निर्णय नं. २०७९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०७९ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: मंसिर अंक: ८ फैसला मिति :2041/08/11 २५५३ निर्णय नं. २०७९ ने.का.प. २०४१ अङ्क ८ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रिट नं. ८५८ विषय : उत्प्रेषण निवेदक : नारायणी अञ्चल चितवन जिल्ला हाजिपुर गा.पं. वार्ड नं. ६ बस्ने नन्दलाल देवकोटा विरुद्ध विपक्षी : श्री ५ को सरकारद्वारा सञ्चालित नेपाल पुनरवास कम्पनी जमुनी बर्दिया श्री ५ को सरकार मालपोत विभाग मालपोत कार्यालय चितवन आदेश भएको मिति : २०४१।८।११।२ मा § कुरा नै लोप गरी रिट निवेदनपत्र दिएकोले निवेदक शुद्ध ह्दय तथा सफा हात लिई अदालत समक्ष आएको देखिन्न तसर्थ प्रस्तुत रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री जगन्नाथ पौडेल विपक्षी तर्फबाट : विद्वान अ.श्री अनुपकुमार तथा विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३९।५।१३।१ मा यस अदालतमा पर्न आएको निवेदकको निवेदन तथ्य तथा जिकिर निम्न प्रकार छन् । २. चितवन जिल्ला हाजिपुर गा.पं. वार्ड नं. ८क. को कि.नं. २५ को अवल जग्गा विगहा २–३–५ कि.नं. ५७ को दोयम जग्गा विगहा १–४–१० समेतको जग्गा २०२७ सालको वाढीले ग्रस्त भएको हुँदा बसोबासको निमित्त तत्काल अन्यत्र स्थानान्तर हुन बाध्य परेको थियो । यस सिलसिलामा बर्दिया जमुनिमा केही जग्गा प्राप्त गरेको छु । पुनर्वासमा मैले जग्गा प्राप्त गर्दा चितवन हाजिपुरको जग्गा छोडपत्र गरी वा अन्य कुनै प्रकारले हक दावी नगर्ने गरी म जमुनी बर्दियामा गएको होइन त्यस सम्बन्धमा मेरो कुनै प्रकारको कागज विपक्षीसँग छैन । मुलुकी ऐन जग्गा मिच्नेको २ नं. ले जग्गाको माझमा खोलो पसी बारी पारी जग्गा भयो फेरि खोलाले छोड्यो भने त्यो खोलो हिडेको बगर जसको हो उसले पाउँछ भन्ने कानुनी व्यवस्था छ तर विपक्षी मालपोत कार्यालयले लेखेका पत्रको आधारमा विपक्षी पुनर्वास कम्पनीले पनि लखत कट्टा गराउने अभिप्राय राखी सोही कुरालाई आधार मानी मालपोत कार्यालय चितवनले उल्लिखित जग्गाको मेरो नामको लगत कट्टा गर्ने निर्णय ०३९।१।२२ मा भएछ । प्रतिवाद गर्ने मौका नदिई लगत कट्टा गर्ने कारवाही प्राकृतिक न्याय सिद्धान्त प्रतिकूल छ । मिति ०३९।४।३१ मा मात्र नक्कल सारी हेर्दा यकीन हुन आयो अतः उल्लिखित जग्गाम ०२७ सालमा बाढी लागी बाढी पिडित भई जमुनी बर्दियामा बस्ने गएको हुँदा चितवन हाजिपुरको मेरो हक भोगको जग्गाको लगत कट्टा गर्ने भनी निर्णय भएको र सो को प्रचलनको अन्यत्र बाटो नभएको र नेपालको संविधानको धारा ११(ङ) ऐ. धारा १५ द्वारा सम्पत्ति सम्बन्धी हकमा आघात पुग्न गएको हुँदा धारा ७१ अन्तर्गत निवेदन दिन आएको छु । बिपक्षी मालपोत विभागको ०३९।१।२२ को निर्णय आदेश तथा विपक्षी पुनरवास कम्पनीको ०३८।११।२० को गैरकानुनी पत्र सूचना आदि बदर गरिपाउँ भन्ने रिट निवेदकको जिकिर रहेछ । ३. यसमा के कसो भएको हो विपक्षी कार्यालयहरूबाट लिखितजवाफ मगाई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत सिङ्गलबेञ्चको मिति ०३९।९।२६ को आदेश रहेछ । ४. रिट निवेदकको चितवनको जग्गा वाढीबाट भूमिहीन बनी बर्दिया पुनरवास कम्पनीको डाँफे वस्ती प्लट नं. १३८ मा बसोबास गराएको हो । निवेदकले निजको चितवन हाजिपुर गा.पं. वार्ड नं. ८क. को कि.नं. ५७ को जग्गा सोही गा.पं. वार्ड नं. ६ बस्ने कविलाल पौडेललाई घरसारमा राजीना