निर्णय नं. २०५९ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०५९ - कर्तव्य ज्यान । भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४१/०७/१४ २४६९ निर्णय नं. २०५९ ने.का.प. २०४१ अङ्क ७ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको फौ.पु.नं. ३५१ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक/वादी : सहदेवको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्ष/प्रतिवादी : दोलखा जिल्ला सुरा गा.पं. वार्ड नं. ७ बस्ने जयराम पोख्रेल समेत फैसला भएको मिति : २०४१।७।१४।३ मा § निश्चयात्मक सबूत प्रमाणको अभावमा केवल शंकाको भरमा प्रतिवेदन दावी बमोजिमको अभियोग कायम गर्न नमिल्ने । (प्रकरण नं. २८) पुनरावेदक वादी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्त विपक्षी प्रतिवादी तर्फबाट : विद्वान व.अधिवक्ता श्री मोहनकृष्ण खरेल र विद्वान अधिवक्ता श्री बच्चुसिंह खड्का उल्लेखित मुद्दा : x फैसला न्या. बब्बरप्रसाद सिंह : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर वादी श्री ५ को सरकारको पुनरावेदन परी पेश हुन आएका प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ । २. मेरो छोरा जयरामको श्रीमती बुहारी ०३६।११।२७ गते बेलुका सुतेको ऐ. २८ गते विहान घरमा नभएकोले खोजतलास गर्दा बुहारी फणीन्द्रकुमारीको पत्ता नलागेकोले ०३६।१२।१ गते विहान खोज्दै जाँदा भोटेकोशीको किनाराको ढुङ्गामा निजले ओढ्ने ढाकाको खास्टो र कपालमा लाउने धागो फेला परेकोले बुहारी फेला नपरेको हुँदा खोज तलास गरिपाउँ भनी जनकराजले हुलाकद्वारा पठाएको जाहेरी दर्खास्त । ३. मेरो भिन्द बसेका भाइ जयरामको श्रीमतीको लास सुरी गा.पं. वा नं. ९ मा पर्ने भोटेकोशीको किनारमा फेला परेको भन्ने सहदेव पोखरेलको जाहेरी दर्खास्त । ४. मृतक फणिन्द्रकुमारीको लासको दुवैपट्टि दाँतले जिब्रो टोकिएको, धेरै भागमा निलो रगत जमेको देखिएको भन्ने लासप्रकृति मुचुल्का । ५. ०३६।१२।१३ मा लास भेट्दा लोकराज आचार्य र मृतक फणिन्द्रकुमारीको दाजु बद्री समेतले भेटेछन् । गा.पं.स.कर्णबहादुरले खबर गर्दा म समेत लास भएको ठाउँमा गाई लास राखी जाहेर गर्न आएको छु । निजलाई कर्तव्य गरी मारेको जस्तो लाग्दैन मृतक मेरो भाइ बुहारी हुन भन्ने जाहेरवाला सहदेवको कागज । ६. ०३६।११।२४ गते बेलुका मेरो गोडामा चिल्लो लगाउन श्रीमती फणिन्द्रकुमारी आएकी थिइन्, गोडामा माटो लागेको छ लगाउन पर्दैन भनी दिईन केही भन्न मन भयो, ‘म सुत्केरी हुनेछु भनी गाउँमा हल्ला गरी १० महीनापछि नछुने भई गाउँमा के मुख देखाउनु भन्ने कुरामै आजदेखि मसँग सुत्नु पर्दैन भनी सो दिनदेखि मेरो श्रीमती बाहिर कोठामा सुतिन्, २७ गते बेलुका सुतेको बिहान हेर्दा कतै पत्ता लागेन ०३६।१२।१ गते बाबु जनकराजले मेरो श्रीमतीले ओढ्ने गरेको बर्को र कपालको धागो भोटेकोशी किनाराको ढुङ्गोमा फेला परी ल्याउनु भएछ, मेरो श्रीमतीलाई मैले कर्तव्य गरी मारेको होइन, आफैं हामफाली आत्महत्या गरेकी होलिन् भन्ने समेतको प्र.जयरामले प्रहरीमा गरेको बयान । ७. बुहारी फणिन्द्रकुमारी र छोरा ०३६।११।२७ गते भात खाई कोठामा सुत्न गएको हुन्, मेरो श्रीमती भविष्यकुमारी सुत्केरी कुर्न जेठो छोराका घरमा गएकी, छोरी दुर्गादेवी गोठमा गएकी थिईन्, म भुईंतलामा सुतें, बुहारी कुन बेला उठेर कता गई थाहा भएन, खोजी गर्दा फेला परेन, सुरी देभान भोटेकोशीको किनाराको ढुङ्गोमा बुहारीको ओढ्ने र कपालको धागो ०३६।१२।१ गते भेटिएको हुँदा घरमा ली राखी खोजी गर्दा ०३६।१२।३ गते दर्खास्त दिएको हुँ, ऐ. १३ गते बिहान