निर्णय नं. २०७३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०७३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४१/०५/१० २२९२ निर्णय नं. २०७३ ने.का.प. २०४१ अङ्क ७ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०३९ सालको रिट नं. ८८४ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : जिल्ला सप्तरी लैनिया गा.पं. वार्ड नं. ५ बस्ने शिवनन्दन मण्डल विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने बेचन धानुक मण्डल भूमि सुधार कार्यालय सप्तरी आदेश भएको मिति : २०४१।५।१०।१ मा § कबुलियतको सम्बन्धमा भूमिसुधार कार्यालयले निर्णय गर्नुभन्दा पहिले अ.बं.७८ नं. बमोजिम प्रत्यर्थीलाई सो कबुलियत देखाई सुनाई उक्त कबुलियतको सम्बन्धमा निजको कथन के कस्तो हुन्छ त्यसलाई समेत हेरी मात्र कबुलियतको वैधता सम्बन्धमा निर्णय गर्नुपर्ने । (प्रकरण नं. ९) निबेदक तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री कुन्ज विहारी प्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान सरकारी अधिबक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दा : x आदेश न्या. महेशरामभक्त माथेमा : मिति ०३९।३।७ को भूमिसुधार कार्यलय सप्तरीको निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ । २. विपक्षीसँगको अंशबण्डा पास गरी भिन्न भएका निजको बाबु सुवेलालले आफ्ना नाउँ दर्ताको जि.सप्तरी लौनिया गा.पं. वार्ड नं. ६ को कि.नं. १०० को ०–११–१७ र वार्ड नं. ४ को कि.नं. १३० को ०–८–१५ मध्ये पश्चिम तर्फबाट ०–६–१० समेत ०–१८–७ जग्गा बटैयामा कमाउन दिई ०३७।१।६ मा कबुलियत समेत गरी गराई मोहीमा कमाउन दिनु भएकोले सुवेलाल ०३७ सालमा परलोक भई सक्नु भएकोले कबुलियत अनुसार मोहीमा दर्ता गरी पाउँ भनी सुवेलालको हक खाने विपक्षी उपर प्रत्यर्थी कार्यालयमा उजूर गरेकोमा कबुलियत संकास्पद छ भन्दै विपक्षीले ईन्कारी प्रतिउत्तर दिनु भएको साथै कबुलियत जालसाजी कायम गरी पाउँ भनि जिल्ला अदालतमा नालिस गर्नु भएकोमा सो को निर्णय नपर्खी भूमिसुधार कार्यालयले मोही दर्ता गर्न मिल्दैन भनी ०३९–३–७ मा निर्णय भयो । ३. भू.सं.ऐनको दफा २५(२) बमोजिम कसैले अर्काको जग्गा मोहीको हैसियतले एक वर्षे बालीसम्म कमाएपछि मोही हक प्राप्त हुने कानुनी व्यवस्था छ । भूमिसुधार लागू भए पछि मोही स्थापित हुन ऐनको दफा ३४(१) अनुसार कबुलियत हुनु अनिवार्य छ । सो कबुलियत छ भन्ने मेरो विवाद भए गरेमा त्यसतर्फ केही लिएको छैन । कबुलियत सद्धे हो वा कीर्ते जालसाजी भई प्रभावहीन छ भन्ने तर्फ अ.बं.७८ को प्रक्रिया पूरा हुनुपर्छ तर त्यस्तो कारावाही प्रक्रियाको पूरा नगरी विपक्षीले कबुलियतलाई जालसाजी भनी सप्तरी जि.अ.मा नालिस गरे पनि त्यसको निर्णय हुन बाँकी नै छ यस्तो अवस्थामा मेरो कबुलियतलाई निष्प्रभावी तुल्याई प्रत्यर्थी कार्यालयले गरेको निर्णय त्रुटिपूर्ण छ भन्ने समेतको रिट निवेदन जिकिर रहेछ । ४. विपक्षीहरूबाट लिखित जवाफ मगाई आएपछि पेश गर्नु भन्ने मिति ०३९।५।२५ को सिंगलबेञ्चको आदेश रहेछ । ५. कुनै साल पनि नकमाएको जमीनको भर्पाई दिने तथा कबुलियत बनाउने प्रश्नै नहुने र निवेदकले मोहीमा जमीन नजोतेको स्पष्ट भइसकेपछि सद्दे कीर्तेतर्फ पठाई अरु कारवाई गर्न नपर्ने हुनाले रिट खारेज गरिपाउँ भन्ने समेतको भूमिसुधार कार्यालयको लिखित जवाफ रहेछ। ६. निवेदकलाई मोहियामा जग्गा कमाउन दिएको छैन । भू.सं.ऐन, २०२१ को दफा २५४(२) बमोजिम मोही हक प्राप्त हुनलाई ऐ. को दफा ३४ बमोजिमको कानुनी प्रक्रिा