निर्णय नं. २०७७ - आगो लगाई ज्यानमार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०७७ - आगो लगाई ज्यानमार्ने उद्योग भाग: २६ साल: २०४१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४१/०८/०५ ३२३१ निर्णय नं. २०७७ ने.का.प. २०४१ अङ्क ८ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको फौ.फु.नं. १५ मुद्दा : आगो लगाई ज्यानमार्ने उद्योग पुनरावेदक/प्रतिवादी : जि. ताप्लेजुङ फुङलिङ गा.पं. वा.नं. ५ बस्ने गंगामाया श्रेष्ठ विरुद्ध विपक्षी/वादी : बोधराज गुरुङको जाहेरीले श्री ५ को सरकार फैसला भएको मिति : २०४१।८।५।३ मा § जाहेरवालाले स्कूलको विद्यार्थीबाट थाहा पाई जाहेर गरेकोले त्यस्तो भनाईलाई किटानी भन्न सकिँदैन । (प्रकरण नं. ३९) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिबक्ता श्री लक्ष्मणप्रसाद अर्याल र विद्वान अधिबक्ता श्री शुभाष नेम्वाङ विपक्षी वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x फैसला न्या. त्रिलोकप्रताप राणा : डिभिजन बेञ्चमा समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. ०३५।१२।२१ गते राति ११:३० बजे हामी सुत्ने गरेको घरको अगाडि मटानमा सुती निदाई सकेको अवस्थामा विपक्षीहरूले ज्यान मार्ने उद्देश्यले आगो लगाएको कुरा समय मै जाहेर गर्दा अपराध पत्ता नलागी नाम खुल्न नसकेको र ०३६।२।२४ मा मात्र भेद खुलेकोले विपक्षीहरूलाई सजाय गरी नोक्सान भएको बिगो रु.७,६०० भराई पाउँ भन्ने समेत बोधराजको जाहेरी दर्खास्त । ३. ०३५ साल चैत्र हो गते बार थाहा भएन साँझ पख म खाना खाई सुतिरहेका बेला जुगेनी माइली रातको ११ बजेतिर हाम्रो घरमा आई मलाई साथी देउ भनेकोले म, आमा, श्रीमती र कान्छो भाइ देउमान समेत निजकै साथ हिंडी भानु मा.वि.अगाडि पुगेपछि जाहेरवालाको घरमा आगो लगाउनु पर्दछ भन्दा म, आमा र जुगेनी जाहेरवालाको घरमा पुग्यौं घरमा होइन मटानमा आगो लाउनु पर्दछ भनी म र आमाले भनेपछि जुगेनी माइलीले मकैको खोयामा आगो सल्काई मटानको पछाडिपट्टिको एक खुड्किला चढेपछि मैले छाना भेटिन र जुगेनीले हातमा समाती उचाली दिइन् र घरमा आगो लगाई छाना सल्केपछि हामी घरमा गई सुत्यौं जुगेनी माहिली कता गइन् थाहा पाइन भन्ने समेत हर्कबहादुर विश्वकर्माको प्रहरी समक्ष भएको कागज । ४. रातको समयमा मेरो घरमा आई जुगेनी माइलीले आगो लगाउन पाउँ भनिन् मैले नजाउ भन्दा जो परेको म छँदैछु, तिमीहरूलाई के को डर भनी भन्दा म छोरा हर्कमान, बुहारी, छोरा देउमान र जुगेनी माइली समेत हिंडी उतिस धारीमा पुगेपछि म, जुगेनी र बुहारी त्यहीं बस्यौं छोरा हर्कमान र देउमान जाहेरवालाको घरमा आगो लगाउन गए एक छिन पछि आगो बलेको देखियो सो देख्ने वित्तिकै जुगेनी माइली र बुहारी घर दगुरे म पनि पछि पछि गएँ भन्ने समेत हर्कमायाको प्रहरीमा गरेको कागज । ५. मिति थाहा छैन खाना खाई सुती झुकाउन लाग्दा जुगेनी माइली आई दिदी भनी सासुलाई बोलाउँदा सासूले ढोका खोली दिइन र मलाई उठाइन अनि म श्रीमान् हर्कबहादुर, सासु, देवर, जुगेनी समेत भई मेरो श्रीमान् र श्रीमान्ले खोया र माचिस बोक्नुभयो र गरामा आइपुगेपछि हामी त्यहीं बस्यौं । मेरो श्रीमान र देवर जाहेरवालाको घरमा आगो लगाउन हिंडे । करीब १५।२० मिनेट पछि आगो उठेको देखियो र म घर तर्फ दगुरें घरमा श्रीमान् अघिनै आई पुग्नु भएको थियो । केही पछ