निर्णय नं. २०६३ - उ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०६३ - उ भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४१/०७/२९ २६८८ निर्णय नं. २०६३ ने.का.प. २०४१ अङ्क ७ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रिट नं. १४०१ विषय : उत्प्रेषण निवेदक : का.न.पं. वडा नं. २१ लगन बस्ने बसन्तप्रसाद प्रधान ऐ वडा नं. २० बस्ने तिर्थ प्रसाद प्रधान ऐ वडा नं. १३ बस्ने वेद प्रसाद प्रधान विरुद्ध विपक्षी : श्री मालपोत अधिकृत, मालपोत कार्यालय काठमाडौं का.न.पं. वडा नं. १५ बस्ने कृष्ण बहादुर खड्का आदेश भएको मिति : २०४१।७।२९ मा § जग्गावालाले रैकरमा परिणत नगराएमा मात्र त्यस्तो जग्गा मोहीका नाउँमा रैकरमा परिणत गर्न सकिने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री श्याम प्रसाद खरेल विपक्षी तर्फबाट : विद्वान अतिरिक्त श्री राजेन्द्र राज पन्त उल्लेखित मुद्दा : x आदेश न्या. बब्बरप्रसाद सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निवेदन जिकिर यस प्रकार रहेछ । २. हामी अंशियाराहरूको साविक का.टो.पु.२४८ नं. को पोता लगतमा दर्ता भएको गलको खेत रोपनी ८ को चपली गाउँमा नारान गुठी चलाउन पर्ने जग्गा बुढानिलकण्ठ देखि स्वास्थ्य निवासम्म सडक बनाउँदा ८९ सालको बस्ती देखि उक्त जग्गा मध्ये खेत रोपनी १।८। पर्न गई १९९८ सालका सनद र २०००।६।८ का लालमोहर बमोजिम सो सडकमा परेको विर्ता जग्गाको सट्टा भर्नामा ७२ सालको नम्बरी कालीमाटी देवी सिंह खेत ।६ तथा ७९ सालको नम्बरीमै रोपनीका ४ पट्टि सुखान्गीको हिलेडोल खेत मोही प्रेमराजा पाध्या काठमाडौं हिले खेत ८ मध्ये ।४।६।२।८। दिई गुठी विर्ता जानी भोग चलन गरी सन्तान दरसन्तान भोग गर्नु भन्ने भएको र पछि उक्त जग्गा पोता २२४ नं. कायम भई ०१६ सालमा विर्ता उन्मुलन ऐन अन्तर्गत रैकरमा परिणत गरी हा.नं. ६०८ कायम भई ०१६ सालदेखि कै मालपोत तिरी भोगी आएको उक्त सट्टापट्टा पाएमा देवी सिंह खेतको सर्भे नाप नक्सा हुँदा मोही कृष्णबहादुर भन्ने जनिई निज मोहीले चन्द्रप्रसाद श्रेष्ठ नाउँको विर्ता भन्ने जनाई दिएछन् । उक्त मोहीले चन्द्रप्रसाद प्रधानलाई श्रेष्ठ लेखाई दिए पनि ०३० साल सम्मको मालपोत बुझाई आएको थियो । हामी निवेदकले उक्त जग्गाको लालपूर्जा दिन ०३१।१।५ मा भू.प्र.का.मा निवेदन दिएका थियौँ । उक्त कि.नं. १३९ को जग्गामा विपक्षीले हाम्रो मन्जुरी वेगर कच्ची घर बनाई जग्गाधनीले रैकर परिणत नगरेकोले म मोहीका नाउँमा परिणत गरी भनी ०३७।१०।१२ मा निवेदन दिएछन् । सो निवेदनमा चन्द्रप्रसाद श्रेष्ठाका नाउँमा म्याद जाँदा रैकर परिणत गराइसकेको भनी निवेदन गरेका थियौँ । विर्ता उन्मुलन ऐन, ०१६ र त्यसपछिको संशोधन बमोजिम मोहीको निवेदन अगाडि परेकोले उक्त जग्गा मोही कृष्णबहादुरको नाउँमा रैकर परिणत गरी दिने भनी उठेको टिप्पणींमा विपक्षी अधिकृतले सदर भनी ०३८।६।१६ मा तोक लगाउनु भएछ । हामीले ०३९।१०।२२ मा सो कुरा थाहा पाई यो निवेदन गर्न आएका छौं । हामीले ०२२ सालमा रैकरमा परिणत गरी सकेको जग्गामा मोहीको ०३७ सालको निवेदन अगाडि परेको भनी गरेको निर्णय बदरभागी छ । त्यसमा पनि विवादको जग्गा गुठी भएकोले निजी गुठी विर्ता जग्गा विर्तावारले रैकर परिणत नगराएमा मोहीको दर्खास्त परेमा राजगुठीमा दर्ता गर्नु पर्ने प्रष्ट व्यवस्था छ यस्तो कानुनको वास्तै नराखी मोहीको नाउँमा रैकर परिणत गर्ने ठहराई गुठी धर्मलोप समेत हुने गराई हाम्रो हकमा आघात पुर्‍याएको हुँ