निर्णय नं. २०७१ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०७१ - ज्यान भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४१/०७/२७ २२७८ निर्णय नं. २०७१ ने.का.प. २०४१ अङ्क ७ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको फौ.पु.नं. ३५० सम्वत् २०४१ सालको फौ.सा.नं. १०१ मुद्दा : ज्यान पुनरावेदक/प्रतिवादी : कैलाली कारागारमा थुनामा बस्ने धर्मराज भट्ट ऐ ऐ कारागारमा थुनामा बस्ने रघुनाथ भट्ट विरुद्ध विपक्षी/वादी : श्री ५ सरकार (गौरीलालको जाहेरी) फैसला भएको मिति : २०४१।७।२७।२ मा § सरजमीनहरूले मिलेमतोबाट मारेको हो भन्ने समेत बकी लेखी दिएको देखिँदा अभियुक्तलाई ज्यान सम्बन्धीको १३(४) बमोजिम सजाय गरेको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. २१) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी वादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला उपर प्रतिवादी धर्मराज भट्ट समेतको पुनरावेदन र साधक निकासाको लागि समेत पेशहुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : कासीनाथ भट्टलाई नारायणदत्त भट्ट समेतले ०३४।११।२३ गतेको दिन वन कटौरी भन्ने जङ्गलमा टाउको काटी फालेको तहकिकात हुँदा चिन्न नसकेतापनि मृतकको श्रीमतीले लुगा समेत सनाखत गरेको नारायणदत्तसँग लेनदने सम्बन्धमा इवी भएकोले सो इवीबाट झगडा हुँदा तँलाई काशीनाथको जस्तै गरी मारी दिन्छु भनी अरुले भनेकाले मृतकको श्रीमती देवकुमारी समेतले निज ३ जनाको मिलोमतोबाट कासीनाथको ज्यान मारेमा कारवाही गरिपाउँ भन्ने गौरीलालको जाहेरी । २. धर्म भट्ट मेरो भाइ हो रंगे भट्टे भन्ने थाहा छैन । ०३४ साल फाल्गुण २३ गतेका दिन रात रा.प्रा. वि.म.साँडे पानीमा थिएं । धर्मरंगे भट्ट काहाँथिए थाहाछैन । कासीनाथलाई चिन्दछु । निजलाई कसले मार्यो थाहा छैन । उजूरवालाले आफू बच्नको लागि मेरो नाममा उजूर दिएको हो । काशीनाथ कर्तव्यबाट मरेको भन्ने सुनेको थिएं । रघुनाथ काशीनाथका घरमा २०३४ साल कार्तिक महीनामा आई फाल्गुणसम्म बसेको भन्ने सुनेको भन्ने समेत नारायण दत्त भट्ट समेतको बयान कागज । ३. मृतकको श्रीमती देवकुमारीसँग रघुनाथको अवैध सम्बन्ध भई ०३४।११।२३ गते घटना गराउने योजनाबनाई आएको शंकालाग्दछ भन्नेसमेत गौरीलालको सनाखतकागज । ४. ०३४ साल फाल्गुण महीना हो गते वारको सम्झना छैन । काशीनाथको श्रमितीको आमालाई धनगढी पुर्याउने लडियामा बसाली आइरहेको अवस्था छुधिया भन्ने जंगलको बीचमा पुगेपछि कोठारी काशीनाथको खुकुरी समाती निजको गर्धनमा प्रहार गरी मृतकको श्रीमतीले लडिया चलाउनु भनेकाले धनगढी तर्फ आयौं । कसैलाई नबताउनु भनी भनेको र मृतकको श्रीमतीसँग मृतक घटना भएको बखत कोठारीसँग सुत्ने गरेका थिए । काशीनाथलाई मारेको कुरा थाहा पाएसम्मको बताई दिएको छु भन्ने समेत सोमलालले गरी दिएको ततिम्बा बयान । काशीनाथको श्रीमतीको र निजको घरमा कोठारीसँग सुत्ने गरी आएको विश्वास लाग्छ भन्ने समेत श्यामलाल समेतको कागज । ५. काशीनाथको घरमा कोठारी भई काम गर्नेले मृतकको श्रीमती देवकुमारीसँग करणी गर्ने कुरा मृतकले थाहा पाई काशीनाथ रघुनाथको झगडा हुन्थ्यो र काशीनाथलाई मार्नु पर्यो सहयोग देउ भनी रघुनाथ भट्ट र काशीनाथको श्रीमती र नारायणदत्त बसेको समाचोरा गाउँमा रघुनाथ आई मार्नु पर्छ भनी निजले भनेबाट ०३४।११।