निर्णय नं. ८८९९ - परमादेश समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८९९ - परमादेश समेत । भाग: ५४ साल: २०६९ महिना: माघ अंक: १० फैसला मिति :२०६९/०६/२५ ३२९५ ने.का.प. २०६९, अङ्क १० निर्णय नं. ८८९९ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश वैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की माननीय न्यायाधीश प्रा.डा.श्री भरतबहादुर कार्की मुद्दा नं.२०६७–WF–००१० आदेश मितिः २०६९।६।२५।५ विषयः– परमादेश समेत । निवेदकः जिल्ला धनुषा, धनौजी गा.बि.स.वडा नं.७ घर भई हाल जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं.४ बस्ने जगदीश गिरी विरुद्ध विपक्षीः जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं.८ स्थित जनकपुर चुरोट कारखाना लि.जनकपुर समेत § कम्पनी ऐन, २०२१ अनुरूप प्रत्यायोजित विधायनअन्तर्गत जनकपुर चुरोट कारखाना लिमिटेडको नियमावली जारी भएको र सो नियमावलीबमोजिम सञ्चालक समितिले वनाएको नियम नेपाल सरकारले स्वीकृति प्रदान गरेपछि मात्र लागू हुने भन्ने व्यवस्था रहेबाट जनकपुर चुरोट कारखाना लिमिटेडको नियमावली र जनकपुर चुरोट कारखाना लिमिटेड कर्मचारी सेवा शर्त नियमावली, २०५६ को हैसियत समान हुने । (प्रकरण नं.३) § जनकपुर चुरोट कारखाना लिमिटेड कर्मचारी सेवा शर्त नियमावली कम्पनी ऐन, २०२१ को दफा १२ द्वारा प्रत्यायोजित विधायनअन्तर्गत नेपाल सरकारले बनाएको नियमावली भन्ने देखिएको हुँदा उक्त नियमावली नेपाल कानूनको परिभाषाअन्तर्गत पर्ने देखिएकोले सो नियमावलीद्वारा व्यवस्थित हक अधिकारको प्रचलनको लागि नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) तथा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) अन्तर्गत यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत रिट निवेदन दिन नपाउने भन्न नमिल्ने । (प्रकरण नं.४) § कारखाना र बीमा संस्थानवीच भएको सम्झौताअनुसार बीमा संस्थानले त्यस्तो बीमा हरेक बर्षको अप्रिल १४ तारिख (प्रायः बैशाख १ गते) देखि मात्र पुनारम्भ गर्ने गरेको देखिएको र निवेदकको वढुवा भई तलव बृद्धि भएको मिति र अवकाश मितिको अवधिभित्र १४ अप्रिल (बैशाख १) परेको नदेखिएको हुँदा बीमा संस्थानको नियमअनुसार निवेदकले दावीबमोजिमको बीमा रकम भुक्तानी पाउने अवस्था देखिन नआउने । (प्रकरण नं.७) निवेदकका तर्फबाटः विद्वान अधिवक्ता प्रकाश के.सी. विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता महेश शर्मा पौडेल एवं विद्वान अधिवक्ता राजिव आचार्य अवलम्बित नजीरः सम्बद्ध कानूनः § नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३, ८८(२) तथा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२,१०७(२) § कम्पनी ऐन २०२१ को दफा ११, १२, १३७(क) § जनकपुर चुरोट कारखाना लिमिटेड कर्मचारी सेवा शर्त नियमावली २०५६ को ७३(क)(२) आदेश न्या.ज्ञानेन्द्रबहादुर कार्कीः यस अदालतको संयुक्त इजलासबाट सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासमा पेश गर्नु भन्ने आदेश भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः– म निवेदक तत्कालीन धान चामल निर्यात कम्पनी जनकपुरमा मिति २०३२।१२।६ गतेबाट अधिकृत छौठो पदमा नियुक्ति पाई कार्य गर्दै आएकोमा उक्त कम्पनीबाट जनकपुर चुरोट कारखाना लि.मा मिति २०४०।३।१९ को अन्तर संस्थान निर्णय बमोजिम मिति २०४०।३।२० बाट हाजीर हुने गरी छैठो तहमा सरुवा गरियो । मेरो कार्य सन्तोषजनक भएकाले म सातौ तहमा बढुवा भएँ । सोही क्रममा सेवा गर्दै जाँदा सञ्चालक समितिको बैठक नं.१८२५ को निर्णयअनुसार आठौं तह अप्राविधिक पदमा २०६२।७।२ गतेदेखि नै लागू हुने गरी बढुवा गरियो । मैले आफ्नो दायित्व बमो