निर्णय नं. २०८० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०८० - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४१/०७/३० २२२८ निर्णय नं. २०८० ने.का.प. २०४१ अङ्क ८ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको रिट नं. १५३५ विषय : उत्प्रेषण निवेदक : जि. धनुषा विन्धी गा.पं. वा.नं. २ बेला घर भइ जि.का. रामेछापको मुखिया योगेन्द्र शाह विरुद्ध विपक्षी : जि.का.सर्लाहीका मुखिया कन्हैयालाल श्रेष्ठ बढुवा समिति, जि.का. सर्लाही अञ्चलाधीश जनकपुर अञ्चालधीशके कार्यालय जलेश्वर लो.से.आ. ज.का. जनकपुरधाम आदेश भएको मिति : २०४१।७।३०।५ मा § मागको आकृति फाराम पठाई सकिएको पदमा स्थायी रुपले पद पूर्ति वा स्थायी सरुवा गर्न नमिल्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारप्रसाद शर्मा उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकारको रहेछ । २. लो.से.आ.को सिफारिशमा रा.प.अ.तृतीय श्रेणीको मुखिया पदमा मिति २०३२।६।१९ का दिन ज.अं.का.मा नियुत्ति गरियो । त्यसपछि मिति ०३८१२।१ को निर्णयले मेरा सरुवा समान पदमा जि.का.सर्लाहीमा गरियो । जि.का.सर्लाहीमा कामकाज गर्दै आएको अवस्थामा जि.का.सीमा प्रशासन ईकाई सर्लाहीको खरिदार पद १ खाली भएका हुनाले सो पदपूर्ति गर्नु पर्ने भएको हुँदा प्रतिशत निर्धारित गरिपाउँ भनी जि.का.सर्लाहीबाट मिति २०३९।५।६ मा लो.से.आ.मा पत्र पठाउँदा बढुवाद्वारा पूर्ति गर्नु भनी लेखी पठाइयो । प्रतिशत निर्धारण भएको बखतमा जि.का.सर्लाहीको मुखिया पद ४ को दरबन्दी मध्ये ३ पदमा म लगायतका ३ जना सेवारत नै रहेको र रिक्त पद १ को पदपूर्तिको लागि जि.का.सर्लाहीबाट लो.से.आ. ब.अं.का.मा मागको आकृति फाराम पठाई सकिएको हुनाले सो रिक्त पदमा लो.से.आ. बाट सिफारिश भई नआएसम्म स्थायी रुपले पदपूर्ति गर्न वा स्थायी सरुवा गरी पदपूर्ति गर्न नमिल्ने भनी लो.से.आ.ज.अं.का. बाट मिति ०३९।५।१ को पत्रद्वारा लेखी पठाइयो । लो.से. आ.बाट प्रतिशत निर्धारण भइसकेको अवस्थामा सो बढुवा प्रक्रियामा सरिक हुने गरी नयाँ कर्मचारी सरुवा गर्न नमिल्ने भनी लो.से.आ.के.का.बाट मिति २०३५।१२।५ मा परिपत्र भएकोले प्रतिशत निर्धारण पछि जि.का.सर्लाहीबाट मागको आकृति फाराम समेत दाखिल भइसकेको रिक्त मुखिया पदमा स्थायी मुखियालाई सरुवा गरी उल्लिखित निर्देशनहरूको बिपरीत बढुवा प्रक्रियामा नयाँ उम्मेदवारलाई सामेल गराउने प्रश्न उठ्दैन । ३. जि.का.महोत्तरी कारागारका खरिदार पदबाट मुखिया पदमा डिमोसन गरिएका मुखिया कन्हैयालाल श्रेष्ठलाई पदपूर्तिका लागि मागको आकृति फाराम पठाई सकिएको र बढुवाका लागि प्रतिशत निर्धारण भई सकेपछि ज.अं.का.बाट मिति २०३९।५।८ को निर्णयले जि.का. सर्लाहीको सरुवाद्वारा पूर्ति हुन नसक्ने पदमा सरुवा गरी पठाइयो । ४. यसरी प्रतिशत निर्धारण भइसकेपछि सरुवा गर्न लगाई सम्भावित उम्मेदवारमा समावेशित गराई नियम तथा लो.से.आ.को स्पष्ट निर्देशनहशरुको बिपरीत मु.कन्हैयालाल श्रेष्ठलाई रिक्त खरिदार पदमा बढुवा गर्ने भनी समितिबाट मिति २०४०।१।२३ मा सूचना प्रकाशित गरियो । उक्त अन्यायपूर्ण निर्णय उपर जनकपुर अञ्चलाधीशज्यू समक्ष पुनरावेदन गरे समितिको मिति ०४०।१।२३ को बढुवा सिफारिशमा म्यादभित्र म बाहेक अन्य कुनै पनि सम्भावित उम्मेदवारहरूको उजूरी प