निर्णय नं. २०६५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०६५ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४१/०७/१६ २३२१ निर्णय नं. २०६५ ने.का.प. २०४१ अङ्क ७ डिभिजन बेञ्च इजालश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रिट नं. १९३८ विषय : उत्प्रेषण निवेदक : जि. सुनसरी धरान न.पं. वडा नं. ५ बस्ने रमेशकुमार श्रेष्ठ विरुद्ध विपक्षी : धरान नगरपञ्चायत, धरान आदेश भएको मिति : २०४१।७।१६।५ मा § नगरपञ्चायतले आफ्नो क्षेत्रभित्र जुनसुकै किसिमका व्यापारीहरूसँग निजहरूले सो क्षेत्रभित्र बिक्री गर्ने मालको मूल्यको रु.सयमा ।५० पैसासम्म कर उठाउन सक्ने भन्ने लेखिएकोले धरान नगरपञ्चायत भित्र डटपेनको बिक्री व्यापारमा सो मालको मूल्यको रु.सयमा ।५० पैसा सम्म कर उठाउन सक्ने देखिन्छ । सो बाहेक विद्युत कर, सफाई कर र दमकल सुविधा कर समेत उठाउन सक्छ भन्न नमिल्ने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री नारायणराज खरेल उल्लेखित मुद्दा : x आदेश न्या. त्रिलोकप्रताप राणा : नेपालको संविधानको धारा ७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ । २. धरान न.पं.इलाका भित्र मैले व्यापार व्यवसाय गरी आएको हुँदा व्यापारिक प्रयोजनको लागि विभिन्न माल वस्तुहरू बाहिरका इलाकाहरूबाट धरान न.पं.इलाका भित्र पैठारी गर्नु पर्दछ सो बमोजिम मालासामान पैठारी गर्दा स्थानीय नगरपञ्चायतले न.पं.नियमावली, २०२० को नियम ७ मा निर्धारित गरे बाहेकको कुनै कर असूल गर्न नपाउनेमा सेवा कर भनी विद्युत कर, सफाई कर दमकल सुविधा कर समेतको लागि मनमानी दर कायम गरी न.पं.इलाकामा प्रवेश गर्दा धरान नगरपञ्चायतले कर असूल गर्ने काम गरिरहेको छ । न.पं.ऐन, २०१९ को दफा ३९ को उपदफा (८) अनुसार सुविधा कर सोसुविधा उपभोग गर्ने व्यक्तिबाट मात्र लिन मिल्ने कानुनको प्रष्ट व्यवस्था छ र सो कुरालाई श्री ५ को सरकार पञ्चायत तथा स्थानीयविकास मन्त्रालयले परिपत्र गरी स्पष्ट गरीसकेको हुनाले जोसुकै व्यापारी बाट कर उठाउन नमिल्ने हुँदाहुँदै मैले व्यापार प्रयोजनका लागि केही मालसामान मिति २०४१।१०।१८ का दिन पैठारी गर्दा मेरो मालसामान रोकी गैरकानुनी अनधिकृत र मनमानी ढंगबाट धरान न.पं.ले कर असूल गरेकोछ । नेपालको संविधानको धारा ५८ अनुसार कानुन बमोजिम बाहेक कुनै कर लगाइने र उठाइने छैन भनी प्रत्याभूति प्रदान गर्नुका साथै नगरपञ्चायत ऐन, २०१९ को दफा ३९ र न.पं.(कार्य व्यवस्था) नियमावली, २०२० को नियम ७ को समेत व्यवस्था भइरहेकोमा सबै कानुन व्यवस्थाको प्रतिकूल निर्णय गरी नेपालको संविधानको धारा ११ को उपधारा २ को खण्ड (ङ) र धारा १५ समेतद्वारा मेरो मौलिक हकमा विपक्षी न.पं.ले गैरकानुनी तवरबाट कर उठाई आघात पुर्‍याएको हुँदा सो हकहरूको प्रचलनको लागि धारा ७१ अन्तर्गत उत्प्रेषण वा परमादेश लगायत आज्ञा, आदेश वा पूर्जी जारी गरी विपक्षी धरान न.पं.को उक्त अनधिकृत र गैरकानुनी निर्णय बदर घोषित गरी सो बमोजिमको कर सुविधा उपभोग गर्ने व्यक्ति बाहेक अरु जोसुकै सँग नउठाउनु भनी परमादेश समेतको जुन उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन । ३. विपक्षीबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने सिंगलबेञ्चको मिति ०४०।१०।२२ को आदेशानुसार प्राप्त हुन आएको लिखितजवाफको व्यहोरा संक्षेपमा निम्न प्रकार छन् : ४. न.पं.ले लगाउन र उठाउन पाउने कर आफ्नो क्षेत्रभित्