निर्णय नं. २०८३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०८३ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४१/०८/०७ २०९० निर्णय नं. २०८३ ने.का.प. २०४१ अङ्क ८ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रि.नं. २०४८ विषय : उत्प्रेषण निवेदक : का.जि.का.न.पं. वार्ड नं. १३ कालीमाटी बस्ने ईमदाद हुसेन विरुद्ध विपक्षी : गुठी संस्थान केन्द्रीय कार्यालय रामशाह पथ काठमाडौं काठमाडौं गुठी तहसिल कार्यालय कालमोचन का.जि. का.न.पं. वार्ड नं. बस्ने अष्ट माया कपालीनी आदेश भएको मिति : २०४१।८।७।५ मा § निवेदकलाई अन्य उपचार भएकै देखिँदा रिट निवेदन खारेज हुने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : x विपक्षी तर्फबाट : विद्वान बरिष्ठ अधिबक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिबक्ता श्री श्यामध्वज कार्की उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य तथा रिट निवेदन जिकिर यस प्रकार रहेछ । २. प्रत्यर्थी गुठी तहसील कार्यालयको लगत नं. १९ मा काठमाडौं दिगु तलेजु गुठी नं. ६८ मा दर्ता भएको का.जि.कालिमाटी गा.पं. वा.नं. ४ कि.नं. १०५ को ज.रो.०–५–२ को म निवेदक मोही छु । उक्त जग्गामा हाम्रो अघिदेखि घर रहेको छ । म निवेदक र भाइ जिन्दा हुसेनको बीचमा मिति ०२३।४।१० मा बण्डापत्र भई भाइको भागमा परेको उक्त जग्गामा रहेको घर विपक्षी अष्टमायाले ०२३।८।१४ मा भाइ जिन्दा हुसेनबाट खरीद गर्नु भएको रहेछ । जसबाट विपक्षीले ज.०–१–० मा बनेको घरमात्र खरीद गर्नुभएको हो रहेछ भन्ने प्रष्ट छ । ३. यसरी विपक्षीले भाइ जिन्दाबाट घर खरीद गर्नु भएको रहेछ तापनि नामसारी दर्ता केही भएको थिएन मेरै नाममा मोही दर्ता रहेको थियो । उक्त जग्गाहरूको ज.ध.दर्ता प्रमाणपूर्जा गुठी संस्थान मार्फत प्राप्त भइरहेकाले लिन भनी विपक्षी गुठी तहसील कार्यालयमा गई बुझ्दा उक्त मेरो नाममा जोताहा दर्ता भएको कित्ता काट भई कि.नं. २३२ र २३२ गरी पूरै विपक्षी अष्टमाया कपालीको नाममा दर्ता भएको रहेछ । विपक्षी कपालीको नाममा दर्ता हुन नसक्ने ज.ऐ ०–२–२ विपक्षीको नाममा सम्पूर्ण जोताहा तथा दर्तावालाको हैसियतमा सम्पूर्ण जग्गा दर्ता गरी दिएबाट मलाई संवैधानिक हकबाट बञ्चित हुनु परेको छ । ४. म निवेदकको नाममा दर्ता रहेको जग्गा कसैको नाममा कित्ताकाट हुँदा वा दर्ता हुँदा असर पर्ने म निवेदकलाई बुझ्नुपर्ने हुन्छ मलाई नबुझी गुठी तहसिल कार्यालयले पत्र लेखी कि.का.एवं दर्ता गराएबाट प्राकृतिक न्याय सिद्धान्तको बिपरीत भएको छ । घरबास गरी बसिरहेको उक्त जग्गा दर्तावालाको हैसियतमा पनि मेरै नाममा दर्ता हुने व्यवस्था गुठी संस्थान ऐन, २०३३ को दफा २६ को उपदफा ७ मा प्रष्ट व्यवस्था रहेको छ । अतः ०४०।४।६ को पत्र तथा कित्ताकाटको लागि भएको निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ । ५. विपक्षीहरूबाट लिखितजवाफ मगाई नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालतको सिंगलबेञ्चको आदेश रहेछ । ६. काठमाडौं गुठी तहसिल कार्यालयको व्यहोरा सोही कार्यालयबाट प्रस्तुत हुनुपर्ने हो । यो गुठी संस्थान केन्द्रीय कार्यालयले निवेदकका हक र हितमा आघात पर्ने कुनै पनि काम कारवाही गरेको नहुँदा यस कार्यालय उपर रिट जारी हुनुपर्ने स्थिति छैन । रिट निवेदन खारेज हवस भन्ने समेत गुठी संस्थान के.का.को लिखितजवाफ रहेछ । ७. जग्गा हाम्रो हक भोग स्वामित्वको भएको हुँदा का.न.प.ले जग्गाको छुट्टाछुट्टै लालपूर्जा दिलाई