निर्णय नं. २०७२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०७२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४१/०५/२९ २३३५ निर्णय नं. २०७२ ने.का.प. २०४१ अङ्क ७ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको रिट नं. १२८१ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : जाथुमंडर भनेको जि.सप्तरी तिलाठी गा.पं. वा.नं. ४ तिलाठी बस्ने नाथुमंडर यादव परलोक भई निजको छोरा रमेशकुमार यादव विरुद्ध विपक्षी : जि.सप्तरी तिलाठी गा.पं. वडा नं. ८ बेलही बस्ने जोखन यादव भूमिसुधार कार्यालय सप्तरी भूमिसुधार अधिकारी आदेश भएको मिति : २०४१।५।२९।६ मा § म्याद रीतपूर्वक तामेल भएको देखिन आएन साथै भू.सु.का.सप्तरीको निर्णयमा विवादको जग्गाको २ नं. अनुसूची प्रकाशित भएको छ छैन ? सो केही उल्लेख सम्म पनि भएको देखिन आउँदैन तसर्थ भू.सु.का.सप्तरीको निर्णय उत्प्रेषणको आदेशद्धारा बदर हुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिबक्ता श्री शिवानन्द दास सरस विपक्षी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री र्इन्द्रराज पाण्डे र विद्वान अधिबक्ता श्री भानुराज अर्याल उल्लेखित मुद्दा : x आदेश न्या. जोगेन्द्रप्रसाद श्रीवास्तव : नेपालको संविधानको धारा १६।७१ बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार रहेछ । २. जि.सप्तरी तिलाठी गा.पं. वार्ड नं. ८(क) कि.नं. १८२ को ०–१२–० जग्गा भागवत भनेको माग भागवतलालबाट ०३६ सालमा मेरा बाबु नाथुमंडरले राजीनामा लिई आफैं खेती गरी आएको छु । साविक जग्गामा त्यस अघि मोही कहिले पनि थिएन ०४०।३।१ गते विपक्षी जोखन यादवले सो जग्गा आवाद गर्छु भनी हलो लिई आएकोदेखि निजलाई जोडकोड गर्न नदिई भूमिसुधार कार्यालयमा गई सोधखोजी गर्दा विपक्षीले मलाई जानकारी समेत नहुने गरी एकतर्फी मोही कायम गरेको कुरा थाहा पाई ०४०।३।३ मा नक्कल लिई पुरा विवरण थाहा भयो । विपक्षीले उक्त जग्गाको मोहीयानी हक दर्ता गरी प्रमाणपत्र पाउँ भनी ०३८।५।२६ मा उजूर गर्नु भएकोमा जग्गाधनी भागवतलाई बुझ्दै नबुझी दर्ताबाट देखिएको भनी नाथुमण्डलका नाउँमा म्याद जारी गरी ०३९।९।२९ मा नै परलोक भइसकेका मेरा बाबु नाथुमण्डरको सट्टा नाथुमण्डलको नाउँको म्याद नाथुयादवले हातैमा बुझी लिएका भनी बेरीतसँग तामेल गरी मलाई थाहा जानकारी नहुने गरी मुद्दालाई एकतर्फी पार्न लगाई वादीले उक्त जग्गाको मोही प्रमाणपत्र पाउने ठहर्छ भनी भूमिसुधार अधिकारीज्यूले ०४०।२।२६ मा निर्णय गर्नु भएको र सो निर्णय उपर अ.बं.२०८ नं. बमोजिम प्रतिउत्तर पत्र लिई उपस्थित हुन जाँदा जे हुने भइसक्यो प्रतिउत्तर दर्ता गर्दिन दरपिठ पनि गर्दिन भनी अधिकारीज्यूले मेरो प्रतिउत्तर नलिई जवाफ दिएबाट समेत प्रत्यक्ष त्रुटिपूर्ण छ। ३. विपक्षीले उजूरी दिंदा जग्गाधनी प्रतिवादी भनी भागवतलाल दासलाई बनाउनु भएको छ तर सो बमोजिम विपक्षी नबनाइएको व्यक्तिका नाउँमा म्याद जारी गरिएको त्रुटिपूर्ण छ । दर्ताबाट जग्गाधनी देखिएको नाथुमंडरको सट्टा नाथु मंडल प्रतिवादी बनाई नाथु मण्डलका नाउँमा म्याद जारी भएको छ तामेलीमा नाथु यादवलाई हातैमा बुझिलिएको हस्ताक्षर देखिन्छ जबकि मेरो बाबु हस्ताक्षर गर्न नसक्ने हुनुहुन्थ्यो । मेरा बाबु ०३९।९।२९ मा परलोक भई सक्नु भएको हुँदा ०३९।१२।८ मा तामेल भएको म्याद निजले बुझ्न असंभव छ अ.बं.११० नं. बमोजिम बेरीतको म्यादलाई मान्यता दिई प्राकृतिक न्याय सिद्धान्त बिपरीत भूमिसुधार अधिकारीले गर