निर्णय नं. २०८८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०८८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ । भाग: २६ साल: २०४१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४१/०८/१५ २२१३ निर्णय नं. २०८८ ने.का.प. २०४१ अङ्क ८ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पुथ्वीबहादुर सिंह सम्वत् २०४० सालको रि.नं. २१२८ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ निवेदक : का.जि.गोठाटार गा.पं. वार्ड नं. ९ बस्ने रामप्रसाद पुडासैनी विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने होमनाथ आचार्य भू.सु.का. काठमाडौं आदेश भएको मिति : २०४१।८।१५।६ मा § नपुग भनी म्याद नाघेपछि राखेको धरौटीलाई मान्यता दिई प्रत्यर्थी भू.सु.का.काठमाडौंबाट भएको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री जगन्नाथ पौडेल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : भू.सु.का.काठमाडौंको ०४०।१२।७ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधान धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ : २. का.जि.गोठाटार गा.पं. वार्ड नं. ९(क) को कि.नं. ४७ को जग्गा रोपनी १–१–२ जग्गाको जग्गाधनी मेरो बाबु स्वर्गीय गोपीलाल पुडासैनी हुनु भएकोमा उहाँ परलोक भई मेरो हक भोगमा आएको छ । उक्त जग्गाको विपक्षीले ०२८ सालको बाली नबुझाएको र केही धरौटीसम्म पनि नराखी जबरजस्ती मेरो जग्गाको आयस्ता समेत एकलौटी भोग गरेबाट बाली भराई जग्गाबाट निष्कासन समेत गरिपाउँ भन्ने उजूरी परी विपक्षीले जोताहाको अस्थायी निस्सा पनि प्राप्त नगरेको र बाली पनि धरौटी नराखेकोले मोही कायम गर्न नमिल्ने भनी विपक्षी कार्यालयबाट ०३५।१०।११ मा निर्णय भएकोमा सो उपर रिट परी ०३६।१२।२० मा सर्वोच्च अदालतबाट पुनः कारवाहीको लागि परमादेश समेत जारी भएकोमा विपक्षी भू.सु.का.काठमाडौंबाट पुनः कारवाही गर्दा बाली बापतको रकम एकमुष्ट दाखिल गरेको देखिँदा धरौटी रकम बुझिलिने ठहर्छ र निष्कासन हुँदैन भनी प्रचलित कानुनी व्यवस्थाको अवज्ञा गरी ०४०।१२।१७ मा पुनः निर्णय भयो । ३. वास्तवमा तथाकथित मोही विपक्षीले ०२८ सालको बाली धरौटी राख्नु भएको छैन र मलाई बुझाउनु भएको पनि छैन । ०२८ सालको बाली ०४० सालमा आएर दाखिल गरेको वा धरौटी राखेको भन्नु उपहासको कुरा हो । काठमाडौं उपत्यकामा मोहीले जग्गाधनीलाई बुझाउनु पर्ने कूत माघ मसान्तसम्म धरौटी राख्नु पर्ने प्रष्ट कानुनी व्यवस्था छ र धरौटी राख्दा राख्नु पर्ने अङ्कको ९०% कूत धरौटी राख्नु पर्ने वाध्यात्मक कानुनी व्यवस्था भू.सं.ऐन, ०२१ को दफा ३६ को उपदफा २(१) को प्रतिबन्धात्मक वाक्यांशले व्यवस्था गरेको छ । ४. धरौट नराख्नेलाई मोही कायम गर्न नमिल्ने भनी सर्वोच्च अदालतबाट पनि भिन्न सिद्धान्त प्रतिपादन भएको छ, जग्गा कमाएर मात्र हुन्न कूत कबुलियत समेत हुनु पर्दछ भनी ऐनको दफा ३४ को सन्दर्भमा पनि विभिन्न व्याख्याहरू भएका छन् । विपक्षी भू.सु.काठमाडौंबाट ०४०।१२।७ मा भएको उपयुक्त बाली पाइने मोही निष्कासन नहुने भन्ने त्रुटिपूर्ण निर्णय बदर गरिपाउँ भन्ने समेत ०४०।१२।२४ को रामप्रसाद पुडासैनीको रिट निवेदन । ५. विपक्षीहरूबाट लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत यस अदालत सिङ्गलबेञ्चको ०४०।१२।२६ को आदेश । ६. ०२८ सालको वादी दावी गरेकोमा विपक्षीले बाली दिन मञ्जूर गरी ०४०।११।२६ मा ने.रा.बै.मा धरौटी राखेको देखिएकोले वादीले उक्त बाली बुझिलिने र ज.ध.ले पाउनु पर्ने बाली बुझाएको हुँदा मोही निष्कासन नहुने गरी यस