निर्णय नं. २०५३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०५३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४१/०५/०१ २२२१ निर्णय नं. २०५३ ने.का.प. २०४१ अङ्क ७ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रिट नं. १७०४ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : जिल्ला ललितपुर ल.पु.न.पं. वार्ड नं. १ बस्ने उमेशचन्द्र जैन विरुद्ध विपक्षी : श्रीमान् भन्सार अधिकृत वीरगंज भन्सार श्रीमान महानिर्देशकज्यू, भन्सार विभाग आदेश भएको मिति : २०४१।५।१।६ मा § निवेदकसँग मागिएको सम्बन्धित कागजातहरू निजले समयमा प्रस्तुत गर्न नसकेकोले अर्थ मन्त्रालयको सूचना बमोजिम गाडी जफत गरेकोलाई अन्यथा भन्न सकिने स्थिति नहुँदा निवेदकको माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नारायण बल्लभ पन्त विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : वीरगञ्ज भन्सार कार्यालयको मिति ०३९।१०।१९ को पत्र र त्यसमा उल्लिखित मिति ०३९।१०।१९ को पत्र र त्यसमा उल्लिखित मिति ०३९।१०।११ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ । २. सन् १९८२ फेब्रुअरी महीना भारत नयाँ दिल्लीमा भएको व्यापार मेलामा म निवेदकले भरत स्थित फ्रान्सेली राजदूतावाससँग चेसिस नं. ०००२२६६ इन्जिन नं. १३५१०० को रेनोट गाडी भा.रु.९४,४०२। मा खरीद गरेको थिएँ यसै साथ प्रेषित सिपिङ बिल चलानीबाट प्रष्ट हुन्छ । उक्त मोलमा खरीद गरेको कार भारतमा लिलाम बढाबढमा खरीद गरेकोले नेपालभित्र आयात गर्दा इजाजतपत्र लिनु पर्ने स्थिति छैन । नयाँ दिल्लीबाट सो कार वीरगन्ज भन्सारमा आइपुगे पछि विभिन्न अड्चन देखाइयो र उक्त गाडीको मूल्यांकन गर्नलाई वीरगन्ज भन्सार कार्यालयले मिति ०३९।३।१७ मा भन्सार विभागमा लेखी पठाइयो र आजसम्म भन्सार कार्यालयले मसँग भन्सार लिई कार नेपाल ल्याउन दिएको छैन र कार छुटाउन इजाजतपत्र लिई आउनु पर्छ भनी अड्चन लगाइएको छ । विपक्षी भन्सार कार्यालयको प.सं.६५८ क.फा.(२४) ०३९।४० च.नं. ३१३७ को पत्रमा आवश्यक कागजात लिई गाडी छुटाउन नआउनु भएको हुँदा स्वतः श्री ५ को सरकारको भएको भनी उल्लेख गरिएको रहेछ । मैले भारतबाट आयात गरेको भारतीय मुद्रामा भुक्तानी दिई लिलाम बढाबढ भएको कार श्री ५ को सरकारको स्वतः हुन सक्दैन त्यस सम्बन्धमा मैले सम्बन्धित कागजातको प्रतिलिपी पाउँ भनी भन्सार कार्यालयमा निवेदन गर्दा प्राप्त गर्न सकिन । ३. भारतमा भएको व्यापार मेलामा लिलाम बढाबढमा भारतीय मुद्रा तिरी खरीद गरिएको कारवाही विपक्षी भन्सार विभाग र वीरगन्ज भन्सार कार्यालयले भन्सार नलिई कार रोक्का गर्ने अधिकार छैन र १९८२ मा फेबु्रअरीमा खरीद गरी नेपाल भित्र ल्याई सकेको कारावाई टिप्पणींले आयात इजाजतपत्र माग गर्न विदेशी मुद्राको आय स्रोत पर्ने दायित्व मलाई हुँदैन कार भारतीय मुद्रामा खरीद भएको स्पष्ट छ । वीरगन्ज भन्सार कार्यालयका मिति ०३९।१०।१९ को पत्रमा नेपाल राजपत्र भाग ३ खण्ड २६ संख्या ९। मिति ०३३।३।१ को राजपत्रलाई आधार बनाई स्वतः श्री ५ को सरकारको भएको भन्ने उल्लेख छ । भन्सार कार्यालय मेरो कारलाई जफत गर्न कदापि सक्दैन । मेरो वीरगन्ज भन्सार कार्यालयको अस्वीकृतिमा कार राखेको छैन बिपक्षी भन्सार कार्यालयले स्वीकृति नदिएको भन्ने जानकारी पाएको छैन । यस