निर्णय नं. २०९० - उत्प्रेषण लगायतका उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २०९० - उत्प्रेषण लगायतका उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २६ साल: २०४१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४१/०८/१५ २१३३ निर्णय नं. २०९० ने.का.प. २०४१ अङ्क ८ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४० सालको रिट नं. १७४२ विषय : उत्प्रेषण लगायतका उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ निवेदक : जिल्ला पर्सा हाल पञ्चायत विश्रामपुर वा.नं. ८ बस्ने नारायण शाह तुरहा ऐ ऐ वा.नं. ९ बस्ने सकिनिया जोलहिन विरुद्ध विपक्षी : जिल्ला पर्सा श्वौराटार गा.पं. वडा नं. ३ बस्ने राजवली मियाँ भूमि सुधार कार्यालय पर्साका श्री भूमि सुधार अधिकारी आदेश भएको मिति : २०४१।८।१५।६ मा § रिट निवेदकहरूको परेको निवेदनको आधारमा ०२२ सालमा नै सम्बन्धित पञ्चायतले मोही छोडपत्र गराएको आधारमा मोही लगत कट्टा गर्ने गरेको निर्णयमा कुनै कानुनी त्रुटि विद्यमान नहुने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी र विद्वान सरकारफ अधिबक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दा : x आदेश न्या. धनेन्द्रबहादुर सिंह : भूमिसुधार कार्यालय पर्साको मिति ०४०।५।२८।६ को निर्णय बदर गरिपाउँ भन्ने नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार रहेछ : २. मौराटार गा.पं. वा.नं. ३ को कि.नं. ४९ ज.वि.०–१–८ र कि.नं. ४८२ को ०–६–५ ऐ.ऐ. कि.नं. ७५ को ०–१२–१८ को जग्गाका मोहीहरू नारायण शाह तुरहा र सकनिया जोलाहिनले ०२२।१२।२ मा स्थानीय पञ्चायता मोही छोडपत्र गरी दिएकोले उक्त कि.नं. ७५ को जग्गा मैले खरीद गरी आफैं जोती आएको मोही लगत कट्टा गरिपाउँ भन्ने समेत पञ्चायतको सिफारिश साथ विपक्षीले भूमिसुधार अधिकारीज्यू समक्ष मिति ०४०।२।२३ मा दिनु भएको निवेदनमा हामीले मोही हक छोडपत्र गरेको छैन, आफैंले जोतभोग गरी आएका छौं भनी प्रतिवाद गर्दा गर्दै स्थानीय पञ्चायतबाट मोही छोडपत्र स्वीकृत भई सकेको देखिँदा वादी दावी बमोजिम मोही लगत सच्याई दिने भनी श्री अधिकारीज्यूबाट मिति ०४०।५।२८ मा निर्णय भयो । ३. हामीले जोतेको उल्लिखित जग्गाहरूको मोहियानी हक कहिले पनि परित्याग गरेको छैन । हाम्रो सहमति समेत नदेखिएको गा.पं.का.मौराटारको प्रधानपञ्च भनी सही गरी दिएको तथाकथित सूचनालाई आधार बनाई बेप्रमाणिक कुराको आधारमा हाम्रो मोही लगत कट्टा गरिएको अ.बं.१८४(क) र प्रमाण ऐन, ०३१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांश समेतको प्रत्यक्षतः गम्भिर त्रुटि हुन गएको छ । श्री अधिकारीज्यूले निर्णय गर्नुभन्दा पहिले हामीले गाउँ पञ्चायतमा मोही हक छोडपत्र गरेको भनी आधार बनाएको सक्कल लिखितलाई अड्डैमा झिकाई अ.बं.७८ नं. अन्तर्गत देखाई सुनाई निर्णय गर्नु पर्नेमा स्वेच्छिक, तर्कहिन तथा न्यायिक मनको अभावमा निर्णय गरिएको र प्रतिरक्षीले लिएको फछ्र्या गराउनु भन्दा अगाडि मोही छोडपत्र नगरेको भन्ने कुरा स्वतः स्थापित भइरहेको र यतिका १८ वर्ष सम्म मोही हक छोडपत्र गरेको भए जग्गाधनीले मोही लगत कट्टा नगराई लगत कायम राख्ने प्रश्न नै उठ्न नसक्ने हुनाले खास र प्रत्यक्ष प्रमाण छाडी लाग्न नसक्ने कुरालाई आधार बनाएर गरेको निर्णय अ.बं.१८५।१८९ नं. तथा पेटबोलीबाट तत्कालिन जग्गाधनीहरूलाई अ.बं.१३९ नं. अन्तर्गत बुझी मात्र निर्णय गर्नु पर्नेमा बाध्यात्मक रुपले पालन गर्नुपर्ने कार्यविधि सम्बन्धी कानुनको स्पष