निर्णय नं. २०९३ - लोग्ने स्वास्नी नाता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०९३ - लोग्ने स्वास्नी नाता कायम भाग: २६ साल: २०४१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४१/०८/०५ ३८१० निर्णय नं. २०९३ ने.का.प. २०४१ अङ्क ८ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४० सालको फौ.पु.नं. ५०९ मुद्दा : लोग्ने स्वास्नी नाता कायम पुनरावेदक/वादी : जि.सिरहा साविक राजपूर गा.पं. वार्ड नं. ६ को हाल थलाहाकट्टा गा.पं. वार्ड नं. २ बस्ने भजन यादव विरुद्ध विपक्षी/प्रतिवादी : जि.सिरहा ठेगही गा.पं. वार्ड नं. ५ बस्ने कारीवती यादवनी फैसला भएको मिति : २०४१।८।५।३ मा § विवाहिता लोग्ने स्वास्नीको सम्बन्ध कायमै रहेको अवस्थामा उक्त पत्नीको पेटमा रहे भएको गर्भ अन्य बलियो प्रमाणको अभावमा लोग्नेकै भन्नु पर्ने । (प्रकरण नं. १३) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह विपक्षी प्रतिवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. त्रिलोकप्रताप राणा : पू.क्षे.अ.को मिति ०३९।११।१५ को फैसला उपर चित्त नबुझेकोले पुनरावेदन गर्न पाउँ भनी भजन यादवको यस अदालतमा पर्न आएको निवेदनमा मिति ०४०।११।४ मा पुनरावेदनको अनुमति प्राप्त भई बेञ्चसमक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यसप्रकार रहेछ । २. विपक्षी कारीवतीसँग २०२० साल बैशाखमा विवाह भएकोले निज विवाहित पत्नी हुन् । मेरो बिहेबाट सन्तान नभएको कारणले, नसोधी जथाभावी माइत गई बस्न लागेकोले सम्बन्ध बिच्छेद गरिपाउँ भनी मुद्दा दिई सम्बन्ध बिच्छेद नहुने ठहरी अञ्चल अदालत समेतबाट फैसला भएपछि विपक्षले मेरा उपर अंश मुद्दा दिई कारवाही चल्दै जाँदा अंश दिनुपर्ने ठहरी फैसला भएपछि बिगो रु.५००। को ०–५–२ जग्गा विपक्षीलाई दिने गरी ०३३।११।१ मा अञ्चल अदालतबाट मिलापत्र भएपछि मुद्दाको रिसइवीले विपक्षीसँग बोलचाल र सहवास समेत थिएन, मैले अर्को विवाह गरेपछि विपक्षी झन् रिसाई रामचन्द्रको घरमा आउने जाने हँसी मजाक दिल्लगी गर्न हाट बजार सँगै जाने एउटै घरमा सुत्ने बस्ने गरेको र रामचन्द्रको विर्यबाट कारीवतीको गर्भ समेत रहन गई ६।७ महीनाको भएको कुरा थाहा पाई विपक्षी रामचन्द्रलाई भेटी तिम्रो विर्यबाट कारीवतीको गर्भ रहन गएकोले दुवै पति पन्ती भई बस भनी ०३७।६।२८ गते भन्दा र पञ्चायत गराउने प्रयत्न गर्दा विपक्षीहरू हाजिर नभएकोले पञ्चायत हुन सकेन । विपक्षीहरू पति पत्नी भई मेरो सत्य डगाई कारीवतीले विपक्षी रामचन्द्रलाई पति बनाई निजको वीर्यबाट गर्भ धारण समेत गरेकोले निजहरूलाई पति पत्नी कायम गरिपाउँ भन्ने भजन यादवको ०३७।७।१७ को फिरादपत्र । ३. कारीवतीको गर्भ मेरो करणी विर्यमा रहेको होइन मुद्दा चली रिस अदावत भएको पत्नीलाई मेरो जिम्मा लगाई कारीवतीले प्राप्त गरेको घरजग्गा सम्पत्ति आफ्नो गराई मेरो तर्फको अंश दिलाई घरायस अदावत साधन गर्न मेरो उपर झुठ्ठा नालेस गरेको हो भन्ने समेत रामचन्द्र यादवको र म रामचन्द्र यादवसँग करणीमा बोरिएको र निजकै करणी विर्यबाट गर्भ रहेको समेत नहुँदा मैले रामचन्द्र यादवसँग पति पत्नीको सम्बन्ध कायम गर्नुपर्ने होइन भन्ने समेत कारीवती यादवनीको छुट्टाछुट्टै प्रतिउत्तरपत्र । ४. प्रमाण मिसिल साक्षीको भनाई र सरजमीनबाट समेत वादी र प्रतिवादी बीच करणी लिनु दिनु भएको कुरामा बढी प्रमाण देखिन आई प्र.रामचन्द्रले कारीवतीको जमीन भोग गरेको स्वीकार गरेकोले समेत कारीवती र रामचन्द्रको बीच लोग्ने स्वास्नीको नाता कायम हुने ठहर्छ भन्ने शुरु सिरहा जिल्ला अदालतको ०३८।५।१९ को फैसला । ५