निर्णय नं. २०७४ - कीर्ते जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०७४ - कीर्ते जालसाजी भाग: २६ साल: २०४१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४१/०७/०३ २२५३ निर्णय नं. २०७४ ने.का.प. २०४१ अङ्क ७ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको फौ.सा.नं. ४२४ मुद्दा : कीर्ते जालसाजी पुनरावेदक/प्रतिवादी : जि. सुनसरी गा.पं. वार्ड नं. ७ बस्ने मदनलाल चौधरी विरुद्ध विपक्षी/वादी : जि. मोरङ हाल विराटनगर न.पं. वार्ड नं. ४ कन्चनवारी बस्ने अम्बिकादेवी गौतम फैसला भएको मिति : २०४१।७।३।६ मा § राजीनामा लिखतमा दिनेका ल्याप्चेछाप नभएको प्रष्ट हुँदा लिखत कीर्ते ठहर्‍याई जिल्ला अदालतले गरेको फैसलालाई मनासिव ठहर्‍याई अञ्चल अदालतबाट भएको फैसला सदर गर्ने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मनासिव ठहर्ने । (प्रकरण नं. १२) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिबक्ता श्री प्रभुनारायण चौधरी विपक्षी तर्फबाट : विद्वान अधिबक्ता श्री नारायण राज खरेल उल्लेखित मुद्दा : x फैसला न्या. हरिहरलाल राजभण्डारी : पूर्वाञ्चल क्षेत्रीय अदालतले फैसला गरेको उपर पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् : विपक्षी मध्येको सबुरलाल थरुकी पत्नी धोतीदेवी थारुनीले निजको नाम दर्ताको जि.मु.आइतबारे बक्लौरा गा.पं.गुठी संस्थान अन्तर्गत साविक कि.नं. ७३ ज.वि.०–१८–० हाल सर्भे हुँदा ऐ. वार्ड नं. ७(क) कि.नं. ७७ मा ०–११–१० जग्गा कायम रहेको ०३२ सालको बाली देखि खाने गरी ०३१।११ ।१०।७ मा रु.४१६१। लिई मलाई राजीनामा गरी दिएको पास गरी नदिंदा ०३२।६।७।३ मा मेरो नालिस परी ०३३।३।१६ मा फैसला भई ०३३।१०।५।३ मा भू.प्र.का.सुनसरीबाट पास गरी जि.पं. कहाँ जाँदा अर्को व्यक्तिलाई बिक्री गरी दा.खा.भई गएको भनी मलाई जानकारी दिंदा के भएको रहेछ भनी नक्कल लिई हेर्दा ऋणी धोतीदेवी धनी मदनलाल भई रु.५९५०। थैली हाली राजीनामा पास गरी लिए दिएको र उक्त राजिनामा गरी दिएको एक महीना पछि देखि धोती देवी बिरामी परी ०३२ सालको अन्ततिर मृत्यु भएको हो, धोतीदेवीले रजिष्ट्रेशन गर्ने अड्डामा गई ०३२।३।१७ मा मदनलाई पास गरी दिएको छैनन् । कीर्ते स्वास्नी मानिस खडा गरी पास गराएछन् । सो राजीनामा सहीछाप गर्ने अन्य विपक्षीहरू पनि कीर्ते जालसाजीमा मतियार भई गैरकानुनी काम गराएकोले विपक्षी मध्येका सबुरलाल र मदनलाल उपर आजैका मितिमा लिखत दर्ता बदरमा छु¬ट्टै नालिस गरेको छु । कीर्ते जालसाजी गरेमा विपक्षीहरूलाई सजाय गरिपाउँ भन्ने समेत व्यहोराको अम्बिकादेवी गौतमको ०३४।३।१५ को फिरादपत्र । २. वादी लेख अनुसार वादीलाई लिखत गरी दिएपछि धोतीदेवी बिरामी परेकी हैन । ०३२ सालको अन्ततिर मृत्यु भएको पनि हैन । लेखत पासमा विपक्षीको नालिस पर्नु भन्दा ३ महीना पहिले नै मेरो लिखत पास भएकोले लिखत मेरो जेठो सद्दे हुँदा विपक्षीको हक मेट्ने भन्न नहुने भई म मदनलालको लिखत सदर रहने, हामीहरूको घर एकै ठाउँमा भएकोले धोतीदेवी चिनेको र आफूले थैली हाली किनेपछि डुब्ने हुँदा मानिस कीर्ते गरी कीर्ते पास गराउने किन्ने र बेच्ने हामीहरू एकै वार्डका भएकोले किन्ने बेच्ने समेतलाई चिनेको हुँदा सबुरलालको खास सद्धे साँचो स्वास्नी धोतीदेवीले सही गरेपछि साक्षी बसेका हौं भन्नेसमेत व्यहोराको सबुरलाल १, सुखरी मण्डल चौधरी १, टेटन मण्डल चौधरी, मदनलाल चौधरी १ समेत ४ जनाको ०३४।७।१२ को प्रतिउत्तरपत्र । ३. प्र.हरिप्रसादको ०३४।४।१७ मा बेपत्ते म्यादतामेल भई गुजारी प्रतिउत