निर्णय नं. २०६७ - लिखत पारित

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०६७ - लिखत पारित भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४१/०५/२१ २४०७ निर्णय नं. २०६७ ने.का.प. २०४१ अङ्क ७ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको दे.पु.नं. ४११ मुद्दा : लिखत पारित पुनरावेदन/वादी : गण्डकी अञ्चल गोरखा वगुवा गा.पं. वार्ड नं. ९ कसिनचोक बस्ने कृष्णप्रसाद भट्ट विरुद्ध विपक्ष/प्रतिवादी : ऐ.ऐ. वार्ड नं. ७ बस्ने चन्द्रकुमारी भट्टको मु.स.गर्ने धर्मप्रसाद भट्ट फैसला भएको मिति : २०४१।५।२१।५ मा § झुक्याई सहीछाप गराएको राजीनामा लिखत पास नहुने । (प्रकरण नं. १८) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिबक्ता श्री सुन्दर लाल चौधरी विपक्षी प्रतिवादी तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री मुकुन्द रेग्मी फैसला न्या. पृथ्वीबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय उपर पुनरावेदनको अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. विपक्षीले मसँग रु.११०००। कर्जा लिई सो बापतमा जि.मु.नन्दप्रसाद जिम्मा ९५ सालको विपक्षीको खसम हरिप्रसादका नाउँमा दर्ता भएको विपक्षीको जिठनी पूर्व धर्मप्रसादको पाखा, पश्चिम धर्मप्रसादको ठाडो आलो खेत, उत्तर काले पौडेलको खेत, दक्षिण साहु मेरै पाखो साँध यति ४ किल्ला भित्रको तिरो रु.४।४० लागेको रैकर अर्चले खेत मुरी ।८ पारित गरी दिने गरी ०३३।४।३।१ मा घरसारमा राजीनामा गरी दिनु भएको म्यादभित्र पारित गरी नदिएकोले पारित गराई पाउँ भन्ने समेत फिराद पत्र । यो वादी मसँग बसेको बेला अर्चले खेत मुरी ।८ शेषपछिको बकसपत्र गरी दिएको थिएँ । पछि स्याहार सुसारमा वास्ता नगर्दा घर र घरबाससम्म बकस कायम राखी उक्त खेत बकसपत्र बदर गरी आफ्नै हकमा राखेको छु । मैले सो खेत राजीनामा दिएको छैन । के कसरी लिखत खडा गरे सक्कलै देखाएमा खुलाई बयान गर्ने छु भन्ने समेत प्रतिउत्तर पत्र । ४. २०३२ सालमा वोर्लाङको पाण्डेलाई जग्गा बिक्री गर्न पर्‍यो साक्षी बसिदिनुपर्‍यो भन्दा फराममा लेखिएको राजीनामामा नातिले जहाँ भन्छ त्यहाँ औला टाँसी दिएको थिएँ । म छोरा धर्मप्रसादको साथम बसेको हुँदा छोरा साक्षी बस्नुपर्ने भन्ने समेत वा धर्मप्रसादको बयान । ५. बकसपत्र बदर भएपछि खेतको आवश्यक उचित मोल दिई खाउ भन्दा मलाई खेत लिने इच्छा भई रु.११०००। गोर्खा पोखरी थाक रामबाबुको घरमा बसी राजीनामा लेखी पैसा दिएको हो झुक्याई सही गराएको होइन भन्ने समेत कृष्णप्रसादको बयान । ६. वादी प्रतिवादीले रामबाबुको घरमा लेनदेन गरिसकेका रहेछन् अस्पतालबाट आउँदा साक्षी बसी दिनुस् भनेकोले पैसा गनेको देखिन व्यवहार साँचो हो भन्ने समेत धर्मप्रसाद पाण्डेको बयान । ७. वादी प्रतिवादीले मञ्जूरीसाथ लेनदेन गरी राजीनामा गरेकोले साक्षी बसेका हुँ समेत खडानन्द भट्टको बयान । ८. ०३३।४।३।१ मा वादी प्रतिवादीले राजीनामा लेखी दिनुपर्‍यो भनेकाले लेखी दिएको हुँ भन्ने समेत रामबाबुको बयान । ९. मैले वादी नाति कृष्णप्रसादलाई दिएको शेषपछिको बकसपत्र बदर गरे भन्ने रिसले लिदै नलिएको रु.११०००। को राजीनामा खडा गरी झुक्याई सही गराई झुठ्ठा उजूर गरेको हो भन्ने समेत चन्द्रकुमारीको बयान । १०. चन्द्रकुमारीलाई झुक्याई सहीछाप गराई लिखत र अन्तरसाक्षी समेत मिली जालसाजबाट खडा गरेको लिखत पारित हुने ठहर्दैन भन्ने समेत गोर्खा जिल्ला अदालतको ०३५।३।१५ को फैसला । ११. सो फैसलामा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन । १