निर्णय नं. २०९४ - किल्ला बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २०९४ - किल्ला बदर भाग: २६ साल: २०४१ महिना: मंसिर अंक: ८ फैसला मिति :२०४१/०८/२४ २२२४ निर्णय नं. २०९४ ने.का.प. २०४१ अङ्क ८ डिभिजन बेञ्च इजलाश माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको दे.पु.नं. ४४८ मुद्दा : किल्ला बदर पुनरावेदक/वादी : ग.अ. स्याङजा जिल्ला वरष्टे गा.पं. वा.नं. ७ औसैलु स्वारा बस्ने खिमलाल पाध्या विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने शेषकान्त पाध्या ऐ साल डाँडा गा.पं. को हाल बरेषटे गा.पं. वडा नं. ६ घोप्टे पोखरी डाँडा बस्ने केमलाल पाध्या ऐ ऐ छाडी खोला बस्ने रेशम लाल दाहाल फैसला भएको मिति : २०४१।८।२४।१ मा § वादीले प्रमाणमा पेश गरेको भूमिसम्बन्धी नियम फा.नं. ७ लाई पनि इन्कार गर्न नसकेको देखिनाले समेत अदालती बन्दोबस्तको ८२ नम्बरले नालेस गर्न पाउने हकदैया छैन भन्न नमिल्ने । (प्रकरण नं. ११) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी प्रतिवादी तर्फबाट : x उल्लेखित मुद्दा : x फैसला न्या. पृथ्वीबहादुर सिंह : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०३९।२।१४ को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त गरी यस बेञ्चसमक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. विपक्ष पिता शेषकान्तका २ श्रीमतीमा जेठी बसन्धरा पट्टि म र भोजराज र दुई भाइ र वेमात्री आमा भिमावती तर्फ शालिकराम शोभाखर छोरीहरू समेत भई सगोलमा बसी आएकोमा मेरो विवाह भएपछि २०२० सालमा विपक्षी पिताजीसँग छुट्टी भिन्न हुँदा अंश भागमा परी मेरो नाममा दर्ता भएको सीमा भन्ने जग्गाको उत्तर किल्ला खिमलाल हुनु पर्नेमा पदमलाल र टार भन्ने जग्गाको पश्चिम खिमलालको साँध हुनु पर्नेमा चुडामणिको साँध लेखी मेरो २ गरा जग्गा र हाडी खोला ४० मा पश्चिम दक्षिण तर्फ ।२८ मध्ये खिमलाल हुनु पर्नेमा डल्ले रह, पदमलाल समेत लेखी तल्लो हाडी खोली खेत समेतका जग्गा किल्लाभित्र पारी विपक्षी पिताजी शेषकान्त दिने विपक्षी धर्मलाल, रेशमलाल लिने गरी ०२९।१।६ मा रु.१३०००। मा राजीनामा पारित गरी लिएको कुरा ०२९।६।११ मा नक्कल सारी हेर्दा थाहा पाएकोले नालेस गरेको छु । विपक्षीहरूलाई झिकी लेखिए बमोजिम मेरो भागमा परेको जग्गा किल्लाभित्र पारी लिनु दिनु गरेको राजीनामा तमसुकको किल्ला बदर गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. विपक्षी वादीका फिराद लेख बमोजिम विपक्षको अंश भागको जग्गा समेत किल्ला भित्र पारी राजीनामा गरे गराएको छैन सो झुठ्ठा हो । किल्लाभित्र परेको भए कीर्ते कागजको ३ नं. र रजिष्ट्रेशनको १६ नं. अनुसार जालसाजी तर्फ समेत दावी लिई नालिस गर्नु पर्ने र आफ्नो अंश भागमा परेको बण्डापत्र तिराको रसिद प्रमाण दिनु सक्नु पर्ने सो केही नभई मुखकै भरमा किल्ला भित्र पारे, किल्ला बदर गरिपाउँ भन्ने दावी अ.बं.८२ नं. अनुसार बदर गरिपाउँ भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तरपत्र । ४. दावी बमोजिम प्र.शेषकान्त आसामी प्र.थमलाल, रेशमलाल साहु भई ०२९।६।१ मा खरीद बिक्री गरी पारित भएको राजीनामा किल्ला बदर भई वादी दावी बमोजिम किल्ला कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको स्याङजा जिल्ला अदालतको फैसला । ५. उक्त फैसला उपर प्रतिवादीहरूको गण्डकी अञ्चल अदालतमा पुनरावेदन परेको । ६. दावीको किल्ला भित्र वादीको जग्गा परेको ठोस तथा शंकारहित प्रमाणले देखाउन नसकेकोले जग्गामा वादीको हक नदेखिएकोले मुद्दा खारेज गर्नु पर्नेमा हारजित ठहर्‍याई गरेको इन्साफ कानुनसंगत नहुँदा बदर हुने ठहर्छ भन्