निर्णय नं. २०७० - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०७० - अंश भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४१/०७/२१ २६२२ निर्णय नं. २०७० ने.का.प. २०४१ अङ्क ७ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको दे.पु.नं. ४३६ मुद्दा : अंश पुनरावेदक/वादी : जि.सुनसरी भोक्राहा गा.पं. वार्ड नं. ७ बस्ने सहबुद अन्सारी मियाँ विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने हनिफ अन्सारी मियाँ समेत फैसला भएको मिति : २०४१।७।२१।३ मा § वादी प्रतिवादीका नाउँमा अलग अलग जग्गा दर्ता देखिंदैमा अंशबण्डा भएको अनुमान गर्न नमिल्ने । (प्रकरण नं. ११) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी, प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी उल्लेखित मुद्दा : x फैसला न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०३९।२।२५ को निर्णय उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. सुद्धि अन्सारीका ५ भाइ छोरामा जेठा स्वर्गीय बजीर, माहिला स्वर्गीय हाकिम, साहिला हनिफ, काइला सर्हिव, कान्छा पाँचु हुन्, सुद्धि अघिनै स्वर्गीय भइसकेका र स्वर्गीय बजिरका दुई मा जेठा कमिद, कान्छा छोरा समिद वावा, स्वर्गीय हाकिमको एकमात्र छोरा म सहबुद, काका हनिफको २ छोरामा जेठा सफीद, कान्छा हबिब, हुन् । सफिदको छोराहरू नभई ३ छोरी भएको, निजहरू अघि नै बिहे गरी सकेका र कान्छा काका स्वर्गीय पाँचुका ४ भाइ छोरामा क्रमशः हफाज, रहमान, सदिक र कान्छा जलिल हुन् । ठूला परिवार भएकोले हित्तचित्त नमिली ०३३ साल फाल्गुणदेखि नै भुलिया बाहेक सबै अलग बसी आएका छौं, हाम्रो हजुरबाबुका नाउँको सम्पत्ति बजिर, हनिफ र निजका स्वास्नी छोराहरूका नाउँमा दर्ता रहेको हुँदा अंशबण्डाको २० नं. बमोजिम फाँटवारी तायदाती लिई ५ भागको एक भाग अंश छुट्याई पाउँ भन्ने समेत समिद अन्सारी मियाँ समेत २ जनाको संयुक्त फिरादपत्र । ३. प्रतिवादी मध्येका हनिफ मियाँको बाबु म सुद्धि मियाँ, सप्तरी जिल्लाको मैनाहा मौजामा बस्नु भएको र हामीहरूको जन्म सोही ठाउँमा भएकोले कोशी नदीले हाम्रो जग्गा सम्पूर्ण कटान गरी बाबु म सुद्धी मियाँले बिक्रमपुर मौजामा ल्याई बसीबुतो गरी पालनपोषण गरिरहेको अवस्था बुबा आमा कालवस हुनु भई घरको मुख्य जेठो दाजु वादीका बाबु बजिर मियाँ र माइलो हाकिम मियाँ थिए, अवस्थाले गर्दा साथमा बस्न नसकी हनिफ मियाँ १९६६ सालमा टप्पुतर्फ घरबाट भागी विराटनगर निवासी स्व.चन्द्रप्रसादको घरमा नोकरी गरी बसेका थिए । १४९८ सालमा दाजु बजिर मियाँ आई मलाई भेटी मेरो मालिकबाट रु.१२०। दुई वर्षको तलब लिई बिक्रमपुरमा ज.वि.३। ।९.जग्गा दाजु बजिर मियाँको नाउँमा लिनु भई त्यसै जग्गामा चारभाइले घरबनाई बसेका थिए, म प्रतिवादी मध्येका हनिफ मियाँले भोक्राहा मौजामा घर बसी ०३४ सालमा नोकरी गर्न छाडी आफ्नै कामकाज गरी आएको छु म हानिफ मियाँ प्र.कुरामी मियाँ, सफीद मियाँ, हविव मियाँले अंश दिनु पर्ने छैन, भन्ने समेत हनिफ मियाँ समेत ४ जनाको संयुक्त प्रतिउत्तर पत्र । ४. प्रतिवादी मध्येकी म मरिचन मियाँयिनको वादी मध्येका समिर मियाँको अंश भाग हामी मरिचन र समिरको बिचमा गरेको छैन अरु ससुराका सन्तानलाई अंश दिनपर्ने र लिनपर्ने समेत छैन ०३३ सालमा ससुराका सन्तानसँग भात भान्सा छुट्याएको छैन भन्ने मरिचन मियाँइनी वादीहरूलाई हामीले अंश दिनुपर्ने बाँकी छैन भन्ने समेत व्यहोराको मूलिया मियाइनी स