निर्णय नं. २०७६ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०७६ - अंश भाग: २६ साल: २०४१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४१/०८/१२ २६७४ निर्णय नं. २०७६ ने.का.प. २०४१ अङ्क ८ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको दे.फु.नं. ५८ मुद्दा : अंश पुनरावेदक/प्रतिवादी : जि.कपिलवस्तु बहादुरगञ्ज आदर्श गा.पं. वा.नं. ४ मौजा बहादुरगन्ज टोल डगर भरवा बस्ने पशुपति कुर्मी विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने ढोडे भन्ने रामलाल कुर्मी फैसला भएको मिति : २०४१।८।१२।३ मा § भूमिप्रशासन कार्यालयमा दिएको दर्खास्तलाई तायदाती भन्न नमिल्ने । (प्रकरण नं. २०) § एक अदालतले कानुन बमोजिम क्षेत्राधिकार ग्रहण गरिसकेपछि कानुनले नै तोकेको अवस्थामा बाहेक त्यस्तो मुद्दामा कारवाई गर्न अर्को अदालतमा पठाउन मिल्ने नदेखिने । (प्रकरण नं. २१) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह विपक्षी वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री कृष्णकुमार बर्मा उल्लेखित मुद्दा : x फैसला न्या. त्रिलोकप्रताप राणा : डिभिजन बेञ्चमा पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. बाजे रामराजको छोरा नोहर, भारत, भारतको राम ललित, सहसराम नोहरको पशुपति राम नारायण म ढोडे भन्ने रामलाल भएको प्रतिवादीहरू परस्पर अंशियार भएकोले सगोलमा बसी आएको बाबु नोहर ०२९ सालमा परलोक हुनु भई घरको मुख्य जेठा दाजु पशुपति कुर्मीसँग सगोलमा बस्न नसकी अंश दिनोस् भन्दा अंश दिन्नौं खानसम्म छुट्याई दिन्छौं खेत सगोलमा रहने छ भनी जवाफ दिई सोही मितिदेखि मानो छुट्याई दिनु भयो अंश भाग छुट्याई दिनु भएन ०३०।२।१ भन्दा अघिल्लो दिन सम्मको श्रीसम्पत्तिको तायदाती लिई आधा भारतको हाँगातर्फका ४ जनाको र आधामा ३ भागको १ भाग मेरो अंश छुट्याई पाउँ भन्ने समेत रामलाल कुर्मीको फिराद । ३. वादी र हामी प्रतिवादीहरू ०७ सालमा नै छुट्टी भिन्न भएको हो हामीहरूको अंश जग्गा हाम्रो नाउँमा पृथक–पृथक दर्ता गरी प्रमाणपूर्जा पाउँ भनी ०२९।१०।१ गते वादी समेतका अंशियारले भूमि प्रशासनमा निवेदन दिई तारेखमा रहेकोले ०३०।२।१ गते मानो छुट्याई दिएँ भन्ने वादी लेख झुठ्ठा हो भन्ने राम लखन कुर्मी समेतको र सोही मिलान प्र.पशुपति कुर्मीको प्रतिउत्तर । ४. मसँग ०१० सालमा मानो छुट्टी भिन्न भएको हुन पछि प्रतिवादीहरू पनि छुट्टी भिन्न भएको हुन अंशवण्डाको पत्र भएको छैन । वादी दावी झुठ्ठा हो भन्ने समेत प्र.रामनारायणको प्रतिउत्तर । ५. २०३० साल बैशाख सम्म सबै अंशियारहरू सगोल बसी आएको भन्ने र सन्धीसर्पन जग्गा खिचोला मुद्दाको मिलापत्र र मोही बद्री पासी काशिराम पासी प्र.रामनारायण कुर्मी समेत भएको मुद्दामा वादी ढोडे र रामनारायणको भोगको जग्गा छुट्टाछुट्टै देखिएको समेतबाट नोहरका नाउँमा दर्ता रहेको जग्गा मध्ये आफ्ना भाग भोगमा रहेको जग्गा विगाह ६–४–६– सम्म वादी ढोडे भन्ने रामलाल कुर्मीले प्रतिवादी पशुपतिसमेतबाट अंश खुट्याई लिन पाउने ठहर्छ भन्ने समेत कपिलबस्तु जिल्ला अदालतको फैसला । ६. सो फैसलामा चित्त बुझेन भन्ने समेत वादी रामलाल कुर्मीको पुनरावेदन पत्र । ७. न्याय प्रशासन सुधार ऐनको दफा १३(१क.ख) ले पुनरावेदन हेर्ने क्षेत्रीय अदालतको अधिकार देखिँदा सरुवा गरी दिने भन्ने समेत लुम्बिनी अञ्चल अदालत