निर्णय नं. २०८२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०८२ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४१/०८/०६ २२५९ निर्णय नं. २०८२ ने.का.प. २०४१ अङ्क ८ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको रिट नं. १८६८ विषय : उत्प्रेषण निवेदक : जिल्ला धनकुटा धनकुटा न.पं. वार्ड नं. ६ बस्ने रामकृष्ण श्रेष्ठ ऐ साने गा.पं. वार्ड नं. १ बस्ने वर्ष ६० को जिवनाथ निरौला ऐ ऐ बस्ने गणेश प्रसाद निरौला विरुद्ध प्रत्यर्थी : जि.धनकुटा साब्रे गा.पं. वार्ड नं. १ बस्ने टेककुमारी न्यौपाने जिल्ला कार्यालय भू.सु. शाखा धनकुटा आदेश पाएको मिति : २०४१।८।६।४ मा § भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२(१) (ख) मा “जालसाजी गरी वा धोका, दिई वा अरु किसिमबाट बेइमानी गरी मोहीलाई निजको भोग चलनको जग्गाबाट हटाएमा त्यस्तो गर्ने व्यक्तिलाई तोकिएको अधिकारीको आदेशले रु.१०००। एक हजारसम्म जरीवाना हुने छ” भन्ने व्यवस्था भएको पाइने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट : विद्वान स.अधिवक्ता श्री इन्द्रराज पाण्डे र विद्वान अधिवक्ता श्री नारायणराज खरेल उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा मिति ०४०।३।१२।१ मा दर्ता हुन आएको रिट निवेदकको निवेदन जिकिर तथा केशको व्यहोरा यस प्रकार छ । २. धनकुटा जिल्ला अन्तर्गत साने गा.पं. वार्ड नं. १ स्थित कि.नं. २२५ र २३० को नाम साविकमा खैरेनी भन्ने गैरी खेत हो भन्दै ०४० सालमा भू.सु.लागू हुँदा पति चुडामणीको नाउँमा जो.अ.नि.समेत प्राप्त भएको ०३३ साल बैशाख २२ गते पतिको मृत्यु भएकोले सावित बमोजिम कूत बुझाई खनजोत गर्दै आइरहेकोमा ०३९ सालमा बाली लगाउँदा बेदखल गरेकोले पतिको नामबाट मेरो नाउँमा नामसारी गरिपाउँ भनी टेककुमारीले जि.का.भू.सु. शाखा धनकुटामा निवेदन दिएकोमा कि.नं. २२५ को जग्गा मेरो नाममा दर्ता छैन कि.नं. २३० को सम्बन्धमा मेरो साविक कि.नं. ६०५ को सर्भेमा कि.नं. २३० र २५० मध्ये कि.नं. २३० को जग्गा टेककुमारीको पतिले कमाएको र निजको मृत्यु पछि कमाउन नसक्ने भई टेककुमारी र निजको देवर समेतलाई साक्षी राखी जीवनाथ उपाध्याय निरौलासँग मिति ०३३।१०।२९।६ मा भू.सं.ऐन, २०२१ को दफा ३४(१) अन्तर्गत कबुलियत गरी निज जीवनाथलाई कमाउन दिएको हो भन्ने समेत व्यहोरा म रामकृष्ण, जीवनाथ समेतले व्यक्त गरेका थियौँ । ३. तर भू.सु.शाखा अधिकृतज्यू ज्ञानेन्द्रबहादुर बस्नेतले २३० र २५० कि.नं. मा जग्गाको मोही चुडामणी न्यौपाने देखाई टेककुमारीलाई जग्गा जोत्न नदिई भू.सु.ऐन, २०२१ को दफा ३२ उल्लंघन गरेकोले सोही ऐनको दफा ३२ को उपदफा १ खण्ड (ख) बमोजिम रामकृष्णलाई रु.९५०। र म जीवनाथलाई रु.७५। जरीवाना गरी निवेदिकाको नाममा नामसारी गर्ने मोहीको प्रमाणपत्र दिने एवं जग्गा जोत्न दिने आदेश जारी गर्ने मिति ०३९।१२।१७ मा फैसला गर्नुभयो । ४. निवेदकको उजूरीमा २२५ र २३० मा दावी लिनु भएको तर निर्णय २५० र २३० मा मोही ठहर गरी त्रुटि गरिएको छ साथै विपक्षीलाई २ नं. अनुसूचीको अभावमा ४ नं. जो.अ.नि.को आधारमा मात्र मोहीको स्थायी प्रमाणपत्र दिन मिल्दैन यस सम्बन्धमा सर्वोच्च अदालतबाट कतिपय नजीर समेत प्रतिपादन भएका छन्, यसरी भू.सु.ऐन २०२१ को दफा २६(१) र २५(१) को प्रत्यक्ष उल्लंघन भएको र चुडामणीको स्वर्गारोहण पश्चात विपक्षी टेककुमारीले जग्गा कमाउन सकिने भनेकीले निजलाई साक्षी राखी २०३३।१०।२९।६ मा म जीवनाथसँ