निर्णय नं. २०६६ - ज्यान डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०६६ - ज्यान डाँका भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४१/०५/१२ २८५९ निर्णय नं. २०६६ ने.का.प. २०४१ अङ्क ७ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको फौ.पु.नं. २७३।३४५ सम्वत् २०४० सालको फौ.सा.नं. ९५ मुद्दा : ज्यान डाँका पुनरावेदक/प्रतिवादी : लालबहादुर यादव समेत विरुद्ध पुनरावेदक/वादी : उद्धवकुमार कार्कीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : लालबहादुर यादव समेत फैसला भएको मिति : २०४१।५।१२।३ मा § अभियोगमा चित्त बुझाई पुनरावेदन समेत नगरी बसेको देखिएकोले निजलाई ज्यान सम्बन्धीको १३(१) बमोजिम सर्वस्व सहित जन्मकैदको सजाय गर्ने गरेको शुरु जि.अ.को इन्साफ सदर गरेको पु.क्षे.अ.को इन्साफ मनासिव हुने । (प्रकरण नं. २९) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुंगाना पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x फैसला न्या. पृथ्वीबहादुर सिंह : म.क्षे.अ.को फैसला उपर प्रतिवादी लालबहादुर यादव र वादी श्री ५ को सरकार समेतको दोहोरो पुनरावेदन परी साधक समेत जाहेर भई पेश हुन आएको मुद्दाको व्यहोरा संक्षेपमा यस प्रकारको रहेछ । २. २०३५ साल आषाढ १३ गते राति परिवार सहित निदाएको अवस्थामा अन्दाजी ३१–३२ जना हातमा टर्च, भाला, बन्दूक भएका डाँकाहरू आई जहान बच्चाहरूलाई कुटपीट समेत गरी बिगो रु.२४,५३७। को धनमाल लाँदै गरेको अवस्था भतिजो रामबहादुर दाज्यू प्रेमबहादुर कार्की समेत केही मानिसहरू साथमा लिई डाँका भइरहेको ठाउँमा जाँदा हामीहरू भएतर्फ टर्च बाल्दा टर्चको उज्यालोमा जनक महाला, छठुवा महतो, महावीर महतो, महावीरको ज्वाइँ नाम नजानेको, लालबहादुर याद, भालु मुसहर, राय किसन यादव, किसुन दुसाद, जनक मुसहर, भरत कार्की, कोइनीको ज्वाइँ, नाम नजानेको राजपुत, मुनीलाल साहुतेली, सुनहरा खत्वे मधुवती भन्ने नाम नजोनको दुसाद, डोमी मिया, गुदश खत्वे समेत १५ जनालाई चिने अरुलाई चिनिन, हामीहरूलाई देख्ने साथ गोली हान भन्नासाथ म उद्धव र जैकुमार सहित भागेकोमा पछाडिबाट फायर गर्दा म जाहेरवालालाई छर्राले लागेको र दाज्यू प्रेमबहादुर पनि उत्तरतर्फ भाग्दाको अवस्थामा तीन पल्ट गोली फायर गर्दा दोस्रा पटक गोली लाग्दा २०० गजपर गई लड्नु भयो र दाज्यू प्रेमबहादुरलाई औषधी उपचारको लागि हेल्थपोष्टमा लाँदा उपचार हुन नसकी घाइते प्रेमबहादुर ०३५।३।१४ गते बिहान ३ बजे लाहान हेल्थपोष्टमा मरेको हुँदा डाँका खून गरेमा विपक्षीहरूलाई कानुन बमोजिम गरिपाउँ भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त । ३. जाहेरवालाको घर भित्रको वाकसहरूको कब्जा समेत टुटफुट भएको भन्ने समेत व्यहोराको घटनास्थलको मुचुल्का । ४. अभियुक्त मध्ये लालबहादुर यादवको घर खानतलास गर्दा १ हजारको नोट र धुर्वकुमार कार्कीका नाउँको पासबूक र चेकबूक २. उद्ववकुमार कार्कीको नाउँको पासबूक र चेकबूक दुई बाकसमा १ समेत बरामद भएको २०३५।३।१४।५ को बरामदी मुचुल्का । ५. लालबहादुरको घरबाट बरामद भएको बाकसमा रुपैयाँ कागजपत्र मेरै हो भन्ने समेत व्यहोराको जाहेरवालाको सनाखत । ६. पक्राउ परेका अभियुक्त डोमा मियाको कागज गराउँदा २०३५ साल आषाढ महीनाको गते वार याद भएन । जाहेरवालाको घरमा डाँका गरेको हुँ भनी डोमा मियाँ सावित भई जनक मलाहा, लालबहादुर यादव, मुनिलाल साहु, गिरिजा चौधरी समेतलाई पोल गरी दिएको साविती कागज । ७. जाहेरवालाको घरमा डाँका खू