । लोग्ने साधुराम र भगन डगौरा समेतले धान भएको गाडा खेतबाट खर्‍यानमा ल्याई धान उल्झिई भगना घरमा आएको र मेरो लोग्ने गाडाको भैंसी ल्याई आउँछु भनेको भन्ने मनराखु डगौराबाट थाहा पाएँ । भैंसा ल्याउँछु भनेकोमा भैंसा समेत सोही खरर्‍यानमा बाँधी राखेको र अरु समयमा पनि बेसमयमा आउने जाने गरेको र आई हाल्ला भन्ने सोची त्यस दिन सुतें भोलिपल्ट बिहान पानी खाने भूल्कामा निज मरिरहेको देखी जाहेर गर्न आएको छु, कारवाही गरिपाउँ भन्ने समेत जोगमाया थरुनीको ०३२।७।२६।४ को जाहेरी दर्खास्त । ३. १ फीट जति पानीको गहिराईमा साधुरामको लास घोप्टो परेर रहेको हात पाखुरा खुम्चिई छाती च्यापिरहेको अण्डरवियरको पछाडि गुदद्वारदेखि केही माथि मकैको दाना जत्रो रगतको टाटो उक्त कपडामा लागेको नाकबाट केही रगत आएको पेट फुलको गुदद्वाराबाट केही मल निस्केको कन्धामा सानो २,३ वटा घाउ भएको भन्ने समेत ०३२।७।२७।५ को लासप्रकृति मुचुल्का । ४. ०३२ साल कार्तिक २५ गते राति कैलाली चौमाला गा.पं. वा.नं. ३ बस्ने चतुरभुज बोगटी ऐ. बस्ने भैरवबहादुर लामिछाने, ऐ. बस्ने विगुवा डगौरा थारु आशाराम डगौरा थारु मैतु डगोरा थारु समेत ५ जनाले मिलोमतो गरी मेरो लोग्नेको घाटी थिची मारेको हाल बुझिएकोले कारवाही गरिपाउँ भन्ने समेत ०३२।८।१४।१ को जोगमायाको दोश्रो दर्खास्त परेको र तिनै व्यक्तिले मारेका हुन भन्ने निज जोगमायाले ०३२।८।१७ मा सनाखत समेत गरेको रहेछ । ५. ०३२।७।२५ गते आफ्नो जग्गा तिकमा पञ्चायतमा थिए । निज साधुरामलाई मैले मारेको होइन, कसले मारे थाहा छैन भन्ने समेत चतुरभुज बोगटीको ०३२।८।१९को बयान कागज । ६. ०३२।७।२५ गते म घरमै थिएँ । इश्वरीले सिकाएकोले जोगमायाले झुठ्ठा उजूरी दिएको हुन साधु कर्तव्यबाट मरे जस्तो लाग्छ, मैले मारेको होइन कसले मारे थाहा छैन भन्ने समेत भैरवबहादुर लामिछानेको ०३२।८।१९।६ को बयान कागज । ७. मैले साधुरामलाई मारेको छैन, इश्वरीले सिकाएकोले जोगमायाले झुठ्ठा उजूरी दिएको हुन साधुराम भगनाको आपसमा झगडा भइरहन्थ्यो, भगनाले नै मारेका जस्तो लाग्छ भन्ने समेत विगुवा डगौरा थारुको ०३२।८।२१ को बयान कागज । ८. साधुराम र भगनाको झगडा भइरहने हुँदा भगनाले म