निर्णय नं. २०६४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०६४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४१/०५/३१ २८१९ निर्णय नं. २०६४ ने.का.प. २०४१ अङ्क ७ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको रिट नं. १३०३ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : भ.पु.जि.वालकुमारी गा.पं. वडा नं. ८ दिगुली टोल बस्ने गणेशलाल प्रजापति विरुद्ध विपक्षी : भक्तपुर भूमिसुधार शाखा भक्तपुर दुधपाटी भ.पु.जि. ठीमी चपाचा गा.पं. वडा नं. ६ लाछी टोल बस्ने हेरा बहादुर प्रजापती आदेश भएको मिति : २०४१।५।३१।६ मा § एकासगोल जहान जुनसुकैको नाउँमा जग्गा दर्ता भए पनि सबै अंशियार जग्गाको जग्गावाला मानिने हुँदा आफ्नै जग्गाको आफैं मोही हुन नसक्ने हुँदा म जग्गावाला र बाबु मोही थिए भन्ने स्थिति रहेन । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री गोपाल प्रसाद भण्डारी विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री गंगा प्रसाद उप्रेती र विद्वान सरकारी अधिबक्ता श्री इन्द्रराज पाण्डे उल्लेखित मुद्दा : x आदेश न्या. त्रिलोकप्रताप राणा : प्रस्तुत रिट निवेदन पत्र नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य रिट निवेदन जिकिर यस प्रकार छ : हेराबहादुर प्रजापतिले मालपोत कार्यालयमा दर्ता भएको भ.पु.निलबाराही पं. वडा नं. ९(ग) कि.नं. ४५ को क्षेत्रफल २–२–० र कि.नं. ५० को जग्गा रोपनी १–५–० जग्गा नापी हुँदा वेखालाल प्रजापतीका नाममा जोत कायम भएकोमा निज जोताहा परालोक भई निजको छोरा गणेशलाल प्रजापतीको हक भएको जग्गा निजले ०२७।२।१२ मा भू.प्र.का.बाट मैले राजीनामा गरी लिई मेरो हक भएको हुँदा मृतकका नाम कायम गरी राख्न मनासिव नभई मेरा नाउँमा जोत कायम गरी संशोधन गरिपाउँ मैले पारित गरी दिएको राजीनामा लिखितमा दर्तावाला म भएको जोताहामा वेखालाल प्रजापति जनेको जग्गा मेरो पोतमात्र राजीनामा गरिदिएको जोत विषय कुनै आधारबाट दावी गर्न आएको हो । कुनै सबूत प्रमाण विपक्षीसँग छैन जोताहा मोहीमा वेखालालको नाम हुँदा जोत सम्बन्धी उजूर दावी खारेज गरिपाउँ फिल्डबुकको किसानको व्यहोरामा आफ्नै रैकर भनी लेखिएको ऋणीका बाबु विवादग्रस्त जग्गाको मोही देखिएको मृतक मोहीको एकैमात्र हकदार भई आफैंले पारित गरी हक हस्तान्तरण गरी दिएको सर्भे नापी भएको बखतको तैयारी फिल्डबुकमा किसानको नाम थरमा प्रष्ट गरी वेखालाल प्रजापती उल्लिखित छ सोही कुरालाई स्वीकार गरी मोही वेखालाल नै म पनि जोत छाडी पोतको मात्र राजीनामा गरी विपक्षी लिने म दिने भई लिखत पारित भएकोमा कुनै विवाद छैन । फिल्डबुकको किसानको व्यहारोमा आफ्नै रैकर भनी वेखालालको तर्फबाट लेखिन्छ भन्न त्यसलाई आधार मानी तत्कालिन जग्गाको स्वामित्व निर्भर रहेको म जग्गाधनीलाई कुनै प्रतिकूल असर पार्न होइन भूमि सम्बन्धी ऐन, ०२१ को दफा २(ख) ले विवादास्पद जग्गाको मोही म हुने कुरामा कुनै वाधा अडचन पुर्‍याउदैन मोही भन्नाले अरु जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसान सम्झनु पर्छ विवादास्पद जग्गाहरू मसँगै छुट्टी अलग भिन्न रही बसेको पिता वेखालाल मोही भएको र सोही व्यहोरा जनाई जोत निजको कायम राखी जग्गाधनीको हैसियतले मैले जग्गा बिक्री गरेपछि कानुन बमोजिम साविक मोहीको ठाउँमा निजका अन्य व्यक्तिले मोहियानी कायम गराई लिन पाउने होइन मृतक मोही मेरा पिता वेखालाल छुट्