निर्णय नं. २०८४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०८४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४१/०८/०८ २२९४ निर्णय नं. २०८४ ने.का.प. २०४१ अङ्क ८ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४० सालको रि.नं. १३२३ विषय : उत्प्रेषण निवेदक : जि. सल्यान सावीक खलंगा गा.पं. हाल सेजवाल टाकुरा गा.पं. वार्ड नं. १ सार्इटोल बस्ने पूर्णबहादुर न्यौपाने विरुद्ध विपक्षी : श्री भूमि सुधार मन्त्रालय नापी विभाग ५ नं. नापी गोश्वारा सल्यान श्री मेन्टेनेन्स र्इकार्इ सल्यान ४ नं. टोली र १ नं. नापी टोली सेजवाल टाकुरा गा.पं. वार्ड १ बस्ने लोक बहादुर न्यौपाने ऐ ऐ बस्ने डम्बर बहादुर न्यौपाने ऐ ऐ बस्ने तारा बहादुर न्यौपाने आदेश भएको मिति : २०४१।८।८।६ मा § जुन व्यक्तिको प्रमाण बलियो छ निजको नाउँमा अस्थायी दर्ता गरी चित्त नबुझ्ने पक्षलाई अदालतमा जानु भनी सुनाउनु पर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नवराज सुवेदी विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटको संक्षिप्त तथ्य तथा रिट निवेदन जिकिर यस प्रकार छन् । २. पिता खुमलाल न्यौपानेका नाउँमा सल्यान मालको मोठ श्रेस्तामा १९७२ सालको लगत नम्बरी बमोजिम तिरो रु.।१७ बुझाउन पर्ने डोरै डाँडा भन्ने पाखो घरवारी जग्गा दर्ता भइरहेकोमा हाल जग्गा नाप जाँच हुँदा म स्वयं उपस्थित भई नपाएकोमा उक्त डोरै डाँडा हाल नापीमा कि.नं. ६१४ नापी भई क्षेत्रफल रो.३२–१२– कायम गरी उक्त जग्गा विपक्षी नापी गोश्वाराले पर्ति जनाई ०३९।३।३१ मा निर्णय गरी निर्णयमा चित्त नबुझेमा निवेदक लोकबहादुर न्यौपाने डम्बरबहादुर न्यौपाने र ताराबहादुर न्यौपाने समेतलाई ३५ दिनभित्र जिल्ला अदालत सल्यानमा उजूर गरी जानकारी दिनु होला भनी भनी लेखिएको छ । कति कारणबाट निजहरू उपर जि.अ.मा उजूर गर्नु भन्ने सूचना गर्नु भएको हो कुनै व्यहोरा उल्लेख गर्नु भएको छैन व्यहोरा उल्लेख नभएको र प्रयास गर्दा पनि प्राप्त गर्न नसकेबाट अनभिज्ञ छु । विपक्षीहरूको नाउँमा दर्ता हुने स्थिति नै छैन निजहरूबाट दावी भएकोसम्म पनि थाहा छैन पिताजी खुमलालको देहावसान पछि उदयबहादुरले दावी छोडी ०३०।१।५।३ मा सल्यान जिल्ला अदालतमा मिलापत्र भएको र सालसालै मालपोत तिरेका रसिदहरू समेतबाट विवादको कि.नं. ६१४ को पाखो घरबारी जग्गा निवेदक कै आवादी भन्ने प्रमाणित छ मेरो नाममा दर्ता गरिनु पर्ति कायम गर्नु नापजाँच ऐन, २०१९ को दफा ६(५) र (७) को अवज्ञा गरेको छ किनकि जग्गा नाप जाँच ऐन बमोजिम जग्गा नाप जाँच हुँदा सबूत प्रमाण साथ लिई जग्गामा उपस्थित भएको छु, मेरो नाउँमा दर्ता अनिवार्य रुपमा गरिनु पर्ने हो र दर्ता गराउनु पर्ने विपक्षी कार्यालयको प्रथम कर्तव्य हो । स्वच्छाचारी र न्यायिक मनको अभावमा निर्णय गरिन्छ भने स्वतः बदर हुने खारेज गरिपाउँ । ०३९।३।२१ को निर्णयमा विवादग्रस्त जग्गाको समस्यलाई इंगित नगरेर विपक्षीहरू र म समेतको विभिन्न जग्गाको सम्बन्धमा विभिन्न मितिमा परेको निवेदन माथि माथिको समस्यालाई एउटै निर्णयमा समेटेको छ छुट्टाछुट्टै निवेदनमा बेग्लाबेग्लै निर्णय गरिनु पर्छ अन्यथा निर्णयको अस्तित्व लोप हुन्छ । विपक्षी कार्यालयको निर्णय उपर उजूर गर्न जि.अ.को अधिकार क्षेत्र भित्र पर्दैन जग्गा नाप जाँच ऐन, २०२१ को दफा ६ को (५) र (७) तथा सर्वोच्च अदालतबाट