निर्णय नं. २०७८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०७८ - कर्तव्य ज्यान भाग: २६ साल: २०४१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४१/०७/१४ २३४३ निर्णय नं. २०७८ ने.का.प. २०४१ अङ्क ८ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको फौ.पु.नं. ४३६।४३७। ऐ. ऐ. सा.नं. १७१ मुद्दा : कर्तव्य ज्यान वादी : ठगु बुढाथोकी मतवालाको जाहेरीले श्री ५ को सरकार विरुद्ध पुनरावेदक/प्रतिवादी : सल्यान मार्के गा.पं. वार्ड नं. ७ सिमखर्क घर भै हाल सल्यान कारागारमा कैद परेको बन्दी ठगु बुढाथोकी ऐ ऐ बस्ने डोटु बुढाथोकी मतवाला ऐ ऐ बस्ने राते बुढाथोकीनी ऐ ऐ बस्ने माली बुढाथोकीनी सल्यान मार्के गा.पं. वार्ड नं. ७ सिं खर्क घर भै हाल जिल्ला कार्यालय कारागार शाखा सल्यानमा थिनएको ठगु बुढाथोकी मतवाला विरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार पु.वे./प्रतिवादी : सल्यान मार्के गा.पं. वार्ड नं. ७ सिमखर्क बस्ने डोटु बुढाथोकी विरुद्ध विपक्षी/प्रतिवादी : श्री ५ को सरकार फैसला भएको मिति : २०४१।७।१४।३ मा § हतियार प्रयोग गरी कर्तव्य गरी मार्नेलाई ज्यान सम्बन्धीको १३(३) बमोजिम सर्वस्व सहित जन्मकैद गर्ने गरी गरेको फैसला सदर ठहर्छ । (प्रकरण नं. १८) प्रतिवादी तर्फबाट : विद्वान वैतनीक अधिवक्ता श्री विनोद रोका विपक्षी तर्फबाट :  x उल्लेखित मुद्दा : x फैसला न्या. बासुदेव शर्मा : श्री मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले मिति २०४० साल जेष्ठ १५ गते शुरु सल्यान जिल्ला अदालतले गरेको फैसलालाई सदर गरी फैसला भएको सो उपर प्र.मध्येका डोटु बुढाथोकी र ठगु बुढाथोकीले म.प.क्षे.अ.उपर पुनरावेदन परी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण यस प्रकार छ । २. मिति २०३६।१०।४ गते लोकबहादुर बुढाथोकी नेपालगन्ज तर्फ गएको घरमा निजको स्वास्नी छोरा मात्र भएको ऐ. ५ गते विहानदेखि ऐ. ६ गते तक झ्यालढोका बन्द भएको थाहा पाई प्र.पं.समेतलाई जम्मा गरी ऐ. ८ गते ढोका हेर्दा तल्लो छेडीमा मरिहरेको सेती र रामेको लास देखियो अन्यायवाला डोटु र सेती समेतको अगाडिदेखिको रिसइवी भएकोले निजैको कर्तव्यबाट मरेको ठहर्‍याई जाहेर गर्न आएको छु भन्ने ठगु बुढाथोकी मतवालाले मिति ०३६।१०।९ मा जिल्ला प्रहरी कार्यालय सल्यानमा दिएको जाहेरी दर्खास्त । टाउको पश्चिम दक्षिण खुट्टा पूर्व उत्तर भएको मुख उत्तर फर्केको दायाँ आँखा फुटी ४” ईन्च लामो १।२” ईन्च चौडा १” ईन्च गहिरो घाउ–१’ आँखा मुनि नाख र आँखाको कुनामा १” ईन्च लम्बा –१ई. चौडा–१” इन्च गहिरो घाउ १” दाहिने आँखाको आँखिभौदेखि नाक माथि हुँदै देब्रे आँखाको शुरु सम्म ४” ईन्च लामो १।२ ईन्च चौडा १ ईन्च गहिरो घाउ–१ तालुमा २” ईन्च १ चौडा लम्बा १ इन्च गहिरो घाउ १ लासको नाकको देब्रे प्वालबाट रगत र पानी झरेको मुख खुला भै माथिका ५ वटा दाँत देखिएको मुखबाट रगत कान रगतले पोतिएको घाँटीमा ४ ईन्च, लम्बा १ ईन्च चौडा ३ गहिरो धारिलो हतियारले हानेको घाउ, छातीको बीचमा ८ ईन्च लम्बा ३ इन्च चौडा रातो डाम गुदद्वारबाट दिसा निस्केको पिठ्यूको बीच भागमा ३ ईन्च लम्बा १ इन्च चौडा घाउ भएको जमीनमा ठाउँ ठाउँमा रगत लागे भन्ने मृतक सेती बुढाथोकीनीको लासप्रकृति विवरण साथै उक्त सेतीको लासको ढाडदेखि १ हात पूर्वतर्फ वालक रामे बुढाथोकीको लास रहेको निधार आँखीभौमा रगतका छिटा गुदद्वारदेखि दिशा छोडेको घाँटीमा ५ इन्च लामो १।२ ईन्च चौडाई ३ ईन्च गहिराई भएको धारिलो हतियारले काटेको घाउ पिठ्यूमा ४ इन्च लामो ३ ईन्च चौडाको रातो डाम भएको लासको प्रकृति उल्लेख