निर्णय नं. २०७५ - परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा जो चाहिने पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०७५ - परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा जो चाहिने पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४१/०८/१९ २४२० निर्णय नं. २०७५ ने.का.प. २०४१ अङ्क ८ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रिट फु.नं. ३८ विषय : परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा जो चाहिने पूर्जि जारी गरिपाउँ निवेदक : जि. ताप्लेजुङ नाङखोल्याङ गा.पं. वडा नं. २ बस्ने कृष्णप्रसाद गौतम विरुद्ध विपक्षी : श्री अध्यक्ष, तारागाउँ विकास समिति, रमा गृह, नयाँ सडक काठमाडौं श्री सदस्य–सचिव, तारा गाउँ विकास समिति, रमा गृह, नयाँ सडक काठमाडौं श्री अध्यक्ष, पदपूर्ति तथा बढुवा समिति, तारा गाउँ विकास समिति, रमा गृह, काठमाडौं लोक सेवा आयोग, केन्द्रीय कार्यालय, कमल पोखरी काठमाडौं श्री सचिव, पर्यटन मन्त्रालय त्रिपुरेश्वर, काठमाडौं आदेश भएको मिति : २०४१।८।१९।३ मा § अर्काको हकको सृजना भइसकेपछि रिट निवेदकले अनुचित विलम्ब गरी अदालतमा प्रवेश गरेकोले अनुचित विलम्बको आधारमा रिट निवेदन खारेज हुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा विपक्षी तर्फबाट : विद्वान स.अ.श्री भैरवप्रसाद लम्साल र विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा बिन्तिपत्रको व्यहोरा साँचो हो र लोकसेवा आयोगबाट कानुनको विधिपूर्वक सिफारिस भएको उम्मेदवारलाई नियुक्ति नदिएको रहेछ भने बिन्तिपत्रमा लेखिएको त्यस अदालतको डिभिजन बेञ्चबाट मिति ०३१।१०।४ मा निर्णय भएको परमादेश वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरिपाउँ भन्ने मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट इन्साफ जाँची कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकुमप्रमांगी बमोजिम पेश हुनआएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्नबमोजिम छ । २. विपक्षी तारा गाउँ विकास समितिको मिति ०३७।५।२८ को गोरखापत्रमा प्रकाशित विज्ञापन नं. २०।०३७।२८ को सूचना अनुसार सहायक स्तर तेस्रो तह स्थायी पद वेटर (बेरा) पद संख्या ६ मा निवेदकले पनि प्रयोगात्मक परीक्षा र अन्तरवार्ता दिएको नतीजा प्रकाशित हुन समय लाग्ने र आफ्नो घर काठमाडौंमा नभएकोले निवेदक आफ्नो घर ताप्लेजुङ्ग गएपछि नतिजा प्रकाशित भएछ । प्रकाशित नतिजा अनुसार निवेदक सफल (पास) भएको रहेछ । सफल भएको सूचना तारा गाउँ विकास समितिबाट निवेदकले पाउन सकिन, अरु साथीद्वारा थाहा पाई काठमाडौं आई तारा गाउँ विकास समितिमा गई सम्पर्क राख्दा समयमा नआउनु भएकोले नियुक्तिपत्र दिन मिल्दैन भनियो, यसरी नियुक्तिपत्र नदिएकोले र निवेदकलाई नियुक्तिपत्र सम्बन्धमा गोरखापत्रबाट सूचना र निवेदकको घर ठेगानामा पत्र समेत पठाई जानकारी नगराएकोले नियुक्तिपत्र समयमा लिन नआएकोले सो को म्याद समाप्त भई उक्त पदमा नियुक्तिपत्र दिन मिल्दैन भन्न मिल्दैन । नियुक्तिपत्र नदिएकोले निवेदकले पर्यटन मन्त्रालय, पर्यटन विभाग लगायत लोकसेवा आयोग प्रादेशिक कार्यालय मध्यमाञ्चलमा समेत निवेदन दिएको थिएँ । ती कार्यालयबाट पत्राचार गरिएकोमा समितिले केवल आफ्नो सूचना पाटीमा मात्र उक्त नतिजा टाँसी निजको घर ठेगानामा कुनै पत्र व्यवहार नगरेको बुझिएकोले उक्त सम्बन्धमा के