निर्णय नं. ९०९० - उत्प्रेषण, परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९०९० - उत्प्रेषण, परमादेश भाग: ५५ साल: २०७० महिना: चैत्र अंक: १२ फैसला मिति :२०७०/१०/२१ ४४०२ नेकाप २०७० अङ्क १२ नि.नं.९०९० सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय का.मु.प्र.न्या.श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री प्रकाश वस्ती आदेश मिति : २०७०।१०।२१।३ ०६९-WO-०९७१ विषय : उत्प्रेषण, परमादेश । निवेदक : काठमाडौं जिल्ला, सीतापाइला गाउँ विकास समिति वडा नं. ५ बस्ने अधिवक्ता दीपकविक्रम मिश्रसमेत विरूद्ध विपक्षी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिँहदरबार, काठमाडौंसमेत ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पर्यावरणीय स्थलमा सडक विस्तार एवं भौतिक संरचना निर्माण गर्नुपर्दा वातावरण संरक्षण ऐन, २०५३ बमोजिम वातावरण परीक्षण वा वातावरणीय प्रभाव मूल्याङ्कन (Environment Impact Assessment) सम्बन्धी प्रस्ताव पेश गरी सम्बन्धित निकायबाट स्वीकृत गरेरमात्र कार्यान्वयन गर्नुपर्ने । ऐतिहासिक, धार्मिक, साँस्कृतिक, वातावरणीय एवं पुरातात्त्विक महत्त्व रहेका वस्तु तथा सम्पदाको उचित हेरविचार र संरक्षण गर्नु सरकारको प्रमुख दायित्वभित्र पर्दछ । यस्ता क्षेत्रमा नोक्सान पुग्ने गरी बीच भागबाट बाटो खोल्ने, जङ्गल तथा पर्यावरण मास्ने वन, जङ्गल, मन्दिर, धारा, पोखरी मास्ने कार्यबाट त्यस क्षेत्रमा अवस्थित प्राचीन मठ, मन्दिर एवं पुरातात्त्विक चीजवस्तुहरूसमेत नष्ट हुन जाने । (प्रकरण नं.७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री दीपकविक्रम मिश्र विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता खगेश्वर पौडेल, विद्वान अधिवक्ता दामोदर खड्का अवलम्बित नजीर : सम्बद्ध कानून : प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को दफा ९ वातावरण संरक्षण ऐन, २०५३ को दफा ९(१) आदेश न्या.प्रकाश वस्ती : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम निवेदकको तर्फबाट यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार रहेको छ : हामी निवेदकमध्ये म दीपकविक्रम मिश्र कानून व्यवसायीको रूपमा कार्य गरिआएको र निवेदक नारायण श्रेष्ठ व्यापार व्यवसाय गरी आएको सचेत नागरिकसमेत भएकोले संविधान र कानूनको पालना गर्ने गराउने दायित्व हामीहरूको समेत रहेको छ । उपत्यकाको साँस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्ने विषय प्रत्येक नेपाली नागरिकको सरोकारको विषय हो । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२ ले प्रत्येक नागरिकलाई जीवनरक्षाको अधिकार, धारा १३ ले कानूनको समान संरक्षणको अधिकार, धारा १६ ले वातावरण तथा स्वास्थ्यसम्बन्धी हकको व्यवस्था गर्दै प्रत्येक व्यक्तिलाई स्वच्छ वातावरणमा बाँच्ने हक, धारा २३ ले धर्मसम्बन्धी हकको व्यवस्था गरेको छ । त्यस्तै वातावरण संरक्षण ऐन, २०५३ लगायतका ऐनहरूले जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको संरक्षण गर्दै आफ्नो धार्मिक साँस्कृतिक रीतिरिवाजको संरक्षण, सम्बर्द्धन गर्न पाउने कानूनी आधार प्रदान गरेको छ । बालाजु बाईसधारा धार्मिकस्थलको रूपमा रहेको छ । प्रत्येक वैशाख पूर्णिमाका दिन उक्त स्थानमा धार्मिक एवं साँस्कृतिक जात्रा लाग्ने गरेको छ जसलाई बाईसधारा जात्राको नामले समेत चिनिन्छ । यस्तो पवित्र ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पर्यावरणीयस्थल रहेको बालाजु बाईसधारा उद्यानको बीचबाट वैकल्पिकरूपमा बाटो खोली सोको अस्तित्त्व नै मेट्ने प्रयास विपक्षीहरूले गर्नु भएको छ । यसरी ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पर्यटकीय एवं पर्यावरणीय क्षेत्