निर्णय नं. २०८६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०८६ - उत्प्रेषण भाग: २६ साल: २०४१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४१/०८/०३ २४६४ निर्णय नं. २०८६ ने.का.प. २०४१ अङ्क ८ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको रि.नं. १८०६ विषय : उत्प्रेषण निवेदक : सती ट्रेडलिंक्स वीरगन्ज माइ स्थानको प्रोप्राइटर सरीतादेवी टिवडेवाल विरुद्ध विपक्षी : श्री ५ को सरकार अर्थ मन्त्रालय करविभाग डिल्लीबजार काठमाडौं श्री ५ को सरकार अर्थ मन्त्रालय विरगंज भन्सार कार्यालय विरगंज, नेपाल आदेश भएको मिति : २०४१।८।३।१ मा § श्री ५ को सरकार अर्थ मन्त्रालय कर विभागबाट गरिएको परिपत्र भन्सार कार्यालयमा पुग्नुभन्दा अगावै पैठारी गरेको कानुन बमोजिम प्रज्ञापनपत्र भरी निर्धारण गरेको भन्सार महसुल र बिक्री कर समेत कानुन बमोजिम सोही मितिमा बुझाई सामान छुटाई लगी सकेको देखिँदा भन्सार कार्यालयको पत्रबाट निवेदकसँग नपुग रकम दाखिल गर्ने बारे लेखिएको पत्र मिलेको देखिएन । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : x उल्लेखित मुद्दा : x आदेश न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् । २. म निवेदक फर्मले पैठारी गरेको पोलिष्टर कपडा भन्सार कार्यालय वीरगञ्जमा विभिन्न मितिमा कानुन बमोजिम प्रज्ञापनपत्र भरी निर्धारित भन्सार महसुल र बिक्री कर समेत कानुन बमोजिम बुझाउँदै आइरहेकोमा विपक्षी भन्सार कार्यालय विरगञ्जले भन्सारबाट कपडा छुटाउँदा कायम भएको मूल्यमा २५०% प्रतिशतले मार्कअप गर्नु पर्नेमा २००% मात्र मार्कअप भएकोले नपुग ५०% मार्कले नपुग वि.क.रकम ३ दिनभित्र दाखिल गर्नु भनी प.सं.१६१ (क.फा.१४) ०४०।४१ च.नं. ५१४ मिति ०४०।४।३१ को पत्रद्वारा थप बिक्री कर रु.५,००८।६५ र प.सं.१७७ (क.फा. १४) ०४०।४१ च.नं. ४९८ मिति २०४०।४।३१ मा पत्रद्वारा थप बिक्री कर रु.५४९२।८७ समेत जम्मा रु.१०,५०१।५२ माग गरी उपरोक्त २ पत्रहरू म निवेदकलाई दिइयो । ३. निकासी वा पैठारी गरिने मालवस्तुको श्री ५ को सरकारबाट मूल्य निर्धारण गरिन सक्ने र यदि श्री ५ को सरकारबाट मूल्य निर्धारण गरिएको रहेनछ र मालवस्तु धनीले दाखिल गरेको बिल भन्सार अधिकृतलाई चित्त नबुझेमा भन्सार अड्डामा मिल्दो अभिलेख भए अभिलेख बमोजिम मिल्दो अभिलेख नभए पच्चीस हजार रुपैयाँ सम्मका अनुमानित मूल्य निर्धारण गर्न सक्ने सो भन्दा बढी मालवस्तुको मूल्य निर्धारणको लागि श्री ५ को सरकार समक्ष पठाउनु पर्ने र श्री ५ को सरकारबाट मूल्य निर्धारण हुने गरी भन्सार ऐन, २०१९ को संशोधित दफा १३ को उपदफा (१) देखि (५) सम्म कानुनी व्यवस्था भएको पाइन्छ । ४. बिक्रीकर ऐन, २०२३ को दफा ९(१) बमोजिम विपक्षी भन्सार कार्यालयको मिति २०३९।११।१० मा र ०३९।१२।६ मा निर्धारण गर्नु भएको प्र.द.नं. ६१५८ र ६३११ को भन्सार महसुल रकम सोही मितिमा बुझाई सामान छुटाई बिक्री कारोबार समेत गरी सकेको आज ५ महीना पछि आएर निर्धारित कर रकम दाखिल भइसकेपछि नपुग भयो भनी आफ्नो तजविज लगाई, नयाँ दर लागू गर्ने कानुनी व्यवस्था छैन । श्री ५ को सरकारको मिति ०३९।११।२७ को निर्णय अनुसार भनी कर विभागको ०३९।१२।२ को परिपत्रको आधारमा समेत निर्धारित रकम दाखिला गरी छुट्याई सकेको सामानमा नयाँ मार्कअप गर्न सक्ने कानुनी व्यवस्था छैन । गैरकानुनी तवरबाट के कति कुन कानुनी आधारमा थप मार्कअप हुनु पर्ने निवेदकलाई दिएको