निर्णय नं. २०६० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०६० - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४१/०७/१६ ३३८५ निर्णय नं. २०६० ने.का.प. २०४१ अङ्क ७ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रिट नं. १३२४ विषय : उत्प्रेषण निवेदक : का.न.पं. वार्ड नं. १० बानेश्वर घर भै हाल खाद्य तथा कृषिबजार सेवा विभागमा बहालवाला ना.सु. श्री विदुरप्रसाद मैनाली विरुद्ध विपक्षी : श्री ५ को सरकार मन्त्रिपरिषद सचिवालय श्री ५ को सरकार कृषि मन्त्रालय अन्तर्गत खाद्य तथा कृषि बजार सेवा विभाग ऐ विभागको आर्थिक प्रशासन शाखा श्री ५ को सरकार, कृषि मन्त्रालय श्री ५ को सरकार, अर्थ मन्त्रालय आदेश पाएको मिति : २०४१।७।१६।५ मा § हरेक आर्थिक वर्ष पूरा गरेपछि एउटा तलव वृद्धि पाउनु पर्नेमा आठवटा तलव वृद्धि (ग्रेड) पाइसकेको रिट निवेदकको तलव वृद्धि (ग्रेड) संख्या ५ कायम गरी आ.व.२०४१।४२ श्रावण १ गतेदेखि एउटा तलव वृद्धि (ग्रेड) समेत जम्मा ६ तलव वृद्धि (ग्रेड) को हिसाबबाट रिट निवेदकलाई तलव दिने भन्ने गरेको श्री ५ को सरकारको निर्णय तथा कारवाही कानुन अनुरुप देखिन नआउने। (प्रकरण नं. १५) निवेदक तर्फबाट : विद्वान व.अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अ.श्री राधेश्याम अधिकारी विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ । २. म निवेदक श्री ५ को सरकार कृषि मन्त्रालय अन्तर्गत खाद्य तथा कृषि बजार सेवा विभागमा ना.सु. पदमा बहाल भई ०३२ सालदेखि सेवा गर्दै आएको छु । ३. वा.अ.०४०।४१ मा नै निजामती सेवा नियमावलीको नियम ६–३ बमोजिम आठ तलव वृद्धि (ग्रेड) खाई पाई आएकोमा आर्थिक वर्ष ०४१।४२ मा माननीय अर्थ मन्त्रीज्यूको बजेट भाषणबाट सबै निजामती कर्मचारीको तलव बढ्ने घोषणा पश्चात मेरो पनि तलव वृद्धि भएको थियो । आ.व.०४१।४२ को नयाँ तलवमान अनुसार शुरु स्केल रु. ८१५ तलव वृद्धिमा आठ ग्रेडसम्म रहेको अवस्थामा रु.१६ का दरले रु. १४४ हुने तर म निवेदकले नौ वर्षको तलव वृद्धि पाउने अवस्था भएकोले रु. १८ का दरले १६२ समेत जोड्दा रु. ९७७। प्राप्त गर्नु पर्नेमा केवल ९११। मात्र प्राप्त गर्न सकेँ मलाई कानुन बमोजिम दिनु पर्ने तलव घट्न गएकोले सोको कारण जान्न मेरो आफ्नो कार्यालयमा निवेदन दर्ता गर्दा तलवमानको सम्बन्धमा आएको परिपत्र देखाई दिने तोक लागेको रहेछ । सो परिपत्रको देहाय ४ मा वार्षिक वृद्धि (ग्रेड) को सम्बन्धमा खाई पाई आएको वार्षिक वृद्धि रकमलाई हालको नयाँ वुद्धिदरले भाग गरी पाउने अवधिलाई नयाँ वृद्धिसंख्या कायम गर्ने । यसरी भाग गर्दा शेष रहेमा एक नयाँ वृद्धि दरमा नपुग रकम थप गरी ०४१ श्रावणबाट पाउने नयाँ एक ग्रेड समेत हिसाव गरी तलव कायम गर्ने भन्ने लेखिएको रहेछ । उल्लिखित वार्षिक वृद्धिसम्बन्धी मन्त्री परिषद्को ०४१।४।३१ को निर्णय नि.से. नियमावलीको नियम ६.३ को प्रत्यक्ष प्रतिकुल छ । किनभने उक्त नियम ६.३ अनुसार नियम ६.४ वा नियम १०.२ अनुसार सम्बन्धित अधिकारीले कारण जनाई तलव वृद्धि रोक्का नगरी दिएमा प्रत्येक निजामती कर्मचारीले १ आर्थिक वर्षको नोकरी पुरा गरेपछि एउटा तलव वृद्धि पाउने छ भनी व्यवस्था गरेको छ अर्थात अन्य नियमले तोकेका अवस्था बाहेक तलव वृद्धि घटाउन पाउने छैन साथै निजामती सेवा ऐन, २०१३ को दफा ७ (